No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अभियान्ताहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन (भडियो सहित)


अभियान्ताहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन (भडियो सहित)

काठमाडौं । २६/११ मुम्बई आतंकी हमलालाई स्मरण गर्दै राष्ट्रिय एकता अभियानले देशैभर विभिन्न कार्यक्रम गरेको छ। अभियान शुक्रवार काठमाडौस्तिथ पाकिस्तानी दुतावासअगाडि मैनवती जुलुस निकालेको छ भने राजबिराजमा आतंकवादविरुद्ध छलफल आयोजना गरेको छ। त्यस्तै, अभियान बिहिवार जनकपुरमा मोटरसाइकल रैली तथा बुधबार बिरगंजमा आंतकवादविरुद्ध छलफल आयोजना गरेको थियो।

जुलुस गर्ने क्रममा अभियान्ताहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।
‘विश्वशान्तिको दुश्मन–पाकिस्तान, आतंकवादको पहिचान–पाकिस्तान, लादेन कहाँ भेटिए–पाकिस्तानमा, आतंकवादलाई प्रश्रय दिने मुलुक अपराधी हो, आतंकी अखडाहरू नष्ट गर पाकिस्तान, आतंकी परिचालन बन्द गर, मानवअधिकारको उल्लंधन बन्द गर,  धार्मिक अतिवादको अन्त्य गर, कट्टरपन्थी मुर्दावाद, विश्व शान्ति कायम गर, संघीय हिन्दु गणतन्त्र नेपाल–जिन्दावादसहितका नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेको थिए ।

https://nepalaction.com/wp-content/uploads/2021/11/२६११-मुम्बई-आतंकी-हमलालाई-स्मरण-गर्दै-अभियान.mp4

राजविराजमा आयोजित नेपाल राष्ट्रिय सुरक्षा र मुम्बई हमला विषयक परिचर्चा कार्यक्रममा सहभागी वक्ताहरुले अहिले मुलुकमा अतिवाद बढ्न दिनु नहुन सरोकारवालाले आग्रह गरेका छन् । धार्मिक अतिवाद र आतंकवाद एकअर्का सँग जोडिएको  विषय हुनाले यस्ता क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थप्ने उनीहरुको भनाइ थियो ।
सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आयोजिते ‘नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमला’ विषयक परिचर्चा कार्याक्रममा सहभागी वक्ताहरुले त्यस्तो बताएका हुन् ।
राष्ट्रिय एकता अभियानले राजविराजमा आयोजना गरेको परिचर्चा कार्यक्रममा आतंकवादी संगठनहरुबाट छिमेकी भारतमा विभिन्न आपराधिक घटना भएको जिकिर गर्दै उनीहरुले त्यसतर्फ राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।
सन २००८ को नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला भएको थियो । जसमा एक सय ७४ जना व्यक्तिहरु मारिएका थिए र तीनसय बढी जना घाइते भएका थिए । पाकिस्तानबाट जलमार्गबाट डुंगामा आएका १० जना लस्कर ए तोइबा समूहका आतंकवादीले होटल, रेलवे स्टेशन, सिनेमा हल, अस्पताल, रेस्टुरेन्ट र कलेजमा हमला गरेका थिए । घट्नामा सामेल ९ जना आतंकवादी मारिएका थिए । र, समातिएका एक जनालाई फाँसी दिइएको थियो ।
कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रि उपाध्यक्ष सुनिता सहाले कार्यपत्र प्रस्तुत गर्दै नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमलाको विषयमा प्रकाश पारेका थिए । नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, भारतसँगको खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेलाबेलामा हुने अबैध घुसपैठ जस्ता विषयलाई चुनौतिको रुपमा रहको उनले बताईन् ।
आतंकवाद अन्तर्राष्ट्रिय संजालमा सहयोग पुर्याउने हवाला कारोबार, हतियार ओसारपसार, जालीनोटको कारोबार, सुन तस्करी, लागूपर्दाथ ओसारपसार र मानव तस्करी लगायतको अवैध कारोबार बढदै गइरहेको कार्यपत्रमा भनिएको थियो ।


कार्यक्रमा रोडक्र शाखा सप्तरीका अध्यक्ष जोगेन्द्र भगतको प्रमुख आतिथयमा आयोजि कार्यक्रको अध्यक्षता रामकुमार शास्त्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख सन्तोष साह, समाजसेवी राजकुमार  गुप्ता, कामेश्वर साह, गजेन्द्र प्रसाद यादव, योगान्द साह, नवल किशोर साह, करुण झा नेपाल पत्रकार मंहा संग सप्तरी शाखाका महिला उपाध्यक्ष अम्बिका दाहाल पत्रकार हेकशंक सिंह लगायता वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जमा आयोजना गरेको नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमला विषयक परिचर्चामा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् ।

धार्मिक अतिवादी संगठन र वाह्य आतंकवादी संगठनहरुबाट भारतमा विभिन्न आपराधिक घटना भएको उदाहरण बताउँदै ती वक्ताहरुले त्यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार अनिल तिवारीले नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेला बेलामा देखिएको घुसपैठ हुने गरेको, पाकिस्तानले नेपाली भूमि, नाका मार्फत भारत विरोधी कार्य गर्न नेपालका विभिन्न धार्मिक तथा आपराधिक संगठन प्रयोग गरिरहेको, आतंकवादलाई अन्तराष्ट्रिय सञ्जालमा मलजल पुर्याउने हुण्डी कारोबार, हतियार ओसार पसार, भारतीय जालीनोटको कारोबार, सुन तस्करी, लागुपर्दाथ जस्तै अफिम, चरेश, स्मैकको ओसार पसार एवं मानव तस्करी लगायतको अवैध कारोबार बढेको, म्यानमारको रोहिंग्या, बङ्गलादेश, अफगानिस्तान, लगायतका आतंकवाद प्रभावित मुलुकबाट अनाधिकृत रूपमा शरणार्थी वा अन्य आवरणमा नेपालमा प्रवेश गरेको उल्लेख छ ।

त्यस्तै धार्मिक अतिवाद वढावाका लागि अप्रत्यासित रुपमा बढिरहेका वैदेशिक लगानीमा सञ्चालित सामाजिक संस्थाहरु बढेको, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट नेपाली युवालाई दिग्भ्रमित गर्ने काम योजनागत रुपमा सञ्चालन भइरहेको, लभ जेहाद र नवीनतम प्रविधि, साइबर अपराध, विश्वव्यापीकरण आदि विषयहरू समेत आउँदो दशकमा नेपालका लागि प्रमुख सुरक्षा चुनौती बनेको कार्यपत्रमा उल्लेख छ ।

सबैभन्दा ठूलो चुनौती हिन्दु युवाहरुलाई धर्म परिवर्तन गराएर धार्मिक अतिवादमा लगाउनु रहेको समेत उक्त कार्यपत्रमा दावी गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले समाजमा आएर सेल्टर लिएर आतंकवादी गतिविधि सञ्चालन भइरहेकोमा सम्बन्धित निकायलाई सचेत हुन आग्रह गरे ।

नेपाल ब्राह्मण समाजका अध्यक्ष हरि नारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताए । गाँजालाई मान्यता दिँदा आतंकवादलाई प्रसय मिल्ने दावी उनको छ ।

त्यसैगरी संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवले आवाज जावत सहज भएकोले जुनसुकै समयमा अप्रत्यासित घटना हुन सक्ने बताए । कुनै वर्ग समुदायलाई दोष दिनुको साटो भाइचारा, धार्मिक सहिष्णुता किन खलबल आइरहेको छ अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतंकवादीको कुनै जाति, धर्म र राष्ट्र नहुने बताए । उनले आतंकवादले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले पनि त्यसलाई प्रसय दिन नहुनेमा जोड दिए ।

‘हामी त्यसमा संलग्न हुँदैनौं, तर हामीलाई मुछेर दोष दिने गरिन्छ । पाकिस्तानी आतंकवादी, हुण्डी, जाली नोटको कारोबारीलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ’, उनले भने, ‘हामी त्यसमा संलग्न छैनौं, कोहि संलग्न छन भने उनीहरुलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले एक अर्कालाई सम्मानजनक हिसाबले व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले शंकास्पद गतिविधि भईरहेको जानकारी प्रहरी प्रशासनलाई गराउन आग्रह गरे ।

नोभेम्बर २६, २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो । पाकिस्तानबाट डुंगामा आएका १० जना लस्कर ए तइबा समूहसँग आबद्ध आतंकवादीले रेलवे स्टेशन, होटल, सामाजिक संस्था, सिनेमा हल, अस्पताल र रेस्टुरेन्टमा हमला गरेका थिए । जसमा १ सय ६४ जनाको मृत्यु भएको थियो । ९ जना आतंकवादी मारिएका थिए भने अजमल कसाब समातिएका थिए । पछि उनलाई फाँसी दिइएको थियो ।

भारतमा जाली नोट पक्राउ पर्दा नेपालमा बनाएको कुरा आउनु, नेपालबाट भटकल र टुन्डा जस्ता आतंकवादी पक्राउ पर्नु र पाकिस्तानबाट नियोजित आदापुर—छौडादानोमा रेल उडाउने जस्ता आतंकवादी योजना बारा जिल्लाकै भूमिबाट समसुलको समुहले लागु गर्न खोज्नु सुरक्षाको लागि ठूलो चुनौतीको रुपमा हेर्नुपर्ने चर्चा उक्त कार्यक्रममा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
दमक क्लिन पार्कको नाममा राज गर्ने चिनको यस्तो छ योजना,पार्क बनेपछि नेपाललाई घाटा कि फाईदा ?

दमक क्लिन पार्कको नाममा राज गर्ने चिनको यस्तो छ योजना,पार्क बनेपछि नेपाललाई घाटा कि फाईदा ?

चिनियाँ नाकाबाट आयात फेरि घट्याे

चिनियाँ नाकाबाट आयात फेरि घट्याे

नेपाल-चीन सम्बन्ध: निश्कृयता र अघोषित नाकाबन्दी

नेपाल-चीन सम्बन्ध: निश्कृयता र अघोषित नाकाबन्दी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...