No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?

घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?

काठमाडौं । नेपालमा हुने विभिन्न प्रकारका भ्रष्टाचारमध्ये सबैधन्दा बढी जनताको सेवा प्रवाहका क्रममा हुने घुस लेनदेन देखिएको छ । र, यस्तो भ्रष्टाचारको केन्द्र संघीय सरकारको राजधानीसमेत रहेको बाग्मती देखिएको छ ।

आम जनमानसमा अर्को एउटा प्रश्न छ, जनप्रतिनिधिहरु बढी घुस्याहा छन् कि सरकारी कर्मचारी ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वाषिर्क प्रतिवेदनमा यो प्रश्नको तथ्यगत जवाफ दिइएको छ – जनप्रतिनिधिभन्दा बढी घुस्याहा कर्मचारीहरु नै छन् । त्यसमा पनि, खरिदारदेखि शाखा अधिकृतसम्मले बढी घुस खाने गरेको देखिएको छ ।

भ्रष्टाचारमा वागमती सबैभन्दा अगाडि

संघीय सरकारविरुद्ध परेका भ्रष्टाचारका उजुरीमध्ये काठमाडौंसमेत वागमतीले ४३ प्रतिशतको प्रतिनिधित्व गर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार संघीय सरकारविरुद्ध सबैभन्दा कम उजुरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा परेका छन् । गण्डकी र कर्णालीबाट संघीय सरकारविरुद्ध ६/६ प्रतिशत उजुरीहरु परेका छन् । सुदुरपश्चिम प्रदेशबाट संघीय सरकारविरुद्ध ४ प्रतिशत मा उजुरी परेको छ ।

संघीय सरकारविरुद्ध बागमतीबाट मात्रै ४३ प्रतिशत उजुरी परेको छ भने प्रदेश २ बाट १९ प्रतिशत उजुरी परेको छ । त्यस्तै प्रदेश १ र लुम्बिनी प्रदेशबाट संघीय सरकारविरुद्ध ११/११ प्रतिशत उजुरीहरु परेका छन् ।

संघीय सरकार बाहेक प्रदेशगत भ्रष्टाचारमा भने बागमतीलाई प्रदेश २ ले उछिनेको छ । बागमती प्रदेशमा २३ प्रतिशत भ्रष्टाचार छ भने प्रदेश २ मा २९ प्रतिशत छ ।

अख्तियारमा परेका उजुरीका आधारमा भ्रष्टाचारको मापन गर्दा भ्रष्टाचारको तेस्रो केन्द्र लुम्बिनी प्रदेश हो, जहाँबाट १३ प्रतिशत भ्रष्टाचारका उजुरी परेका छन् ।

त्यस्तै, प्रदेश १ मा १२ प्रतिशत, गण्डकीमा ६ प्रतिशत कर्णालीमा ७ प्रतिशत र सुदूरपश्चिममा १० प्रतिशत भ्रष्टाचारका उजुरीहरु परेका छन् ।

३० वर्षयताकै बढी भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा आयोग स्थापनाको ३० वर्षको इतिहासमा सबैभन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दाहरु दर्ता भएका छन् ।

आयोगका अनुसार यो आर्थिक वर्षमा ४४१ वटा मुद्दाहरु विशेष अदालतमा दर्ता भएका छन् । अघिल्लो वर्ष ३५१ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै दुई वर्ष अघि १९४ वटा मुद्दा दर्ता भएका थिए ।

भ्रष्टाचारका विभिन्न प्रकृतिमध्ये यस वर्ष जनतासँग सेवा प्रवाहका क्रममा घुस खानेक्रम सबैभन्दा बढी देखिएको छ । सरकारले देशमा सुशासन कायम रहेको दाबी गरिरहेका बेला आयोगको प्रतिवेदनले भने घुसखोरी सबैभन्दा बढी रहेको तथ्यांक देखाएको हो ।

आर्थिक वर्ष ०७६/०७७ मा दायर भएका ४४१ मुद्दा मध्ये घुस (रिसवत)मा मात्र २०५ मुद्दा परेका छन् । दोस्रोमा शैक्षिक प्रमाणपत्रतर्फ ८५ र सार्वजनिक सम्पत्तिको हानी नोक्सानीमा ७५ वटा मुद्दा परेका छन् । गैरकानूनी लाभहानी ३६, गैरकानूनी सम्पत्ति आर्जन १८, राजस्व हिनामिना १२ र अन्य १० वटा गरी यो वर्ष ४४१ मुद्दा विशेष अदालतमा दायर गरिएको आयोगले जनाएको छ ।

को बढी घुस्याहा ? हाकिम कि सानो कर्मचारी ?   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन हेर्दा जनप्रतिनिधिहरुभन्दा सरकारी घुस्याहा सरकारी कर्मचारीहरु नै देखिएका छन् । त्यसमा पनि नायब सुब्बा, शाखा अधिकृत र उपसचिव तहका कर्मचारीहरुले बढी घुस खाने गरेको पाइएको छ ।

सेवाग्राहीसँग घुस लिएका ३४१ मुद्दाहरु मध्ये नायब सुब्बा र सो सरहका ७९ कर्मचारी मुछिएका छन् । शाखा अधिकृत वा सो सरहका घुस्याहा कर्मचारीको मुद्दा संख्या ७८ छ ।

त्यस्तै घुस खाएको सम्बन्धी तहगत मुद्दा संख्या हेर्दा उपसचिव २३ र सहायक कर्मचारी ४५ छ । विशिष्ट श्रेणीका कर्मचारी अर्थात् सहसचिव, सचिव तहबाट घुसखाएको मुद्दा संख्या २ मात्र छ ।

निर्वाचित/मनोनति जनप्रतिनिधिले घुस खाएको सम्बन्धी १६ वटा मुद्दा दर्ता भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

चिनियाँ स्वार्थ र जातीय एकतामा खलल पुर्‍याएको भन्दै चीनले बन्द गरिदियो बिबिसी !

चिनियाँ स्वार्थ र जातीय एकतामा खलल पुर्‍याएको भन्दै चीनले बन्द गरिदियो बिबिसी !

मौद्रिक नीतिको समीक्षा आगामी साता, के-के परिवर्तन होला ?

मौद्रिक नीतिको समीक्षा आगामी साता, के-के परिवर्तन होला ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...