No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसद विघटनको बहसमा सुवास नेम्वाङको अभिव्यक्तिको चर्चा

संसद विघटनको बहसमा सुवास नेम्वाङको अभिव्यक्तिको चर्चा

काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने भनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको अभिव्यक्तिले प्रवेश पाएको छ ।

सोमबार बहसका क्रममा अधिवक्ता सरोजकृष्ण घिमिरेले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्याख्या गरेको सुनाए । त्यसले संविधानमा यस्तो व्यवस्था गर्नुको कारण के थियो भनेर बुझिने उनले बताए ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले संविधान बन्नु अगाडि हो कि पछाडि भनेर प्रश्न गरे । जवाफमा घिमिरेले कहिले भन्ने प्रष्ट भन्न सकेनन्, तर संसद विघटनभन्दा पहिलेको भएको बताए ।

त्यसपछि प्रधानन्यायाधीश जबराले हाँस्दै भने, ‘संविधान निर्माणका क्रममा भएको भए एउटा होला, बनिसकेपछि हो भने अर्को होला नि ।’

अधिवक्ता घिमिरेले भने जहिलेको भए पनि नेम्वाङको त्यो भनाइले संविधान बनाउनेको मनसाय बुझाउने बताए । जवाफमा प्रधानन्यायाधीश जबराले भने, ‘मैले जोक मात्र गरेको क्या ।’

न्यायाधीश सपना मल्ल प्रधानले भने संविधानसभाको अध्यक्षले औपचारिक अनौपचारिक बोलेको विषय संविधानको मर्म हुने कि नहुने भन्ने प्रश्न गरिन् । उनले अघि भनिन्, ‘मस्यौदा वा त्यसको स्पष्टीकरणले मर्म बोल्छ कि बाहिर बोलेका विषय गर्छ ?’

सोमबारको इजलासमा अधिवक्ता दिनमणि पोखरेलले पनि संविधानसभा अध्यक्षले प्रधानमन्त्रीले सनकको भरमा स‌ंसद विघटन गर्न नसक्ने अभिव्यक्ति दिएको बताएका थिए ।  २०७६ साउनमा स‌ंसदीय मामिला  पत्रकार समाजले गरेको कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्रीले संसद विघटनको दुरुपयोग गर्न नपाउन् भनेर संविधानमा स‌ंसद विघटनका लागि कडा व्यवस्था गरेको अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
२२ दिनपछि ओली समूहमै फर्किइन् राज्यमन्त्री गजमेर

२२ दिनपछि ओली समूहमै फर्किइन् राज्यमन्त्री गजमेर

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते

मिटरब्याज चलाउने गिरोहका नाइके धरौटीमा छुटे

मिटरब्याज चलाउने गिरोहका नाइके धरौटीमा छुटे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .