No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायत पूर्वी तराईका जिल्लाहरूमा हालै भएका साम्प्रदायिक तनाव र हिंसात्मक झडपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी सभापति रवि लामिछानेद्वारा मंगलबार जारी औपचारिक विज्ञप्तिमा ती घटनाहरूबाट उत्पन्न अशान्त परिस्थितिप्रति सिङ्गो पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा घटनाका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, झडपका क्रममा घाइते भएका आम नागरिक तथा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ।

हिंसाबाट समस्याको समाधान हुँदैन

कुनै पनि किसिमको असन्तुष्टि, समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट कदापि सम्भव नहुने रास्वपाको स्पष्ट मान्यता छ। नेपाली समाजको वास्तविक शक्ति र सौन्दर्य भनेकै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौंदेखि कायम रहेको सामाजिक सद्भाव भएको विज्ञप्तिमा जोड दिइएको छ।

रास्वपाले सामाजिक सद्भाव खलबलिने वा साम्प्रदायिक सहिष्णुतामा आँच आउने खालका कुनै पनि गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरूका साथै सम्बद्ध सबै पक्षहरूसँग हार्दिक अपिल गरेको छ। संवेदनशील परिस्थितिमा कुनै पनि प्रकारको उत्तेजना, भ्रम वा अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्राथमिक आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ।

निष्पक्ष छानबिन र राहतको माग

क्षेत्रीय शान्ति सुरक्षा कायम गर्न, सर्वसाधारणको जिउधनको रक्षा गर्न र अशान्त बनेको परिस्थितिलाई सामान्यीकरण गर्न पार्टीले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको जानकारी दिएको छ।

घटनाको जरोसम्म पुगेर स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ। साथै, पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको तत्काल व्यवस्था मिलाउनसमेत माग गरिएको छ।

राजनीतिकरण नगर्न आग्रह र स्थानीय समितिलाई निर्देशन

रास्वपाले यो दुःखद र संवेदनशील घटनालाई कुनै पनि राजनीतिक स्वार्थ वा बहानामा राजनीतिकरण नगर्न सम्पूर्ण राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गरेको छ।

पार्टी शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा निरन्तर अडिग रहेको दोहोर्‍याउँदै संवादका माध्यमबाट शान्तिपूर्ण समाधान खोज्न रास्वपा तत्पर रहेको जनाएको छ। यसका साथै, स्थानीय तहमा शान्ति र सामाजिक सद्भाव पुनः कायम राख्न सहयोगी र जिम्मेवार भूमिका निर्वाह गर्न पार्टीका स्थानीय समितिका सम्पूर्ण सदस्यहरूलाई विज्ञप्तिमार्फत विशेष निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .