No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१ हजार भ्रष्टाचार गर्नेलाई १ करोड २० लाख तिराइयो

१ हजार भ्रष्टाचार गर्नेलाई १ करोड २० लाख तिराइयो

काठमाडौं । संसारमा केही देशहरू छन् जहाँ भ्रष्टाचारको लागि शून्य सहनशीलता छ। जापान ती देशहरू मध्ये एक हो जहाँ थोरै मात्र भ्रष्टाचारले पनि तपाईंको जीवनभरको बचत गुम्न सक्छ।

हालै जापानमा यस्तो एउटा घटना भयो जुन सिस्टममा भ्रष्टाचार गर्ने लागि उदाहरण बन्यो। एएफपी समाचार एजेन्सीको रिपोर्ट अनुसार जापानको क्योटो शहरका एक बस चालकले १ हजार जापानी येन (९७० नेपाली रूपैयाँ) घोटाला गरेको आरोप लागेपछि आफ्नो १ करोड २० लाख जापानी येन (१ करोड १६ लाख नेपाली रूपैयाँ) पेन्सन गुमाए।

रिपोर्टका अनुसार यी बस चालकले २९ वर्षसम्म इमान्दारीपूर्वक सेवा गरेका थिए तर एउटा घटनाका कारण उनले आफ्नो जीवनभरको पेन्सन गुमाउनु पर्यो। उनले सन् १९९३ देखि बस चालकको रूपमा काम गरिरहेका थिए ।

काद सुरु गरेको २९ वर्षपछि २०२२ मा यी ५८ वर्षीय चालकले यात्रुबाट प्राप्त गरेको १ हजार येन भाडा मेसिनमा नभई आफ्नै खल्तीमा हाल्दै गरेको बसमा जडान गरेको क्यामेरामा रेकर्ड भएको थियो । त्यतिबेला बसमा ५ जना यात्रु थिए र उनीहरूले कुल १,१५० येन भाडा तिरेका थिए।

घटनाको अनुसन्धान गर्दा चालकले सुरुमा घोटाला गरेको अस्वीकार गरे तर भिडियो फुटेजले सत्य खुलासा गर्‍यो। चालकलाई जागिरबाट निकालियो र २९ वर्षको सेवा अवधिको पेन्सन रोकियो। उनले यस निर्णय विरुद्ध मुद्दा दायर गरेका थिए । तल्लो अदालतले उनको पक्षमा फैसला सुनायो र उनलाई दिइएको सजायलाई अत्यधिक भन्यो।

तर जापानको सर्वोच्च अदालतले यो निर्णयलाई उल्ट्यायो र क्योटो शहरको निर्णयलाई पुनर्स्थापित गर्‍यो। अदालतले भन्यो – ‘यस्ता कार्यहरूले सार्वजनिक सेवाहरूको कार्यप्रणालीलाई असर गर्छ।’ यद्यपि, यो समाचारलाई लिएर सामाजिक सञ्जालमा फरक-फरक विचारहरू देखा परिरहेका छन्।

कतिपयले भनेका छन् -‘उनले गरेको भ्ष्टाचार उनले पाएको सजाय जत्तिको ठूलो होइन। अदालतले उनले २९ वर्ष इमान्दारीपूर्वक सेवा गरेको पनि हेर्नुपर्ने थियो ।’ अर्काथरीले भनेका छन् ‘यो विषयलाई सानो वा ठूलो रूपमा हेर्नु हुँदैन। यो त भ्रष्टाचारको सुरुवात मात्र हो। यो सुरुदेखि नै रोकिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post
पृथ्वीको केन्द्रमा कति फलाम छ ? यस्ता छन् पृथ्वीका १० रोचक तथ्यहरू

पृथ्वीको केन्द्रमा कति फलाम छ ? यस्ता छन् पृथ्वीका १० रोचक तथ्यहरू

पोप फ्रान्सिसको निधनपछि कार्डिनल केभिन फारेल भ्याटिकन सिटीका कार्यवाहक प्रमुख

पोप फ्रान्सिसको निधनपछि कार्डिनल केभिन फारेल भ्याटिकन सिटीका कार्यवाहक प्रमुख

जनकपुरमा इस्लामिक आतंकवादको विरुद्ध प्रदर्शन : बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला जलाउँदै हिन्दु नेता रायको हत्या विरुद्ध आक्रोश

जनकपुरमा इस्लामिक आतंकवादको विरुद्ध प्रदर्शन : बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला जलाउँदै हिन्दु नेता रायको हत्या विरुद्ध आक्रोश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .