No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य


कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

चीनका एक वैज्ञानिकमाथि अपुष्ट आरोप लागेको छ कि, कोरोना भाइरस उनको ल्याबबाट फैलिएको हो । अब उनी यो आरोप परीक्षण गर्नका लागि तयार छन् ।

प्रोफेसर शी जेंग्लीका अनुसार उनले यो आरोप जाँच गर्नका लागि ‘जो कोहीलाई पनि त्यहाँ जाने अनुमति’ दिन मञ्जुर छन् ।

प्रोफेसर जेग्लीको आश्चर्यजनक भनाई यस्तो समयमा आएको छ कि जब विश्व स्वास्थ्य संगठनका टिम आगमी महिना परीक्षणका लागि वुहान जाने तयारी गरिरहेका छन् ।

चिनिया टोलीले बिबिसीको पिछा गरे

चीनका दक्षिण–पश्चिम प्रान्त युनानस्थित सुदूर जिल्ला टांग्वानसम्म पुग्न त्यसैपनि सहज छैन । यद्यपि जब बिबिसीको एक टोली त्यहाँ जाने जुन प्रयास गरिरहेको थियो, त्यो संभव थिएन ।

साधारण गाडीमा सादा कपडा लगाएका प्रहरी र अन्य अधिकारीले हाम्रो टिमलाई पिछा गरिरहेको थियो । अन्ततः हामीलाई त्यहाँबाट फर्कनका लागि बाध्य गरियो । हाम्रो बाटोमा त्यस्ता धेरै अवरोध थियो । जस्तो कि, सडकमा थोत्रो ट्रक पनि तेस्र्याइएको थियो । स्थानियका अनुसार उक्त ट्रक हामी जानुअघि मात्र सडकमा राखिएको थियो ।

चेक प्वाइन्टमा केही अज्ञात व्यक्ति भेटिए, जसको काम हामीलाई त्यहाँबाट टाढा राख्नु थियो ।

पहिलो नजरमा लाग्यो कि यी सबै हामीलाई आफ्नो गन्तव्यसम्म पुग्न नदिनका लागि प्रयास गरिरहेका छन् । हामीलाई एक सुनसान तामाको सुरुंगमा पुग्नुथियो, जहाँ सन् २०१२ मा छ मजदुर एक रहस्यमय रोगका शिकार भएका थिए । सोही रोगले तीन जनाको ज्यान गएको थियो ।

तर, त्यसबखत मजदुरले जुन बिरामी र मृत्युको त्रास बिर्सिए, त्यसलाई अहिले कोरोना भाइरस महामारीले एक नयाँ अर्थ दिएको छ ।

उक्त तीन मजदुरको मृत्युलाई कोरोना भाइरसको उत्पतीसँग जोडेर ठूल ठूला वैज्ञानिक विवादको केन्द्रमा छन् । अहिले यो प्रश्न पनि रहस्यमय बन्दैछ कि, कोरोना भाइरस वास्तमै प्राकृतिक हो वा कुनै ल्याबमा बनाइएको ?

चीनले बिबिसीको टोलीलाई किन रोक्यो ?

चीनका अधिकारीहरुले हामीलाई त्यहाँसम्म यसकारण पनि अवरोध गरेको हुनुपर्छ कि, उक्त रहस्यमयी सुरुंगको कथा उनी आफ्नो हिसाबले दुनियाँलाई सुनाउन सकोस् ।

चीनको युनान प्रान्तमा पहाडले ढाकेको जंगल र गुफा पछिल्लो एक दशकदेखि वैज्ञानिक शोधका लागि आकर्षकको केन्द्र रहँदै आएको छ । यस शोधको नेतृत्व वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका प्रोफेसर शी जेग्लीले गर्दैछन् ।

प्रोफेसर जेग्लीलाई सन् २००३ मा त्यसबेला अन्तर्राष्ट्रिय ख्याती मिलेको थियो, जब उनले सार्स नामक रोग पत्ता लगाए । भाइरसबाट फैलिएको यो संक्रमणले ७ सय भन्दा बढीको ज्यान लिएको थियो । यो भाइरस संभवत युनान प्रान्तको गुफामा पाइने चमेराको एक प्रजातिबाट निस्किएको थियो ।

सार्स भाइरसको खोजपछि प्रोफेसर जेग्लीलाई ‘ब्याटवुमन अफ चाइना’ उपमा दिइयो । उनी एक परियोजनाको अगुवाई गरिरहेका छन्, जो यस्तै रोग पत्ता लगाउन र त्यसको भविष्यवाणीसँग जोडिएको छ । त्यहीबेलादेखि प्रोफेसर जेग्लीको समूहले चमेराको नमुना लिएर वुहानको ल्यावमा त्यसबाट निस्कने भाइरसबारे अनुसन्धान गरिरहेका छन् ।

यद्यपि एउटा सत्य के पनि हो भने कोरोना भाइरस महामारी सबैभन्दा पहिला वुहानमा फैलिएको थियो । यसकारण के आशंका गर्ने ठाउँ छ भने यी दुबैबीच कुनै न कुनै सम्बन्ध जोडिएको पो छ कि ?

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट जब फोन आयो

प्रोफेसर जेग्लीले यस आशंकालाई खारेज गरिदिएका छन् । जब विश्व स्वास्थ्य संगठनका अधिकारी जनवरीमा वुहान जानेवाला थिए, प्रोफेसर जेग्लीले बिबिसीको केही प्रश्नको उत्तर इमेलमार्फत पठाए ।

प्रोफेसर जेग्लीका अनुसार उनले विश्व स्वास्थ्य संगठनसँग दुई पटक कुरा गरिसकेका छन् । उनले आफ्नो जवाफमा लेखेकमा छन्, ‘मैले उनीहरुलाई भनेको छु कि उनीहरु यहाँ आउन चाहन्छ भने स्वागत छ ।’

बिबिसीले प्रोफेसर जेग्लीसँग सोध्यो कि किन उनी आफ्नोतर्फबाट ल्याव जाँचका लागि निम्तो गरिरहेका छन् र त्यहाँको डेटा साझेदार गर्न खोज्दैछन् ?

यसमा उनको जावाफ यस्तो थियो, ‘म व्यक्तिगत रुपले खुला, पारदर्शी, भरपर्दो, विश्वसनिय र उचित संवादको आधारमा यात्रका लागि कुनैपनि रुपले स्वागत गर्छु तर यो योजना मैले तय गरेको होइन ।’

पछि बिबिसीलाई वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रेस कार्यलयबाट एक फोन आयो, जसमा भनिएको थियो कि प्रोफेसर जेग्ली व्यक्तिगत क्षमतामा बोल्दै थिए र उनको यो कुराहरु इन्स्टिच्युटका आधिकारिक भनाई होइन ।

वुहान इन्स्टिच्युटले बिबिसीको यस लेख छाप्नुअघि एक प्रति उनीहरुलाई पठाउनका लागि पनि अनुरोध गरे, जसलाई बिबिसीले अस्विकार गरिदियो ।

कोरोना भाइरस फैलाउने ल्याब लीक थ्योरी

टांग्वानतीन मजदुरको मृत्युपछि र चमेराले भरिएको गुफाको खबर आउनसाथ आशंका गरिएको थियो कि, उनीहरु चमेरा (कोरोना भाइरस)का कारण मरेका थिए ।

यसपछि वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकले त्यहाँको चमेराको नमुना लिए र पछिल्लो तीन बर्षमा केही पटक त्यहाँ गए । तर उनीहरुले जुन भाइरस जम्मा गरे त्यसबाट एकदमै कम मात्रामा जानकारी हासिल भयो ।

प्रोफेशर शी जेग्ली नोवल कोरना भचाइरसका लागि जिम्मेवार सार्स कोभ–२ भाइरस सबैभन्दा पहिले सिक्वेन्स बनाउन वैज्ञानिकमा एक हुन् । उनले यो वर्षको २०२० सुरु अर्थात जनवरीमा यो काम सुरु गरेका थिए, जतिबेला उनको शहरमा यो भाइरस तिब्र रुपमा फैलिदै थियो ।

यसपछि उनले भाइरसको लामो स्ट्रिंग गरे र अर्को भाइरससँग तुलाना गरे । यसबाट उनले के पाए भने यो सार्स कोभ–२ सँग धेरै हदसम्म मिल्दोजुल्दो छ । ल्याबबाट भाइरस फैलिएको हुनसक्ने कुरा पुष्टि भइसकेको छ । पहिलो सार्स भाइरस सन् २००४ मा चीनको राजधानी बेइजिङमा नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीबाट दुई पटक फैलिएको थियो । त्यतीमात्र होइन, उक्त भाइरसको संक्रमण फैलिएको  लामो समयमा मात्र नियन्त्रणमा लिन सकिएको थियो ।

भाइरसलाई जेनेटिक रुपमा परिवर्तन गर्ने चलन पनि नयाँ होइन । यसरी वैज्ञानिकले भाइरसलाई बढी खतरनाक र बढी संक्रामक बनाउन सक्छन् जसबाट उनले खतरालाई सहजै अनुमान गर्न सकोस् र विरामीका उपचारका लागि प्रभावशाली खोप तयार गर्न सकोस् ।

ल्याबमा म्युटेट गरेका हुन् कोरोना भाइरस ?

जब सार्स कोभ २ को सिक्वेन्स बनाइयो तनब यसले मान्छेमा जुन हिसाबले संक्रमण गर्यो, त्यसबाट वैज्ञानिक आश्चर्यमा परे ।

अन्तर्राष्ट्रिय वैज्ञानिकका केही समयले यस आशंकालाई गंभिरतापूर्वक लिएका छन् कि, हुनसक्छ कोरनो भाइरस पनि ल्याबमा म्युटेट गरिएको हो ।

डाक्टर डेनियल लूसी वासिंगटज डिसीका जर्जटाउन मेडिकल सेन्टरमा संक्रामक विरामीका प्रोफेसर हुन्, उनी केही महामारीका विशेषज्ञ पनि हुन् । उनले चीनमा सार्स, अफ्रिकामा इबोला र ब्राजिलमा जीका जस्ता भाइरसमाथि विस्तृत अध्ययन गरेका छन् । डाक्टर लुसीले पहिले नै मान्छे र जनवारको नमुना लिएर बिरामीका लागि जिम्मेवार मूल भाइरसमाथि विस्तृत शोध गरेका छन् ।

उनी भन्छन्, कोरोना भाइरसको संक्रमणको स्रोत पत्ता लगाउनु भनेको केवल बैज्ञानिक जानकारीका लागि मात्र नभई भविष्यमा यो संक्रमण दोहोरिन नदिन पनि हो ।

उनले भनेका छन्, ‘हामीले संक्रमणको स्रोत तबसम्म खोज्नुपर्छ जबसम्म यो मिल्दैन । मलाई लाग्छ यसलाई फेला पार्न सकिनेछ । सायद पहिले पनि खोजिएको हुनसक्छ । यद्यपि प्रश्न यो हो कि यसबारेमा अहिलेसम्म किन बताइएको छैन ?’

डाक्टर लुसीलाई अहिलेपनि लाग्छ कि कोरोना भाइरस प्राकृतिक रुपले पैदा भयो तर बाँकी आशंकालाई खारेज पनि गर्न सकिदैन ।

उनी भन्छन्, ‘तपाईं सोच्नुहोस् न यदि कुनै चीनको ल्याबमा सार्स कोभ २ सँग मिल्दोजुल्दो भाइरसमाथि अध्ययन भइरहेको छ भने त्यसबारे उनीहरुले किन हामीलाई केही बताइरहेका छैनन् ? ल्याबमा भइरहेका हरेक गतिबिधि किन गोप्य राखिदैछ ?’

के भन्छ चीन ?

बिबिसीले जब डाक्टर लुसीको आशंका वुहान जाने डब्ल्युएचओका टिम सदस्य डाक्टर डैसेकसँग राखे, तब उनले भने, ‘मैले बुहान इयन्स्टिच्युटसँग एक दशक भन्दा बढी समय काम गरें । म उनीहरुलाई बुझ्छु । म उनीहरुको प्रयोगशालामा गइरहेकै हुन्छु ।’

उनी के पनि थप्छन् भने, ‘मैले आँखा र कानलाई पुरा खुला राखेर सर्तकतासाथ सबैकुरा हेरिरहेको छु तर त्यस्तो आशंका गरिएजस्तो पाइएको छैन ।’

के वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले उनको पुरानो सम्बन्ध र त्यहाँका वैज्ञानिकसँगको उनको सम्बन्धले यस परीक्षणलाई प्रभावित बनाउनेछ ?

डा. डैसेक जवाफमा भन्छन्, ‘हामी जुन रिपोर्ट प्रकासित गर्नेछौं, त्यो पुरा दुनियाको सामुन्ने पेश गर्नेछौं । वुहान इन्स्टिच्युटसँग मेरो सम्बन्ध विश्वका ति थोरै वैज्ञानिकहरुमध्येको हुनेछ, जसले चीनमा चमेराबाट फैलने भाइरसका बारेमा सबैभन्दा बढी जानकारी राख्छ ।’

हुनसक्छ चीनले कोरोना भाइरसको उत्पतिको बारेमा आफ्नो शोधसँग जोडिएको सीमित डेटा साझा गरेका हुन् । त्यती मात्र होइन, भाइरसको उत्पत्तिको बारेमा उनीहरु आफ्नो थ्योरी प्रचार प्रसार गर्न पनि जुटेका छन् ।

चीन यूरोपमा भएको केही अपुष्ट अध्ययनलाई हवाला दिदै यो साबित गर्न चाहन्छ कि सार्स कोभ २ चीनबाट सुरु भएको होइन । चीनका सरकारी मिडिया त के पनि दाबी गर्छ भने, कोरोना भाइरस धेरै अघिदेखि अस्तित्वमा थियो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ

सिरहामा छुट्टाछुटै सडक दुर्घटनामा दुई युवकको ज्यान गयो

सिरहामा छुट्टाछुटै सडक दुर्घटनामा दुई युवकको ज्यान गयो

भ्रष्टाचार न्यूनीकरण गर्न सरकारी कर्मचारीको तलब र सेवा-सुविधा बढाउन अख्तियारको सुझाव

भ्रष्टाचार न्यूनीकरण गर्न सरकारी कर्मचारीको तलब र सेवा-सुविधा बढाउन अख्तियारको सुझाव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .