No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

डेढ वर्षअघि बौद्धमा भएको त्यो लुटपाट


डेढ वर्षअघि बौद्धमा भएको त्यो लुटपाट

काठमाडौं । बौद्ध–६, तिनचुलीस्थित घरमा सुतिरहेका जापानी नागरिक तेञ्जिङ सिमिजु राति २ बजे भाडाकुँडा बजेको सुनेर ब्युँझिए । दर्के पानी परिरहेका वेला रातमा अस्वभाविक आवाज सुनेर उठेका उनी अज्ञात समूहको आक्रमणमा परिहाले ।

कसैले पछाडिबाट टाउकोमा हाने, उनी अर्धबेहोसी अवस्थामा पुगे । एक वर्षअघिको घटना अहिले अहिले सम्झँदा उनलाई जिरिंग हुन्छ । भन्छन्, ‘२७ असार २०७६ को त्यो रात म कहिल्यै भुल्ने छैन ।’

उनले अर्धबेहोसी हालतमै देखे, ‘श्रीमतीको हात डोरीले बाँधिएको थियो, दुई छोराको घाँटीमा कर्द थियो ।’

उनले आक्रमणकारीसामू हात जोडे, जीवनको भिख मागे । तर आक्रमणकारीले ‘पुलिस हो’ भने । तर प्रहरी खुकुरी लिएर मध्यरातमा नागरिकको घरमा छिर्ने कुरै थिएन । उनले ‘गल्ती भयो होला, म त भर्खर जापानबाट आएको’ भन्दै जवाफ फर्काए । त्यसपछि अल्मलिएको जस्तो देखिएका आक्रमणकारीले मोबाइलबाट उनको तस्वीर खिचे । पासपोर्ट मागे र कसैलाई त्यसको फोटो पठाए ।

सायद योजनकारले सही घरमा प्रवेश गरेको संकेत दिएर होला, आक्रमणकारी जंगिए, ‘समन्वय गर्नु नत्र मार्दिन्छु ।’ सिमिजुले जवाफ फर्काए, ‘के चाहिन्छ लानु तर, परिवारलाई केही नगर्नू ।’ श्रीमती मुजुमी र छोराहरु १२ वर्षीय नुर्बु र ११ वर्षीय झिग्मी अगाडि नै बन्धक भइसकेकाले त्यसो भन्नुको विकल्प उनीसँग थिएन ।

सिमिजुका अनुसार त्यसपछि खुकुरी बोकेको समूहका व्यक्तिहरुले प्रहरीले झैँ घरको खनतलासी गरे । खाटहरु पल्टाए, दराज खोल्न लगाए, नगद र गरगहना के–के छ, सबै निकाल्न लगाए । आक्रमणकारी समूहका एक सदस्यले सोधे, ‘सी माला कहाँ छ ?’

सिमिजुका अनुसार उनले पहिल्यैदेखि बहुमुल्य सी मालाको तीन वटा दाना घरमा राखेका थिए, त्यही सूचना पाएर लुटेर समूह घरमा प्रवेश गरेको हुनसक्छ । उनीहरुले सी मालासँगै नगद ६ लाख रुपैयाँ, युरो डलर ७ सय, हङकङ डलर २ हजार, जापानी ऐन ८० हजारसहित सुनचाँदीका गरगहना र मोबाइल लगे ।

निस्किने वेला सिमिजु पुनः आक्रमणमा परे, ज्यान जोगाउन कोठाबाटै हामफाल्दा भुइँतलामा बजारिए र गम्भिर घाइते भए ।

प्रहरी प्रतिवेदनमा छैन सी मालाको प्रसंग

भोलिपल्ट महानगरीय प्रहरी वृत्त, बौद्धमा खबर गरे । प्रहरीले अनुसन्धान थाल्दा उनी ग्रण्डी अस्पतालमा भर्ना भइसकेका थिए । प्रहरीले अस्पताल पुगेर सोधपुछ नगरेको पनि होइन । तर घटनाबारे कति बताउन सके, उनलाई याद छैन ।

त्यसवेला बौद्ध प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनमा सी माला लुटिएको प्रसंग छैन । सिमिजुका अनुसार मालाको मूल्य अहिले तीनदेखि ५ करोड रुपैयाँसम्म पर्छ र यही मालाको कारण उनको घरमा लुटपाट भएको हो । ‘जे कारण घटना भयो, त्यही मिसिलमा उल्लेख भएनछ’, उनी भन्छन्, ‘फेरि अनुसन्धान गरिदिन प्रहरीलाई आग्रह गरेको छु ।’

तत्कालीन बौद्ध प्रहरीका डीएसपी नरेन्द्र चन्द अहिले काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखामा छन् । उनी भन्छन्, ‘अनुसन्धान अझै जारी छ ।’

चन्दका अनुसार त्यसवेलै घटनामा संलग्न सोनाम तामाङ, दोर्जे तामाङ, दिनेश कार्की, एकराज तामाङ, आङ्निमा शेर्पा, इन्द्रजित तामाङ र कृष्णबहादुर स्याङताङ पक्राउ परेका थिए । मुख्य योजनाकार मानिएकी युवतीलाई भने प्रहरीले हालै भारतको दिल्लीस्थित तिब्बती शरणार्थी क्याम्पबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । यद्यपि, प्रहरीले औपचारिकरुपमा उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट समातिएको भनेको छ ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार ३२ वर्षीया जीना लामा पक्राउ परेकी छिन् । बौद्धमा बस्दै आएकी उनीमाथि डाँका, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा विस्तृत अनुसन्धान गरिएको सिंह बताउँछन् ।

एक प्रहरी अधिकृतका अनुसार उनी भारतीय प्रहरीको समेत हत्तपत्त नजर नपर्ने इलाकामा गएर लुकेकी थिइन् । मजनुका तिला भनिने ठाउँमा उनी देखिएपछि प्रहरीको टोली त्यहाँ गएको थियो । ‘त्यो क्षेत्र विभिन्न मुलुकका फरार अपराधी आएर लुक्ने अखडा रहेछ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘भारतीय प्रहरीकै लामो निगरानी त्यसपछि हामीसमेत गएर पक्राउ गरेका हौं ।’

स्रोतकाअनुसार पक्राउ पर्नुअघि उनी एक घरभित्र महिलाहरुसँग क्यारेमबोर्ड खेल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । उनसँगै प्रहरीले श्रीमानलाई पनि समातेर काठमाडौं ल्याएको थियो । यद्यपि, प्रकरणमा संलग्नता नदेखिएपछि छुटेका छन् ।

जिनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको डीएसपी चन्द बताउँछन् । हाल उनी केन्द्रीय कारागार, सुन्धारामा छिन् ।

उनलाई भाग्न सहयोग गरेको अभियोगमा काभ्रेका रामसिंह तामाङ भनिने बिसुर सिंह लामा तामाङ अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा खेपिरहेका छन् ।

बाहिर मोटरसाइकलबाट रेकी, भित्र लुटपाट

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार चोरी गरेको सामान राख्ने दुई वटा झोलासमेत जिना लामाले नै खरिद गरेको खुलेको छ । त्यसैले पनि घटनाको मुख्य योजनाकार उनी भएको प्रहरी बताउँछ । पक्राउ परेका अन्य अभियुक्तले पनि उनकै निर्देशन बमोजिम लुटपाट गरिएको बताएका छन् ।

बयानका क्रममा लामाले आफू चोरी हुँदा केही पर बसेर हरेक जानकारी लिइरहेको स्वीकारेकी छन् । र, प्रहरीले भने उनको मात्रै योजनामा घटना भएको नहुन पनि सक्ने निष्कर्षसहित जापानी नागरिकबारे लामालाई समेत सूचना दिने व्यक्तिबारे खोजी गरिरहेको जनाएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार सुरुमा मिङमार तामाङ र विष्णु बाइबाले घरको पछाडिको च्यानल गेटको तला रडले फोडेर घरभित्र पसेका थिए । त्यसपछि सोनाम, एकराजसहित ६ जना घरभित्र छिरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार लुटपाट भइरहँदा आङनिमा शेर्पा भन्ने व्यक्तिले मोटरसाइकलमा वरिपरि घुमेर रेकी गरेका थिए । उनी बौद्धमा रहेको एक कफी पसलका सञ्चालक हुन् ।

जिना र प्रदीप लामाले दुई वटा ट्याक्सी रिजर्भ गरेर भाग्नलाई तयारी अवस्थामा राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ भने चोरीको सामान लिएर कोटेश्वरतिर गएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।

अधिकृतहरुका अनुसार घटनाका केही आरोपी अझै फरार छन् । प्रहरीले सोनाम शेर्पा, पेम्बा शेर्पा लगायतको खोजी जारी राखिएको जनाएको छ ।

पक्राउ परेका आरोपीको बयानबाट थप व्यक्तिको संलग्नता समेत खुल्न सक्ने प्रहरी अनुमान छ । ‘कसैको संलग्नता खुले पुनः पक्राउ गरेर मुद्दा चलाउँछौं’, काठमाडौं प्रहरी प्रमुख सिंह भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन पारित

झापा-सुनसरी खण्डमा फेरि रेलको ठेक्का लगाउन कसरत

झापा-सुनसरी खण्डमा फेरि रेलको ठेक्का लगाउन कसरत

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .