No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

 सुर्खेत । बालकको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले प्रहरी कार्यालय घेराउ गर्दा जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

दुई हप्ताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का १४ वर्षका पदम बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाएका छन् ।

मृतकलाई मोवाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको प्रहरीबाट खबर आएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

‘मोवाइल चोरीको आरोपमा उनलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ पछि छोडिएको प्रहरी साथीको भनाइ छ,’ प्रजिअ थापाले अनलाइनखबरसँग भने, ‘यो अब अनुसन्धान र छानबिनको विषय बनेको छ । यसबारे उच्चस्तरीय छानबिन समिति नैै बनाएर छनबिन गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

मृतकका आफन्तले प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गरेपछि भिड साम्य पार्न प्रहरीले लाठीचार्ज र केही सेल असुर ग्यास प्रहार गरेको थापाले बताए ।

मोवाइल चोरीको विषयमा अनुसन्धान गर्न प्रहरीले पदम बुढासहित ७ जनालाई माघ १८ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले छाडिसकेपछि उनी स्वास्थ्यमा समस्या देखिएपछि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि अभिभावकसँग गएका थिए ।

खुटामा चोट लागेर सुन्निएको अवस्थामा अस्पताल गएका उनको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसीयूमा राखेर उपचार गरिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए ।

‘जमेको रगतको टुक्राहरु फोक्सोमा पुगेका कारण बिरामीलाई बचाउन सकिएन,’ डा.रावलले भने, ‘अस्पतालले बिरामीलाई बचाउन अथक प्रयास त गरेकै हो तर, असफल भइयो ।’

उनको कुटपिटबाट मृत्यु भएको हो वा होइन भन्ने विषय पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने डा. रावलले बताए ।

मृतकका आफन्तलेहरुले भने मोवाइल चोरी गरेको आरोपमा प्रहरीले निर्मम तरिकाले कुटपिट गर्दा मृत्यु भएको बताएका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।

झडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

Next Post
‘चिरभोग गर्दै आएको जग्गा नगरपालिकाले हडप्न खोज्यो’

‘चिरभोग गर्दै आएको जग्गा नगरपालिकाले हडप्न खोज्यो’

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो : पूर्वराजा

विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गयो : पूर्वराजा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .