No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

लहान । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् ।

बिहिवार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रुपमा विकृत रहेको र असफल भई देशमा अस्थिरता निम्त्याएको बताए ।

उनले संविधान निर्माण जस्तो कार्य पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधानहरु संबिधानमा राख़ेर देशलाई बन्धक बनाएको बताए ।असफल व्यवस्थाकै नतीजा स्वरुप आज देशमा विद्यमान राजनीतिक किचलो झनै बढ़ेको उनको तर्क छ ।

नेपालको सन्दर्भमा कुनै पनि हिसाबले उपयुक्त हुन नसक्ने व्यवस्थाहरु संविधानमा समेटेर दलहरुले आफ्नो निहित स्वार्थ पुरा मात्र गरेको तर देशलाई भने ठूलो क्षति व्योहोर्नुपरिरहेको उनको भनाई छ । ठुलठुला देशहरुमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत नियतले सयौं सरकार जन्माइएको टिप्पणी गरे ।

उनले संसारमा कही पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिनेजस्ता व्यवस्थाहरु नेपालमा मात्र रहेकोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

“संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा छ । संघीयताको मजाक बनाउने ७६१ वटा सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काही नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । नाङ्गै रुपमा पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिने व्यवस्था नेपालमा मात्र छ । संसारका सबै व्यवस्थाहरुको संयोजन गरेर पूर्णत अवैज्ञानिक तवर लादिएको व्यवस्था असफल भईसकेको छ ।” पूर्वमन्त्री साहले भने, “समग्रमा वर्तमान खिचडी संविधानमा लादिएका यस्ता कयौं व्यवस्थाका कारण आज देशमा राजनीतिक नाटक मञ्चन हुँदैछन् । र यो व्यवस्थाको असफलता देशमा विद्यमान किचलोले पुष्टि गर्दछ । त्यसैले, देशलाई समृद्ध र स्थिर बनाउने हो भने वर्तमान व्यवस्थाको विकल्प खोज्नैपर्छ ।”

पूर्वमन्त्री प्रभु साहले संविधानसभाबाट संविधान जारी गर्ने बखत नै यो संविधानले देशको भलाई गर्न सक्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्षमा गएका थिए । त्यति बेला देखि नै उनले वर्तमान व्यवस्था र खिचडी संविधानको विकल्प खोज्ने जनतालाई आह्वान गर्दै आएका छन् ।

भेलाबाट दिपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको सिरहा जिल्ला कमिटी गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी

सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी

आज देशभर  विश्वकर्मा पूजा मनाइँदै

आज देशभर विश्वकर्मा पूजा मनाइँदै

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतलाई पटनाबाट पक्राउ गर्न सफल प्रहरी नेपाल ल्याउन असफल

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतलाई पटनाबाट पक्राउ गर्न सफल प्रहरी नेपाल ल्याउन असफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .