No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पार्टीभित्र आन्तरिक गुटबन्दी राेक्ने प्रतिबद्धता (दस्तावेजसहित)

पार्टीभित्र आन्तरिक गुटबन्दी राेक्ने प्रतिबद्धता (दस्तावेजसहित)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको कामलाई मिलेर अगाडि बढाउँदै सरकारको काम प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । गत शुक्रबार स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्षद्वयको प्रस्तावलाई अन्तरपार्टी निर्देशन गर्दै उहाँहरुले सो प्रतिबद्धता जनाउनुभएको हो ।

भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा सरकार आफैले थालेका छानवीन प्रक्रियालाई यथाशक्य चाँडो निष्कर्षमा पु¥याउने प्रतिवद्धता अध्यक्षद्वयले गर्नुभएको छ । सार्वजनिक रूपमा उठेका जनसरोकारका विषयमा सत्यतथ्य सार्वजनिक गर्दै भ्रष्टाचार र अनियमित कार्यप्रति शून्य सहनशीलताको मान्यताअनुरूप दोषिमाथि कडा कानूनी कारवाही गर्ने प्रतिबद्धता उहाँहरुको छ ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गरी अनुपयुक्त प्रशासनिक खर्च कटौती गर्ने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । “मितव्ययीताको नीति अवलम्बन गर्दै विकास बजेटको विनियोजन र कार्यान्वयन प्रक्रियालाई भौगोलिक क्षेत्र तथा समुदायका दृष्टिले सन्तुलित बनाउने छौं” निर्देशनमा भनिएको छ, “सन्तुलित राष्ट्रिय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौं ।”

सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्री परिषद पुनर्गठन, राजनीतिक नियुक्तिका लागि योग्यता क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने सहमति दुई अध्यक्षबीच भएको छ ।

“जनता र राष्ट्रको पक्षमा सरकारले गरेका उपलब्धिपूर्ण कामलाई समस्त पार्टीपङ्क्तिको प्रभावकारी परिचालनद्वारा आम जनताको माझमा लैजाने र स्थापित गर्नेछौं अन्तरपार्टी निर्देशनमा भनिएको छ, “सरकारको कामको आवधिक समीक्षा गर्दै एकता महाधिवेशनपूर्व तथ्यपरक किसिमले सरकारको कामको समीक्षा गरिनेछ ।”

गुटबन्दी नगर्ने दुई अध्यक्षले तयार गर्नुभएको प्रस्तावमा अब पार्टीभित्र आन्तरिक गुटबन्दी नगर्ने प्रतिबद्धता गरिएको छ । अन्तरपार्टी निर्देशनमा भनिएको छ, “आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रूतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिनेजस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।” समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने संकल्प दुई अध्यक्षको छ । उहाँहरुले गरेको संकल्पमा भनिएको छ, “सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्नेछौं ।”

पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हीतविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइकासाथ रोक्ने अध्यक्षद्वयको प्रतिवद्धता छ । अन्तरपार्टी संघर्षको कठीन र जटिल मोडबाट गुज्रिएको पार्टीलाई सम्हाल्ने र सुरक्षित तबरले अघि बढाउने प्रतिबद्धता दुवै अध्यक्षले गर्नुभएको छ ।

पार्टी एकताका बाँकी काम गर्ने दुई अध्यक्षले पार्टी एकताका बाँकी काम असोज मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार केन्दीय सदस्यहरुलाई अन्तरपार्टी निर्देशन प्रेषित गर्नुहुँदै भनिएको छ, “केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता– एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गरिने छ ।”

त्यसैगरी केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने प्रतिबद्धता दुवै अध्यक्षको छ ।

आन्तरिक विवादले अवरुद्ध भएका एकीकरण प्रक्रियालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय लिने दुवै अध्यक्ष तयार हुनुभएको छ । पार्टी एकीकरणलाई सहज बनाउन केन्द्रीय तहबाट गर्नैपर्ने काम केन्द्रीय सचिवालयले गर्ने र अन्य कामका लागि सम्बद्ध निकाय वा मातहत कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
भारत सरकारले नेपाल सरकारलाई ‘रेमेडिसिभर’ प्रदान गरेको छ ।

भारत सरकारले नेपाल सरकारलाई ‘रेमेडिसिभर’ प्रदान गरेको छ ।

कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेश

कानून, त्याय तथा संसदीय मामिला मन्त्रालयले एसिडजन्य जघन्य अपराध विरुद्धको अध्यादेश

एयरपोर्ट भन्सार

एयरपोर्ट भन्सार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .