No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

काठमाडौं। हमासको कब्जाबाट मुक्त भएका सात जना इजरायली बन्धकहरू सुरक्षित रूपमा इजरायल प्रवेश गरेका छन्।

अहिले आफ्ना परिवारसँग उनिहरुको पुनर्मिलन भइरहेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ।

आईडीएफको म्यानपावर डाइरेक्टोरेटका अधिकारी र चिकित्सक टोलीले ती बन्धकहरू इतान मोर, अलोन ओहेल, जिभ बर्मान, गाली बर्मान, गाइ गिलबोआ–डालाल, ओम्री मिरान र मातान एङ्ग्रेष्ट लाई दक्षिणी इजरायलस्थित स्वास्थ्य केन्द्रमा प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि साथ दिएका छन्।

आईडीएफका अनुसार अस्पतालमा परिवारका सदस्यहरू पनि उपस्थित छन् र पुनर्मिलनको क्रममा नियमित रूपमा जानकारी दिइरहेको छ।

‘आईडीएफका प्रतिनिधिहरू अस्पतालमा प्रतीक्षा गरिरहेका सबै परिवारका सदस्यहरूलाई निरन्तर जानकारी दिइरहेका छन्। साथै, आईडीएफ रेडक्रसमार्फत थप बन्धकहरू आइपुग्ने तयारीमा पनि छ,’ विज्ञप्तिमा भनिएको छ।

इजरायली प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै मुक्त बन्धकहरू सुरक्षित फर्किएकामा खुसी र ऐक्यबद्धता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ,‘इजरायल सरकारले आफ्ना बन्धकहरू अलोन ओहेल, मातान एङ्ग्रेष्ट, गाली बर्मान, जिभ बर्मान, गाइ गिलबोआ-डालाल, इतान मोर र ओम्री

मिरानलाई अङ्गालोमा लिएको छ। सरकार सबै बन्धकहरूलाई फिर्ता ल्याउने प्रतिबद्धतामा दृढ रहन्छ र त्यसका लागि निरन्तर प्रयास गर्नेछ।’

आईडीएफले मुक्त बन्धकहरूलाई हमासले रेडक्रसलाई हस्तान्तरण गर्ने र त्यसपछि उनीहरूलाई इजरायल प्रवेश गराइने क्षणको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ।

रेडक्रसको साथमा सुरक्षित स्थानमा पुर्‍याइयो

टाइम्स अफ इजरायलका अनुसार रेडक्रसको कन्भोयले ती बन्धकहरूलाई इजरायली सीमा हुँदै सुरक्षाकर्मीहरूको साथमा रेइम नजिकैको सैनिक सुविधामा पु¥याएको थियो। त्यहाँ उनीहरूले चिकित्सा र मनोवैज्ञानिक परीक्षण पूरा गरेपछि आफ्ना परिवारसँग भेट गर्नेछन्।

यसैबीच, आईडीएफले अर्को रेडक्रस कन्भोय दक्षिणी गाजातर्फ गएको र आजै थप बन्धकहरूलाई संकलन गरेर इजरायल ल्याउने तयारी भइरहेको जनाएको छ।
दुई वर्षपछि बन्धकहरू मुक्त हुने क्रममा केही भावनात्मक दृश्यहरू पनि सार्वजनिक भएका छन्। भिडियो फुटेजमा परिवारका सदस्यहरूले आफ्ना प्रियजनसँग अन्तिम बार्ता गर्दै गरेको देखिन्छ।

टाइम्स अफ इजरायलका अनुसार, बन्धक एभियातार डेभिडका बुबा अविशाई डेभिडले च्यानल १२ सँग कुरा गर्दै भने, ‘हामी हाम्रा छोरा एभियातारलाई अँगालोमा लिन, उनको गन्ध सुन्न र सास फेर्न आतुर छौँ,’ उनले यसो भन्नुका क्रममा आँसु रोक्न सकेनन्।

बन्धक मुक्तिको यो कदमले विश्वव्यापी प्रशंसा पाएको छ। युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कलासले यसलाई ‘शान्तितर्फको महत्वपूर्ण कदम’ भन्दै स्वागत गरेकी छन्। उनले लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्पको मध्यस्थताबाट यो ऐतिहासिक प्रगति सम्भव भएको हो।’

यो मुक्तिको चरण इजरायल र हमासबीचको व्यापक युद्धविराम तथा बन्धक विनिमय सम्झौताकै पहिलो चरण हो, जसले आगामी दिनमा थप बन्धकहरू मुक्त हुने र क्षेत्रीय स्थायित्वतर्फको मार्ग खुल्ने आशा जगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...