No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

चौतारा : सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ३३ वस्तीका नागरिकहरु सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका–५ जम्बुलगायत पुरै वडा जोखिम भयो । बाह्रबिसे–५ जम्बुको पहिरोमा दुई जनाको मृत्यु भयो, १७ जना बेपत्ता भएभने सोही वडामा एक हजार ५० घर जोखिम अवस्थामा छन् । जम्बु, कसेरी, बुकाम, खागदललगायतका पुरै वस्तीमा क्षति पुगेको छ । मान्द्रा, गाती, सोताङ, हुन्दुङ, अरुचेलगायत दर्जन वस्ती जोखिममा रहेको नगरपालिकाले जनाएको छ । बाढी र पहिरोले नगरभित्रका पाँच हजार पाँच सय सय वढी परिवार जोखिमयुक्त वस्तीमा रहेका छन् ।
जुगल गाउँपालिकाले पनि यो वर्ष बाढी पहिरोबाट ठूलो क्षति ब्यहो¥यो । जुगल गाउँपालिका–२ लिदी पहिरोमा ३७ घर पुरिए भने ३३ को मृत्यु भयो र छ जना वेपत्ता छन् । पहिरो गएकै स्थानमा एक सय ७२ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो । लिदी सँगै नाम्फामा एक सय ६०, सञ्चगाउँमा एक सय सात, नेम्लुङलगायत २९ वस्तीका आठ सय ५३ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो ।
सुरक्षित स्थान नै नभएको भनिएको भोटेकोशी गाउँपालिकाको दर्जनौ जोखिमयुक्त वस्तीमा सात सय परिवार छन् । तातोपानी भन्सारको सुख्खा बन्दरगाह र आफन्तको शरणमा दैनिकी बिताईरहेका भोटेकोशीका नागरिकहरुलाई एकीकृत र सुरक्षित जग्गाको खोजी भैरहेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेल बताउनुहुन्छ ।
भोटेकोशी र ब्रम्हायणी नदीले तटीय क्षेत्रमा निरन्तरको कटान भोगिरहेको वलेफी गाउँपालिकामा एक हजार २२ घर जोखिममा रहेको गाउँपालिकाको तथ्याङ्क छ । वलेफीको ५५ वस्ती बाढी र पहिरोको जोखिममा छन् । सिमासिङमा एक सय, चिलाउनेमा एक सय २५ सहित ०७१ म जुरे पहिरोले क्षति गरेको ड्यामसाईड र नदी किनारका वस्तीहरु निकै जोखिममा रहेका छन् ।
पहिरोको उच्च जोखिममा रहेको पााचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवा सहित सात वस्तीका एक सय ४४ घर जोखिमको लिस्टमा छन् । हेलम्वु गाउापालिकामा २० वस्तीका तीन सय ९३, ईन्द्रावती गाउँपालिकामा दश वस्तीका ६६, सुनकोशी गाउँपालिकाको सात वस्तीका तीन सय छ, लिसङ्खुपाखर गाउँपालिकाको १७ वस्तीका आठ सय ४३ र त्रिपुरा सुन्दरी गाउापालिकाको १८ वस्तीका ९६ घर बाढी र पहिरोको जोखिममा रहेको स्थानिय तहले जनाएका छन् । त्यस्तै मेलम्ची नगरपालिकाले नगरभित्र १७ वस्तीका दुई सय ९४ घर परिवार जोखिममा रहेको जनाएको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाले ४६ वस्तीका छ सय ७० घर जोखिममा परेको जनाएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण भौगर्विक अध्ययन तथा जग्गा ब्यवस्थापन शाखाले भूकम्प पछिको पुननिर्माणको बेला जिल्लाभर दुई सय ४२ वस्ती जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमध्ये ७१ वस्ती जुनकुनै हिसावले असुरक्षित रहेको औंल्याएको थियो । प्राधिकरणले जोखिमयुक्त भनेको दुई सय ४२ मध्ये दुई सय ३३ वस्ती बाढी र पहिरोको कारण बस्न अयोग्य भएको तथ्याङ्क स्थानीय तहहरुले उपलब्ध गराएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घर परिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ । बलेफी गाउँपालिका १ स्थित खमारेका २५ घर परिवार पहिरोको जोखिममा परेपछि गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो ।
गाउँपालिकाले जग्गा भाडामा लिएर पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । गाउँपालिकाका तर्फबाट प्रति परिवार ३ बण्डल जस्तापाता, ग्याँससहितको सिलिण्डर, अस्थायी शौचालय, खानेपानीलगायतको प्रबन्ध मिलाइएको छ ।
बाह्रबिसे नगरपालिकाले नगरभित्रका ६५ घर अस्थाई रुपमा स्थानान्तरण गरेको जनाएको छ । ‘सुरक्षित ठाँउ छैन, वस्ती सार्ने ठाउँ नै छ्रैन’, नगरपालिकाको उपप्रमुख सुशिला पाख्रिनले भन्नुभयो, ‘जोखिमका सवै नागरिकहरुलाई त्रिपाल, खाद्यान्नलगायतका राहत पु¥याएका छांै, सुरक्षित ठाउँमा वस्न आग्रह गरेका छौं ।’
हेलम्वु गाउँपालिकाले एकै वस्तीका ५० सहित ६० घर सुरक्षित स्थानमा सारेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
घर पहिरोको जोखिममा परेका परिवारलाई अस्थाई आवास र खाद्यान्न सहितको राहत प्रदान गरी सुरक्षित ठाउँमा बसाइएको लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो । जुगल गाउँपालिकाले लिदीका एक सय ५४ घर सेलाङको बाँसखर्कमा स्थानान्तरण गरेको जनाएको छ । गाउँपालिकाले एक हजार घर परिवारलाई सुरक्षित स्थानमा वसोवास गर्न आवश्यक राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
‘लिदीबाट बाँसखर्कमा अस्थायी स्थानान्तरण गरिएका सबै घरधुरीका लागि खाना पकाउने ग्याँस सिलिण्डर, चुल्हो सहितको सेट पुगेको छ । स्वास्थ्य सहायता कक्ष संचालनका लागि टेन्ट फर्निचरलगायतका आवश्यक सामाग्री पनि पुगेको छ ।’ श्रेष्ठले बताउनुभयो । वस्ती स्थानान्तरण प्रक्रियाका लागि आवश्यक पर्दा ऐन नियम कानुनहरुमा समेत संशोधन गर्नुपर्ने भएकाले संघ तथा प्रदेश सरकारको समेत प्रतिवद्धता प्राप्त भइसकेकाले वस्ती स्थानान्तरण तत्काल सुरु हुने उहाँको भनाइ छ ।

तत्कालको लागि ‘इमर्जेन्सी सेल्टर’ निर्माण गर्ने र पुनः भौगोलिक अध्ययन गर्ने काम सुरु भएको राष्ट्रिय विपद् न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल बताउनुहुन्छ । ‘स्थानीय सरकारले सुरक्षित स्थान पहिचान गर्नेछ । एकै स्थानीय तहमा नभए जिल्ला भित्रका अर्को स्थानीय तहमा समेत स्थानान्तरण गर्न सकिनेछ ।’ पोखरेलले भन्नुभयो । अर्को वर्षात् भन्दा अघि जोखिममा रहेका परिवारलाई सुरक्षित छानोमा राख्ने गरी काम सुरु भएको पोखरेलको भनाइ छ । जग्गा प्राप्तिको लागि ऐन नै सुधार गरिनु पर्ने भए पनि फाष्ट ट्रयाकबाट गरिने छलफल भैसकेको उहँले जानकारी दिनुभयो । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
क्वारेन्टाइन बनाइएका होटल रित्तै

क्वारेन्टाइन बनाइएका होटल रित्तै

झुण्डिएर एक महिलाद्वारा आत्महत्या

झुण्डिएर एक महिलाद्वारा आत्महत्या

पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .