No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

झापा-सुनसरी खण्डमा फेरि रेलको ठेक्का लगाउन कसरत

झापा-सुनसरी खण्डमा फेरि रेलको ठेक्का लगाउन कसरत

काठमाडौं । सरकारले पूर्व-पश्चिम रेलमार्गको पूर्वी खण्डको ठेक्का फेरि लगाउन कसरत थालेको छ । रेल विभागले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर रेलमार्ग बनाउने प्रक्रिया अघि बढाउन पूर्वतयारीका लागि आधारभूत काम थालेको बताएको छ ।

विज्ञहरुले पूर्व-पश्चिम रेलमार्गमा नयाँ खण्डमा काम थाल्नुअघि रेलमार्गबारे राजनीतिक तथा प्राविधिक रुपमा विभिन्न निर्णय, अध्ययन र प्रतिवेदनहरुको पुनरावलोकन गर्न सुझाव दिँदै आएका छन् । सडक, हवाई र रेलमार्गका सबै आयोजनाबीच तादम्य मिलाएर संयुक्त यातायात विकासको गुरुयोजनामार्फत प्राथमिकीकारणका आधारमा रेलमार्ग बनाउनुपर्ने उनीहरुको सुझाव छ ।.

सरकारको रुचि भने पुरानै योजना अनुसार नयाँ-नयाँ ठेक्कामा देखिएको छ । यसअघि असार १४ र १७ गते रेल विभागले कुन ठेक्का कसलाई दिने भन्ने सेटिङ मिलाएर निकालेको ठेक्का विवादमा परेपछि २३ भदौमा रद्द भएको थियो ।

अहिले सो रेलमार्गको खण्डको जग्गा अधिग्रहण समस्या समाधान गर्न डिभिजनल इन्जिनियर नेतृत्वको टोली फिल्डमा खटिएको विभागका प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताए ।

उनका अनुसार जग्गा अधिग्रहणको लागि निकालिएका सूचनामा कित्ता नम्बरहरु फरक परेका छन् । ‘सबै समस्या एकैपटक हल हुन सक्दैनन्, तर मूलभूत समस्याहरु सामाधन गर्छौं,’ उनले भने, ‘यो खण्डका लागि करिब ७०० बिघा जमिन अधिग्रहण गर्नुपर्छ ।’

गत असारमा निकालिएको ठेक्कामा राज्य स्रोतबाट ७ अर्बदेखि १० अर्ब रुपैयाँ अपचलन गर्ने खेल रचिएको आरोप लागेको थियो । अनुमानित ४० करोडदेखि ६० करोडसम्मका ५४ खण्ड बनाएर करिब ३२ अर्बको छुट्टाछुट्टै ठेक्का लगाउन खोजिएको थियो । त्यसका लागि विभागले १८ वटा कम्पनीलाई मात्र योग्य भनेको थियो ।

ठेक्का हुनुअघि नै ती कम्पनीमध्ये कसले, कुन प्याकेजमा, कति रकम कबोल गरेर ठेक्का लिने भन्ने तय गरेर प्रतिस्पर्धा निषेध गरिएको थियो । विभागका अधिकारीहरु अबको ठेक्कामा विदेशी कम्पनी पनि सहभागी हुनेगरी प्याकेज बनाउने बताउँछन् ।

‘अब टेन्डर गर्दा प्याकेजहरु कम गर्ने कोसिस हुनेछ,’ विभागका एक अधिकारीले भने, ‘सकेसम्म छिटो ठेक्का लगाउन प्रधानमन्त्री र मन्त्रीज्युको निर्देशन छ ।’

अर्थ मन्त्रालयले काँकडभिट्टा-इनरुवा खण्डमा ठेक्का लगाउन ५५ अर्बको स्रोत सुनिश्चित गरिसकेको छ । अब रेलमार्गसँगै सो खण्डमा बन्ने पुलहरुको लागि २३ अर्बभन्दा बढीको ठेक्का लगाउने योजना छ ।

विज्ञ भन्छन्-सेतो हात्ती नबनाऔं

विज्ञहरू भने पूर्वी खण्डमा रेलमार्ग बनाउने परियोजनासँग सन्तुष्ट छैनन् । बर्दिबासबाट निजगढसम्म रेलमार्ग बनिरहेको अवस्थामा झापाबाट इनरुवासम्म ल्याएर छाड्ने गरी रेलमार्ग बनाउनु औचित्यपूर्ण नहुने उनीहरुको तर्क छ ।

पूर्वाधारविज्ञ सूर्यराज आचार्य सुरुमा रेलमार्गको विकास, विस्तार र प्रविधिबारे राजनीतिक तवरबाट औचित्यपूर्ण निर्णय गरेर मात्रै अघि बढ्नुपर्ने बताउँछन् ।

काठमाडौं-वीरगञ्ज खण्डको रेलमार्ग नबनाई यात्रु चाप नपुग्ने पूर्व-पश्चिम रेलमार्ग बनाउनुको औचित्य नहुने उनी बताउँछन् । सरकारलाई समग्र यातायात तथा भौतिक पूर्वाधार आयोजनाको समीक्षा गर्न उनको सुझाव छ ।

आचार्यको बुझाइमा, रेलमार्गसहितको समग्र यातायात सञ्जाल गुरुयोजना बनाएर मात्र यस्तो महँगा परियोजनामा खर्च गर्नु वुद्धिमानी हुन्छ । नत्र अर्बौं खर्च गरिएका रेलमार्ग सेतो हात्ती बन्ने उनको चेतावनी छ ।

‘पहिला समय लिएर रेल प्रणाली विकासबारेको समग्र योजना, आयोजनाको प्राथमिकीकरण, मापदण्ड र डिजाइनको गम्भीर समीक्षा गरौं’, आचार्य भन्छन्, ‘नत्र अर्बौं लागतको परियोजना सेतो हात्ती बन्छ ।’

विज्ञहरुले रेलमार्गको डीपीआर समीक्षा पनि जरुरी रहेको औल्याउँदै आएका छन् । विदेशी परामर्शदाताले बनाएको डीपीआरलाई नेपालको परिवेश अनुकूल बनाएर अघि बढ्दा उचित हुने उनीहरू बताउँछन् । यसरी प्राविधिक राय लिएर राजनीतिक निर्णयमार्फत अघि बढ्नुपर्ने उनीहरूको सुझाव छ ।

थप रेलमार्ग र खण्डहरु बनाउनुअघि आवश्यकता, भविष्यको सम्भावना, प्रविधि, यात्रुको चाप, शहरी विकासमा रेललाई जोड्ने मोडालिटी र योजना लगायतका विषय समेटेर निर्णय लिनुपर्ने विज्ञहरुको मत छ । रेलमार्गसँगै विभिन्न ठाउँमा नयाँ शहर विकास गर्नेतर्फ पनि अहिले नै सोचिनुपर्ने उनीहरुको भनाइ छ ।

रेल विभागका पूर्वसिनियर डिभिजिनल इन्जिनियर प्रकाश उपाध्यायले निर्माण खण्ड र कार्य छनोट गर्दा लगानीको प्रतिफल छिटो प्राप्त हुने किसिमबाट गर्नुपर्ने बताउँदै आएका छन् । यसमा पनि पहिले त निर्माणाधीन बर्दिवास-निजगढ खण्डमा ध्यान दिन उनको सुझाव छ ।

विज्ञहरुले प्राविधिक लेखाजोखा र तयारी गरेर मात्र ठेक्कामा दौडिन सुझाव दिँदै आएका छन् । सही प्रविधि, प्रक्रिया, आवश्यकता र औचित्य नभए रेलको काम नै ‘डिरेल’ हुने उनीहरुको मत छ ।

उनीहरुका अनुसार, रेलमार्ग बनाउँदा नेपाली जनशक्तिलाई पनि दक्ष बनाउने र प्रविधि हस्तातरण गर्ने विषयले सुरुमै प्राथमिकता पाउनुपर्छ ।

विज्ञ मात्र नभई राजनीतिकर्मीहरु पनि रेल विभागको काम गराइबाट सन्तुष्ट छैनन् । झापाका सांसद राजेन्द्र लिङ्देन इनरुवा-बर्दिबास खण्ड निर्माणको लागि आर्थिक स्रोत सुनिश्चित नभएको अवस्थामा पूर्वी खण्डमा माटो भर्न खोज्नुको औचित्य देख्दैनन् । ‘अहिले भरिने माटो लिक बिछ्याउने बेलासम्म पानीले बगाइसक्छ,’ उनी भन्छन्, ‘माटो भर्न नै पटक-पटक ठेक्का किन लगाउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजू र अर्यालको उम्मेदवारी

चीनमाथि बाइडेन प्रशासनको दबाबसँगै ‘साउथ चाइना सी’मा भियतनाम र फिलिपिन्सको सक्रियता

चीनमाथि बाइडेन प्रशासनको दबाबसँगै ‘साउथ चाइना सी’मा भियतनाम र फिलिपिन्सको सक्रियता

जसपालाई प्रचण्ड–माधवको प्रस्ताव : मिलेर जाऔं

जसपालाई प्रचण्ड–माधवको प्रस्ताव : मिलेर जाऔं

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .