No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय

कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय

विराटनगर । संसदीय अभ्यासमा बैठकको आह्वान गर्ने सरकारले संसद अधिवेशनमा बैठक अवरुद्ध गर्दैन् । संसद अवरुद्ध भइहाले प्रतिपक्षी दलहरुको माग सरकार पक्षले सम्बोधन गर्ने संसदीय अभ्यास हो । तर प्रदेश १ मा भने सरकार आफैले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

संसदीय अभ्यासमा विरलै हुने यस्ता घटना आइतबार प्रदेश १ मा भएको हो । आइतबार ढिलोगरी सुरु भएको प्रदेशसभा बैठकमा सत्तारुढ दलले नै अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले दुई साताका लागि बैठक स्थगित गरे ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पुस १२ गते सत्तारुढ दलकै प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर, सभामुखले बैठक सुरु गर्ने बित्तिकै सत्तारुढ दलको ओली समूहले अवरुद्ध गर्याे । सरकार पक्षले नै अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक ९ फागुनसम्मका लागि स्थगित भयो ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । पार्टी एउटै भएकाले प्रस्ताव दर्ता गराएको केही दिनपछि ओली समूहले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई निलम्बन गरेको थियो । आइतबार कारवाहीमा परेकालाई बैठकमा प्रवेश गर्न दिन नमिल्ने ओली समूहको अडान थियो ।

सभामुख भण्डारीले आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठक अघि ओली समूह र प्रचण्ड– माधव समूहका नेता छलफलमा बसे । छलफलमा सहभागी ओली समूहका नेता हिक्मतकुमार कार्की र बिमल कार्कीले बैठक १÷२ दिन सार्न आग्रह गरे । प्रचण्ड–माधव समूहका नेता इन्द्र आङ्बो, राजेन्द्र राई र लछुमन तिवारीले अविश्वासको प्रस्ताव टेवल गरेपछि केही दिनलाई सार्न तयार भए । तर, ओली समूहले आइतबारको बैठक स्थगित गर्नुपर्ने बताएपछि सहमति जुटेन ।

विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदको हिउँदे अधिवेशनका लागि सरकारले बिजनेस दिन सकेको छैन । बिजनेशका रुपमा अविश्वासको प्रस्ताव मात्र छ । बैठकमा अविश्वासको प्रस्ताव टेवुल गर्नुे विषय उठ्दा ओली समूहले सूचना टाँसेर बैठक रोक्नुपर्ने बतायो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रचण्ड–माधव समूहले मानेन् ।

प्रचण्ड–माधव समूह अविश्वासको प्रस्ताव टेवल गरेर बैठक स्थगित गर्नुपर्ने अडानमा रह्यो । ओली समूहले सूचना टाँस गरेर स्थगित गर्नुपर्ने अडान राख्यो । बैठक सञ्चालन गर्ने हुँदा आफ्नो समूहले कारवाही गरेका १६ जनालाई कुनै हालतमा प्रवेश नदिने अडानमा ओली समूह बस्यो । सहमति नजुटेपछि सभामुखले अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची निकाले । करिब ४ बजे बसेको बैठकमा ओली समूहले असहमति जनाएपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भयो ।

नेकपा प्रचण्ड–माधव समूहका नेता राजेन्द्र राईले सरकारले संसद अवरुद्ध गर्नु संसदीय इतिहासमा अनौठो घटना भएको बताए । सभामुखले सरकारसँगको साँठगाँठमा १५ दिनका लागि बैठक स्थगित गरेको उनको गुनासो छ ।

‘हामीसँग बैठक बस्दा आजका लागि मात्रै बैठक स्थगित गरौं भन्नुभएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा २–३ खाले कुरा गर्नुभयो ।’ राईले भने ‘ सभामुखले दुई साता बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो असहमति छ ।’

प्रस्तावको सामना गर्नुको सट्टा अवरोध गरेर आयु लम्ब्याउने काम गर्नु गलत रहेको उनले बताए । सभामुखले दुई साता स्थगित गरेपछि प्रतिपक्षी दलका तर्फबाट चाँडो बैठक बोलाउन मौखिक आग्रह गरिएको उनले बताए । दलहरुका तर्फबाट तत्काल बैठक बोलाउन लिखित पत्र दिने तयारी रहेको उनले बताए ।

योभन्दा नाङ्गिने ठाउँ छैन कांग्रेस

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गैरजिम्मेवारी पूर्ण व्यवहार देखाएको बताएको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले संसद अवरुद्ध गरेर सरकारले नाङ्गो रुप देखाएको बताए ।

‘सूचना टाँसेर बैठक स्थगित गर्न खोज्दा हामीले मानेनौं,’ कार्कीले भने ‘सभामुखले एक्कासी दुई साताको समय दिनुभयो । सभामुखको भूमिकामा हामीले शंका गर्यांै । सभामुख सत्तापक्षको संरक्षणमा लागे ।’

सभामुखको भूमिका शंकास्पद भएको बताउँदै कार्कीले भने ‘सरकारको योभन्दा नाङ्गो रुप अरु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
पूँजिगत खर्च कम हुँदा दिगो विकास लक्ष्य प्रभावित

पूँजिगत खर्च कम हुँदा दिगो विकास लक्ष्य प्रभावित

माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

माडीवासीलाई प्रधानमन्त्रीले देखाए राम र सीताको मूर्ति

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .