No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

१७ वर्षको भयो फेसबुक, यस्ता छन् सफलताका तथ्यांक

विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटर्फम फेसबुक बिहीबार अर्थात् फेब्रुअरी ४ मा १७ वर्षको भएको छ । आफ्नो १७औँ जन्मोत्सवमा फेसबुकले मित्रता र समावेशी शब्द अंकित वर्डमार्कको एनिमेसनमार्फत् मित्रता दिवस मनाएको छ ।

उक्त एनिमेसनमा टाउकोमा स्कार्फ लगाएकी महिला र अर्को एकजना युवक बीच फेसबुकबाट विभिन्न खाले मित्रवत इमोजीयुक्त मेसेजहरु आदानप्रदान भैरहेको देखाइएको छ ।

The Facebook को नामबाट सन् २००४ को फेब्रुअरी ४ मा मार्क जुकरबर्ग र हार्वार्ड विश्वविद्यालयका अन्य चारजना साथीहरुले फेसबुकको स्थापना गरेका थिए । फेसबुक स्थापना गर्ने जुकरबर्गका साथीहरु इडुआर्डो साभेरिन, एन्ड्रू म्याककोलुम, डस्टिन मोस्कोभिच र क्रिस ह्यूग्स हुन् ।

स्थापनाकाल देखि नै लोकपि्रयताको सिँढी चढेको फेसबुकले स्थापनाको डिसेम्बर महिना सम्ममा नै १० लाख सक्रिय प्रयोगकर्ता बटुल्न सफल भएको थियो ।
फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या सन् २०१२ को अक्टोबरमा आइपुग्दा १ अर्ब पुगेको थियो ।

सोही समयमा फेसबुकमा लाइक बटन, टाइमलाइन जस्ता फिचर थप हुनुका साथै कम्पनी स्टक मार्केटमा प्रवेश गरेको थियो ।

गत डिसेम्बर महिनामा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ८४ करोड पुग्यो । जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो ।

सोसल मिडियाको क्षेत्रमा आफ्नो साम्राज्य स्थापित गरिसकेको छ र वर्षेनी अर्बौँ डलर आम्दानी गर्दछ । संस्थापक मार्क जुकरबर्ग फेसबुककै कारण विश्वका टप फाइभ धनाढ्य बन्न सफल भएका छन् ।

फेसबुक अहिले केवल फेसबुकमा मात्र सिमित छैन । यो मेसेजिङ एप ह्वाट्सएप देखि फोटो शेयरिङ एप इन्स्टाग्राम लगायतका एपहरुको परिवारको रुपमा रहेको छ । १७ औँ वाषिर्कोत्सवका अवसरमा फेसबुक बारेका केही उल्लेख्य तथ्यहरु यस्ता छन् :

१. हरेक महिना ३ अर्ब ३० करोड मानिसले फेसबुक तथा यस मातहतका मेसेजिङ एप गरी कम्तिमा एउटा एप चलाउँदछन् । जसमध्ये फेसबुकको मूख्य एपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ८० करोड छ ।

त्यस्तै ह्वाट्सएपका सक्रिय प्रयोगकर्ता २ अर्ब, मेसेन्जरका १ अर्ब ३० करोड, तथा इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब रहेको छ । त्यस्तै यी मध्ये कम्तिमा एकवटा एप दैनिकरुपमा चलाउने प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड छ ।

२. सन् २०१२ मा फेसबुकले इन्स्टाग्राम खरिद गरेको थियो । त्यतिबेला इन्स्टाग्राम खरीदका लागि फेसबुकले १ अर्ब डलर खर्चिएको थियो । त्यसको दुई वर्षपछि मार्क जुकरबर्गले ह्वाट्सएप खरीद गरे र त्यसका लागि १९ अर्ब डलर खर्चिए । फेसबुकले खरिद गर्नुअघि सन् २०१२ को अपि्रलमा इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ करोड थियो । उक्त संख्या सन् २०१८ को जनवरी सम्म आइपुग्दा १ अर्ब डलर पुगेको थियो।

त्यस्तै फेसबुकले खरीद गर्नुअघि सन् २०१४ को फेब्रुअरीमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या ४५ करोड थियो । अहिले उक्त संख्या बढेर ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघिसकेको छ ।

३. अहिलेको शीर्ष स्थानसम्म आइपुग्न फेसबुकले तय गरेको बाटो सजिलो भने पक्कै थिएन । पछिल्ला वर्षहरुमा फेसबुक विभिन्न खाले उल्लेखनीय काण्डहरुमा समेत फस्दै आएको छ ।

सन् २०१६ मा रुसले राजनीतिक प्रोपोगाण्डाका लागि फेसबुकको दुरुपयोग गर्यो । सन् २०१८ मा क्याम्ब्रिज एनालिटिका काण्डले पनि फेसबुकलाई नराम्रोसँग धक्का लाग्यो । गत वर्ष घृणाजन्य सामग्रीको विषयलाई लिएर विभिन्न विज्ञापनदाताले फेसबुक बहिष्कार गरे ।

साथै यो वर्ष फेसबुक तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत प्रतिबन्ध लगाउने तहसम्म पुग्नुपर्यो । तथापि यावत् धक्काहरुका बाबजुत वित्तिय रुपमा फेसबुक कम्पनीले प्रगति रोकिएन । सन् २०२० को चौथो त्रैमासिकमा फेसबुकको कूल आम्दानी २८ अर्ब १० करोड पुग्यो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढि हो .

नयाँ तथ्यांकअनुसार अहिले विश्वका कूल इन्टरनेट प्रयोगकर्तामध्ये आधाले फेसबुक चलाउँदछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#शिक्षा#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
‘साहित्यमा पोखराको आफ्नै विरासत छ’

‘साहित्यमा पोखराको आफ्नै विरासत छ’

मार्क्सवाद र साहित्य

मार्क्सवाद र साहित्य

प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

प्रधानमन्त्रीसँग संसद विघटन गर्ने अधिकार छैन : खनाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .