No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिकित्सकको सुझाव : कान पाक्ने समस्या जटिल बन्न सक्छ, हेलचेक्र्याइँ नगरौं


चिकित्सकको सुझाव : कान पाक्ने समस्या जटिल बन्न सक्छ, हेलचेक्र्याइँ नगरौं

काठमाडौं । जाडोयाममा स्वास्थ्यमा आउने विभिन्न समस्यासँगै नाक, कान र घाँटीमा पनि धेरै समस्या आउने गर्दछ । चिसोका कारण घाँटीमा एलर्जी हुने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, नाक बन्द हुने र कान पाक्नेजस्ता समस्याहरु धेरै आउने चिकित्सकहरु बताउँछन् ।

नाक, कान र घाँटीको रोग एकअर्कासँग अन्तरसम्बन्धित हुने भएकाले जाडोयाममा चिसोबाट जोगिन एकदमै आवश्यक हुन्छ । नाक, कान र घाँटीमा आउने समस्या, सावधानी र उपचार पद्धतिका विषयमा वीर अस्पतालमा कार्यरत नाक-कान-घाँटीका रेजिडेन्ट डाक्टर आशिष गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश :

नाक, कान र घाँटीमा समग्रमा कस्ता समस्या देखिन्छन् ?

नेपालमा नाक, कान र घाँटी रोगको उपचारको बारेमा आम मानिसलाई थोरै मात्र जानकारी छ । एलर्जीको समस्या धेरै मानिसमा देखिन्छ । आपतकालीन अवस्थालाई हेर्ने हो भने नाकबाट रगत बग्ने, कानको भित्री भागको सङ्क्रमणका कारण हुने जटिलता, मुख र थाइराइड ग्रन्थीको क्यान्सर जस्ता समस्या धेरै देखिन्छ ।

चिसो मौसम र पानी परेको समयमा कानमा धेरै समस्या देखिन्छ, यसको कारण के होला ?

कानको जालीभित्र रहेको भागमा भेन्टिलेसन पुर्‍याउने एउटा ट्युब हुन्छ जसलाई युस्ट्याचेन ट्युब भनिन्छ । यो ट्युब घाँटीपट्टि खुलेको हुन्छ । घाँटीको इन्फेक्सन भयो भने त्यो ट्युब हुँदै सङ्क्रमण माथि उक्लिएर कानसम्म पुग्न सक्छ । धेरैमा हुने कान पाक्ने रोगको कारण त्यो पनि हो ।

कानमा देखिने प्रायः समस्या भनेको कान पाक्ने रोग हो । कान पाक्ने रोग दुईखाले हुन्छ गर्छ, एउटा हड्डी खाने किसिमको र अर्कोमा कानको जाली फुटेर पिप बग्ने। कानको मध्य भागमा समस्या भयो भने त्यसले जालीसम्म असर गर्छ । एन्टिबायोटिक औषधिले ठीक नभएमा र हड्डी खिइने रोगको दीर्घकालीन समाधान भनेको अप्रेसन नै हो। कानको जालीको प्वाल टाल्ने अप्रेसन वा कानको पछाडिको हड्डी खुर्केर रोगलाई फाल्ने कस्तो खाले अप्रेसन गर्ने भन्ने कुरा रोगको प्रकृतिमा भर पर्छ। कहिलेकाहीं कानको पछाडिपट्टि रहेको हड्डीमा कीटाणु जम्मा भएर बस्दा बारम्बार इन्फेक्सन दोहोरिरहने हुन सक्छ ।

हड्डी खिइने खाले कानको रोगका छुट्टै लक्षण र असरहरु छन् । यो अलि बढी जटिल हुन्छ । तर हड्डी खिइने प्रकारको समस्या भयो भन्दैमा त्यसलाई त्यति सहजै लिन पनि मिल्दैन । लामो समयपछि यसमा पनि धेरै जटिलता उत्पन्न हुने सम्भावना हुन्छ।

डा. आशिष गौतम, रेजिडेन्ट चिकित्सक ईएनटी, वीर अस्पताल

कान कोट्याइरहने बानी कत्तिको ठीक हो ?

कानमा तेल हाल्ने वा अन्य वस्तु हाल्नु हुँदैन । त्यसले पनि नयाँ इन्फेक्सन हुन सक्छ । कान आफैंले सफा गर्न लाग्दा कानको जाली नै फाट्ने समस्या हुन्छ । त्यसैले कान कोट्याउने जस्तो काम गर्नु भएन ।

कान पाकिरहने समस्याको निदान कसरी गर्न सकिन्छ ?

कतिपयमा बच्चैदेखि कान पाकिरहने समस्या देखिन्छ । बच्चालाई आमाले सुताएर दूध खुवाउँदा पनि कान पाक्ने समस्या देखिन्छ । घाँटीको टन्सिल र एडिनोइडमा इन्फेक्सन भयो भने त्यसले पनि बच्चालाई समस्या हुन्छ । कुनै कडा कीटाणुको इन्फेक्सन छ भने यसमा अरु बढी समस्या हुन सक्छ । यस्तो अवस्थामा सामान्य एन्टिबायोटिकले काम नगर्ने हुन सक्छ ।

कान पाकिरहने समस्या भएकाहरुले कानमा पानी पस्न दिनुभएन । नुहाउँदा र स्विमिङ गर्दा ध्यान पुर्‍याउनुपर्छ । कानलाई सुख्खा राख्नुपर्छ । उपचार गर्दा शुरुमा त कानमा थोपा हाल्ने वा एन्टिाबायोटिक दिने नै हो । त्यति गर्दा पनि कानको फाटेको जाली टालिएन भने अप्रेसन नै गर्नुपर्ने हुन्छ । अनि बच्चाहरुमा बहिरोपनको परीक्षण गर्नुपर्छ । यसलाई स्क्रिनिङ गर्ने भनेर भनिन्छ । यसले बच्चाहरुको सुन्ने क्षमता कस्तो छ भन्ने पत्ता लगाउन सकिन्छ ।

यदि बच्चाले स्पष्टसँग सुन्न सकेन भने त्यसको बेलैमा उपचार गराउन सकिन्छ । त्यसो गर्न ढिला गरिए उनीहरुको पढाइ, बोलाइ लगायतका कुरामा पनि समस्या देखिन्छ ।

अप्रेसनपछि पूरै निको हुन्छ कि फेरि समस्या दोहोरिने सम्भावना पनि हुन्छ ?

अपरेसन सामान्यता दुई किसिमको हुन्छ। जाली मात्र फेर्ने वा हड्डी खुर्केर गर्ने खाले अलि जटिल किसिमको जुन प्राय: पूरै बेहोस बनाएर गरिन्छ। यसका अतिरिक्त कानको सुन्ने क्षमता सुधार गर्ने विधि पनि सँगै गर्न सकिन्छ।

टाउको र कान नजिक हुने भएकाले कानको इन्फेक्सन टाउकोसम्म फैलियो भने त्यो अलि बढी जोखिमपूर्ण हुन्छ । ‘मेनिन्जाइटिस’ हुन सक्ने, सुन्ने क्षमतामा स्थायी रुपमै कम हुन सक्ने जस्ता जोखिम पनि हुन्छन् ।

अप्रेसन बाहेकको कुनै विकल्प छ कि छैन ?

हड्डी नखाने इन्फेक्सन पनि बारम्बार भयो भने यो हड्डी खाने रोगमा परिणत हुन सक्छ । अर्काे कुरा भनेको बारम्बार इन्फेक्सन भएपछि त्यसले बारम्बार एन्टीबायोटिक खानुपर्छ, जसले अरु दीर्घकालीन समस्या पनि निम्त्याउन सक्छ । कानको नसामा समस्या हुन सक्छ । कतिपय अवस्थामा यसले ज्यानै जाने जोखिम पनि बढी हुन सक्छ ।

कानको इन्फेक्सन बारम्बार हुन्छ भने नाक–कान–घाँटी सम्बन्धी चिकित्सकहरुलाई देखाएर समयमा नै उपचार गराउनुपर्छ । आर्थिक रुपमा उपचार गराउन नसकिरहेको अवस्था छ भने विभिन्न हेल्थ क्याम्पमा निःशुल्क उपचार भइरहेको हुन्छ, त्यता पनि जोड दिँदा राम्रो हुन्छ । त्यस्ता बिरामीहरुलाई सरकारले पनि सहयोग गर्नुपर्छ ।

कानको अपरेसन कति महँगो हुन्छ ?

कानको जाली मात्रै परिवर्तन गर्ने अप्रेसन सरकारी अस्पतालहरुमा ३ हजार रुपैयाँमा हुन्छ । पूरै हड्डी खुर्किएर गर्ने अप्रेसन पनि ५ हजार रुपैयाँमा हुन्छ । कसैलाई त्यही पनि ठूलो हुन्छ । त्यस्तोलाई निःशुल्क पनि गराउन सकिन्छ । अहिले सामाजिक सुरक्षा बिमाको जुन कन्सेप्ट छ, त्यसमा पनि निःशुल्क हुन सक्छ ।

कानको समस्यालाई धेरैले गम्भीरतापूर्वक नलिने गरेको पनि पाइन्छ । यसमा चाहिं जनचेतना फैलाउन जरुरी देखिएको छ । बिरामीहरु लामो समयको इतिहास बोकेर आउनुहुन्छ । उहाँहरु यसमा धेरै सिरियस नभएको हो कि भन्ने लाग्छ ।

नाकमा चाहिं विशेषगरी कस्ता कस्ता समस्याहरु देखिन्छन् ?

धेरैजसो एलर्जीकै कारण हुने समस्या हुन्छन् । धेरै हाछ्युँ आउने, नाकबाट पानी बग्ने जस्ता समस्या कमन हुन् । नाकमा हड्डी बाङ्गो हुँदा पनि यस्ता किसिमका समस्याहरु आउँछन् । नाकमा दुई किसिमको हड्डी हुन्छ, नाकको बीचमा त्यो दुईवटाको पार्टेसन हुन्छ । त्यो पार्टेसन बाङ्गो भएर नाक बन्द हुने समस्या एकथरीको हुन्छ ।

सामान्यतया अधिकांश व्यक्तिको नाकको हड्डी अलिअलि त बाङ्गो नै हुने भएकाले सबैमा एलर्जीको समस्या त आउँदैन ।

तर बढी नै हड्डी बाङ्गो छ भने चाहिं अपरेसन नै गर्नुपर्ने हुन्छ । अपरेसनपछि नाकमा पिनास भएर मासु पलाउने जस्ता समस्या पनि कम भएर जान्छ । अर्को भनेको नाकबाट रगत बग्ने हो । यो पनि कमन समस्या हो, यो पनि एलर्जीकै कारण हुने गर्छ । चिसोबाट बच्ने र धेरै चिसो खानेकुरा नखाँदा यसबाट बच्न सकिन्छ ।

घाँटीमा हुने समस्या चाहिं के के हुन्छन् ?

एलर्जीको समस्या, बारम्बार खोकी लाग्ने समस्या, ग्यास्ट्राइटिसका कारण मुखमा अमिलो पानी आइराख्ने जस्ता समस्या घाँटीमा धेरै जनामा देखिने गर्दछ। यस्तै सुख्खा खोकी लाग्ने जस्ता समस्या जाडोयाममा बढी देखिन्छ । यसबाट बच्न तातोपानी खाने, मास्कको प्रयोग गर्ने र धुलोबाट बच्नुपर्छ ।

चर्काे स्वरमा र लामो समयसम्म बोल्ने, भ्वाइसको मिसयुज गर्नेहरुलाई पनि स्वरयन्त्रमा समस्या आउने सम्भावना हुन्छ । यस्तै मासु पलाउने, पानीको फोका बस्ने, थाइराइडको क्यान्सर पनि धेरै देखिएको छ । घाँटीमा गाँठागुँठीहरु देखियो भने तुरुन्तै अस्पताल आएर परीक्षण गराउनुपर्छ ।

नाक, कान र घाँटीमा आउने समस्याबाट बच्न के सुझाव दिनुहुन्छ ?

सबैभन्दा पहिले त अहिले जाडोको समय भएकाले चिसोबाट बच्ने, फ्लु छिटो सर्ने भएका एकअर्कासँग भेट्दा मास्कको प्रयोग गर्ने जस्ता उपाय अपनाउनुपर्छ ।

यस्तै कानमा तेल नहाल्ने, नकोट्याउने र केही भयो भने तुरुन्त अस्पताल जानुपर्छ । घाँटीमा पनि केही समस्या आयो भने पनि तुरुन्त अस्पताल गएर डाक्टरको सल्लाह लिनुपर्छ । अमिलो, पिरो, चिल्लो र तारेको खानेकुराहरु सकेसम्म कम खानु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post
माओवादी नेताहरुले भ्रष्टाचार, कमिसन, घूसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप

माओवादी नेताहरुले भ्रष्टाचार, कमिसन, घूसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप

बिआरआइको नाममा चिनले यसरि लिदैछ फाइदा, रहस्य खुल्दा सबै चकित !

बिआरआइको नाममा चिनले यसरि लिदैछ फाइदा, रहस्य खुल्दा सबै चकित !

नयाँ कानुनको नाममा मिडियाको मुख बन्द गराउदै चिन, हङकङमा ‘स्ट्यान्ड न्युज’ का सम्पादकसहित सात जना पक्राउ

नयाँ कानुनको नाममा मिडियाको मुख बन्द गराउदै चिन, हङकङमा 'स्ट्यान्ड न्युज' का सम्पादकसहित सात जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...