No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश १ मा सत्तापक्षको रणनीति : कांग्रेसले साथ नदिए बैठक चल्न नदिने !

प्रदेश १ मा सत्तापक्षको रणनीति : कांग्रेसले साथ नदिए बैठक चल्न नदिने !

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले प्रदेश १ को हिउँदे अधिवेशनको आगामी बैठक पनि अवरोध रणनिती बनाएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि अल्पमतमा परेका मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले आफ्नो पक्षमा बहुमत आउने ज्ञारेन्टी नभएसम्म बैठक अवरुद्ध गर्ने रणनीति बनाएका हुन् ।

ओली समूहका कारण सातौ हिउँदे अधिवेशनको माघ ७ र २५ गते बोलाइएको बैठकमा अवरोध सर्जना भएको थियो । ओली समूहले आफ्नो समूहले कारबाही गरेका प्रचण्ड-माधव समूहका १६ जना सांसद्लाई प्रवेश गर्न नदिने अडान लिएपछि ७ माघको बैठक प्रदेश प्रमुखले बोलाएको पत्र पढेर स्थगित भयो ।

मुख्यमन्त्री शेरधन राईको विवाहका कारण १८ दिनपछि माघ २५ गते बैठकमा दोस्रो बैठकमा अविश्वासको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर सरकारको अवरोधपछि सभामुख प्रदीप भण्डारीले ९ फागुनसम्मका लागि बैठक स्थगित गरे ।

फागुन ९ गते बस्ने बैठक पनि अवरुद्ध गर्ने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । पार्टी विभाजनले औपचारिकता नपाएसम्म बैठकमा अवरोध गरिरहने उनले बताए । ‘दल विभक्त नभएसम्म बैठक अवरुद्ध हुन्छ,’ उनले भने, ‘पार्टीको संसदीय दलले १६ जनालाई कारबाही गरेको छ । कारबाहीमा परेका सांसदलाई प्रदेशसभामा प्रवेश गर्ने भए दल विभाजनले आधिकारिता पाउनुपर्छ ।’

आफूलाई पार्टीबाट नै बैठक सञ्चालनमा अवरोध गर्नका लागि निर्देशन आएको बताए । ‘ ९ गतेको बैठकका लागि माथिल्लो तहले कुनै सहमति गर्‍यो भने बेग्लै कुरा हो,’ उनले भने, ‘ सहमति भएन भने सर्कुलर अनुसार अवरुद्ध हुन्छ ।’

प्रदेश १ मा गत पुस १२ गते मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड-माधव समूहका ३७ जना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

महिना दिन नटिक्ने मुख्यमन्त्रीको बोली !

अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधरन राईले पत्रकार सम्मेलन गरी भनेका थिए, ‘अविश्वासको प्रस्ताव आरामले फेस गरिन्छ ।’ तर महिना दिन नपुग्दै उनको व्यावहार फेरिएको छ । प्रस्ताव दर्ता हुँदा आरामले फेस गर्ने बताएका मुख्यमन्त्री राई नेपाली कांग्रेसले अविश्वासको पक्षमा रहने संकेत गरेपछि बैठक चल्न नदिने लाइनमा छन् ।

बैठक चल्ने भए आफूले कारबाही गरेका १६ जना प्रदेशसभा सदस्यलाई प्रवेश गर्न दिन नमिल्ने उनको अडान छ ।

१६ जनाले संसदीय गतिविधिमा सहभागी हुन नपाए कांग्रेसले साथ दिए पनि अविश्वासको प्रस्ताव फेल हुनसक्छ । प्रचण्ड-माधव समूह भने कारबाहीको च्याप्टर नै क्लोज भएको बताउँछन् । ‘कारबाहीको च्याप्टर माघ ७ गते नै क्लोज भै सक्यो,’ प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बो भन्छन् , ‘ बैठक अवरोध गर्नु अराजकता हो ।’ ओली समूह सरकारको आयु लम्ब्याउन लागि परेको प्रचण्ड-माधव समूहको आरोप छ ।

बैठक चल्नका लागि ओली समूहले नेपाली कांग्रेसको साथ खोजिरहेको छ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजिव कोइराला कांग्रेसले समर्थन गर्ने लिखित प्रतिवद्धता गरेपछि मात्रै बैठक चल्न दिने ओली समूहले मनसाय प्रकट गरेको बताउँछन् ।

‘संसदीय दलको बैठक बस्छ, विचार बिमर्स हुन्छ अनिमात्रै समर्थनका बारेमा थाहा हुन्छ,’ उनले भने,’पहिले नै लेखेर कसैले दिन्छ ? लेखेर दिन्छ अनिमात्रै बैठक चलाउने ?’

कांग्रेसले समर्थन गर्छु भन्दीए ओली समूहले बैठक अवरोध सृजना नगर्ने कांग्रेस नेताहरु बताउँछन् । तर कांग्रेसभित्र ओली समूहलाई समर्थन नगर्ने मत बलियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post
‘चाडपर्व बिदामा सरकारको मनलाग्दी’

‘चाडपर्व बिदामा सरकारको मनलाग्दी’

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?

घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .