No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने

टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने

काठमाडौं । नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ ।

‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो ।

बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गर्दै नागरिक समाजले टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सत्तरी वर्षदेखि बाँकी रहेका सबै सवाल उठाउँदै, सबैखाले प्रतिमगनविरुद्ध एक होऔं !’

विज्ञप्तिअनुसार टुँडिखेल आम नागरिकको स्वामित्व भएकाले त्यो नाागरिककै अधिकारक्षेत्रमा आउनुपर्ने माग राखिएको छ ।

रत्नपार्क हुँदै भद्रकाली, सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्ने कार्यक्रम छ । त्यसपछि हुने सभामा बृहत नागरिक आन्दोलनले इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने छ । त्यसपछि कविता वाचन र मन्तव्य हुनेछ ।

बिहीबार प्रचण्ड–माधव समूहले मानव साङ्लोले टुँडिखेल घेराउ गरेकोले नागरिक समाजले भने मार्चमात्र गर्ने बताएको छ । त्यसक्रममा विशाल टुँडिखेललाई एक फन्को लगाई पश्चिम गेटबाट नागरिक मार्च टुँडिखेल प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार नै स्वास्थ्य, शिक्षा, इञ्जिनियरिङ क्षेत्रका अधिकारकर्मीहरूले पनि आ–आफ्ना तर्फबाट टुँडिखेल मार्चमा सहभागी हुन भिडियोमार्फत अपिल गरेका छन् ।

यस्तो बन्दैछ नागरिक घोषणापत्र

माघ २० गते शोभा भगवतीमा भएको प्रतिगमन विरुद्धको नाटक प्रदर्शनीमा अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुने उद्घोष गरेका थिए । वाग्लेले टुँडिखेल आम नागरिकको साझा थलो भएकाले त्यसमा कसैको स्वामित्व नलाग्ने बताएका थिए ।

उक्त घोषणापछि नागरिक समाजले आफ्नो आन्दोलनको लक्ष्य टुँडिखेल मार्चलाई बनायो । साथै त्यही जुलुस र सभाबाट नागरिक आन्दोलनको इतिहासकै पहिलो आधिकारिक र औपचारिक घोषणापत्र जारी गर्ने तयारी गर्न थाल्यो ।

टुँडिखेल मार्चको तयारीमा भेटिएका वाग्लेले टुँडिखेल शासक, प्रशासकको नभएर विशुद्ध जनताको भूमि भएको जिकिर गरे । अनलाइनखबरसँग कुरा गर्दै वाग्लेले भने, ‘विशाल टुँडिखेल बनाउँदा जनताकै घरजग्गा खोसियो । त्यो पनि समयक्रममा टुक्रयाउँदै सत्ताको शक्ति देखाउने मैदान बनाइयो ।’

वाग्लले टुँडिखेलको सम्पूर्ण भूभागमा सबै नेपाली जनताको बराबरी हक लाग्ने प्रष्ट पारे ।

माघ २० गतेको अभिव्यक्तिपछि अभियन्ताहरू युग पाठक, संगीतस्रोता, जेबी विश्वकर्मा, अनुभव अजित, उज्जव प्रसाई, नारायण वाग्ले, भाष्कर गौतमलगायत नागरिक आन्दोलन घोषणापत्र २०७७ तयार गर्न बसे । उनीहरूले विभिन्न सरोकारवाला, अभियन्ता, अधिकारकर्मी तथा लेखकहरुसँग छलफल गरी घोषणापत्र तयार पारेका हुन् ।

घोषणापत्रको मुख्य सारमा २००७ देखि भएका कमी कमजोरीमाथि प्रश्न उठाई सबैखाले प्रतिगमनको निरन्तर विरोध गर्ने निष्कर्ष निकालिएको छ ।

जहाँ संविधानको रक्षा गर्ने तथा नेपाल राष्ट्रको बहुलतालाई सम्बोधन हुने गरी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, पहिचान, लैंगिक समानता लगायतका अधिकार कसैले चलाउन नमिल्ने उल्लेख गरिएको छ ।

घोषणापत्र जारी गर्ने तयारीका क्रममा भेटिएका अभियन्ता युग पाठकले पनि संसद विघटनको सवालमात्र नभएर सबै प्रतिगमनको विरोधमा घोषणापत्र केन्द्रित रहेको बताएका छन् ।

पाठक भन्छन्, ‘कुनै एउटा पार्टी वा संगठनको जस्तो एकै लाइन भएको अभियान नागरिक आन्दोलन होइन । यहाँ फरक–फरक विषयमा पनि एकमत हुने ठाउँ छ । त्यही एकमतको आवाज समेटेर सबै प्रतिगमनविरुद्ध हामी उभिनेछौं ।’

पाठकले संसद् पुनर्स्थापना वा निर्वाचन हुनुमात्र नागरिक आन्दोलनको लक्ष्य नभएको प्रष्ट पार्दै टुँडिखेल मार्च ऐतिहासिक रहेको बताए ।

त्यस्तै, लेखक राजेन्द्र महर्जनले आजका नागरिकले देख्ने सपना नै नागरिक आन्दोलन घोषणापत्रको मूल आवाज रहेको बताए । महजर्नले भने, ‘महिला आन्दोलन, दलित आन्दोलन, पहिचान आन्दोलन र सबै अग्रमगनकारीहरूको साझा दस्तावेज नै नागरिक आन्दोलन घोषणापत्र हो ।’

घोषणापत्रलाई अन्तिम रुप दिन बिहीबार नागरिक समाजका अभियन्ताहरू छलफलमा बसेका थिए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अभियन्ताले सबै उत्पीडन, अन्याय र विभेदविरुद्ध घोषणापत्र केन्द्रित हुनुपर्ने बताए ।

त्यहीक्रममा अभियन्ता अनुभव अजितले घोषणापत्र परिवर्तनशील भएकाले थपिँदै जानुपर्ने मत व्यक्त गरे । अजितले भने, ‘भोलि हुने अन्य प्रतिगामी कदम र अन्याय पनि नागरिक आन्दोलनको घोषणपत्रमा थपिँदै जानेछ । तर, आजलाई अहिलेसम्म भएका प्रतिगमनको पूर्णतः विरोध गर्नु नै घोषणापत्रको ध्येय हुनेछ ।’

घोषणापत्र लेखन समूहमा रहेका विश्लेषक भाष्कर गौतमले संसद विघटन, संघीयता, धर्म निरपेक्षतामाथिका आक्रमण र अवैधानिक नियुक्ति लगायतका विषयलाई मुख्य प्राथमिकतामा राख्दै घोषणापत्रले अग्रगमनको बाटो देखाउने बताए ।

अर्का अभियन्ता एवं प्राध्यापक विमल अर्यालले २०६२/६३ को नागरिक आन्दोलनले भन्दा पनि धेरै एजेन्डा अहिलेको आन्दोलनको सम्बोधन गर्नुपर्ने चुनौती रहेको सुनाए । उनका अनुसार २०६२/६३ को आन्दोलनमा राजा हटाउने र माओवादीले हतियार छोड्ने एजेन्डा नै प्रमुख लक्ष्य थिए ।

‘अहिले संविधानको रक्षासँगै प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने संकट छ’ अर्यालले भने, ‘यसबाहेक सबै जाति, भाषा, समुदाय, लिंगको अधिकार रक्षा पनि नागरिक आन्दोलनले समेट्नुपर्ने दायित्व थपिएको छ ।’

समस्याको जड दलहरूको अकर्मण्यता

बिहीबार घोषणापत्रमाथि छलफल गर्ने कार्यक्रममा उपस्थित अधिकांश अधिकारकर्मीले दलहरूकै कारण लोकतन्त्र धरापमा परेको मत राखे । उनीहरूका अनुसार दहहरूले उठाएका पहिचान, धर्म निरपेक्षता, संघीयता, समावेशीताको मुद्दा दलले नै छाड्दै गएकाले नागरिक समाजले नै ती मुद्दा समेट्नुपर्ने छ ।

नागरिक अभियन्ता प्राध्यापक बालकृष्ण माबुहाङ दलहरूको अकर्मण्यताले गर्दा संविधानसमेत धारापमा परेको बताउँछन् । माबुहाङ भन्छन्, ‘आन्तरिक खिचातानीकै कारण संसद र संविधान मिच्न पहिलो दल नै लागेकाले प्रतिगमन सुरु भएको हो । यस प्रतिगमनसहित सबैखाले प्रतिगामी कदम सच्चिनुपर्ने हाम्रो माग हो ।

कवि चन्द्रवीर तुम्बापो पनि संसदीय चलखेल र दलको दादागिरीले गगर्दा अहिलेको व्यवस्थामाथि नै प्रश्न उठेको बताउँछन् । तुम्बापो नागरिक आन्दोलनले विस्तारै जनताको शासन कायम हुने व्यवस्थातर्फ सोच्नुपर्ने तर्क राख्छन् ।

केही साता अगाडि नागरिक समाजले नै गरेको शीतलनिवास मार्चमा प्राध्यापक कृष्ण खनालले जनता जागेपछि शक्ति र सत्ता पनि झुक्ने भएकाले दलहरू पनि जनतासामु झुक्नुपर्ने बताएका थिए । प्राध्यापक खनालले राजनीतिक दलहरूले आफ्नो सीमा नाघेपछि नागरिक समाज जुर्मुराउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post
बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

‘चिरभोग गर्दै आएको जग्गा नगरपालिकाले हडप्न खोज्यो’

‘चिरभोग गर्दै आएको जग्गा नगरपालिकाले हडप्न खोज्यो’

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .