No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतलाई पटनाबाट पक्राउ गर्न सफल प्रहरी नेपाल ल्याउन असफल

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतलाई पटनाबाट पक्राउ गर्न सफल प्रहरी नेपाल ल्याउन असफल

वीरगञ्ज । नेपाल प्रहरीको टोली जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतलाई भारतको पटना पुगेर पक्राउ गर्न सफल भए पनि स्वदेश ल्याउन भने असफल भएको छ। नेपाल प्रहरी, प्रदेश २ कार्यालयबाट खटिएको टोलीले पाँच महिनाअघि पटना पुगेर गोइतलाई पक्राउ गरेको थियो।

तर उनलाई नेपाल ल्याउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले आवश्यक समन्वय र सहयोग नगरिदिँदा उतै छाडेर फर्कनुपरेको स्रोतले बतायो। नेपालबाट खटिएको प्रहरी निरीक्षकको टोलीले भारतीय प्रहरीको सहयोगमा गोइतलाई उनी बसेकै ठाउँबाट पक्राउ गरेको थियो।

गोइत नेतृत्वको समूहले तराईमा लामो समयदेखि भूमिगत सशस्त्र गतिविधि गर्दै आएको छ। पछिल्लो पटक २०७७ चैतमा सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समूह) ले लिएको थियो। विस्फोटको जिम्मेवारी लिएपछि प्रहरीको निगरानीमा परेका गोइतको खोजीमा सहयोग गर्न प्रदेश २, प्रहरी कार्यालय प्रमुखले भारतीय प्रहरीको विशेष टोलीलाई आग्रह गरेका थिए। उनलाई वैशाख पहिलो साता पक्राउ गरिएको थियो
हल्ला भयो। उनलाई औपचारिक रुपमा हस्तान्तरण गर्नुपर्ने वा भारतमा अपराध गरेको ठहर गरेर थुन्नुपर्ने अवस्था सिर्जना भएपछि भारत सरकारले पठाउन चाहेन।

प्रहरी महानिरीक्षक वा उहाँको सचिवालयले समन्वय गरेको भए तुरुन्तै ल्याउन सकिन्थ्यो तर उहाँले धेरै ठाउँमा रिपोर्ट गरेपछि ल्याउन सकिएन’, पक्राउमा समन्वय गरेका एक प्रहरी अधिकारीले भने। ती अधिकारीका अनुसार निकै मेहनत गरेर गोइतलाई पक्राउ गरिए पनि प्रहरीको मूल नेतृत्वकै कारण ल्याउन नसकिएको हो।

२०७७ चैत १ मा मालपोत कार्यालय लहानमा बम विस्फोट हुँदा ८ जना घाइते भएका थिए। मालपोत कार्यालयमा विस्फोट हुनुअघि त्यसै दिन गोइत समूहका मुख्य नेता रामविलास यादवले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका थिए। उनले आत्मसमर्पण गरेको केही घण्टामै विस्फोट भएको थियो। सोही दिन साँझ गोइत समूहले विस्फोटको जिम्मेवारी लिएको थियो। तराईमा क्रियाशील सबैजसो भूमिगत समूह आत्मसमर्पण गरी शान्तिप्रक्रियामा आउँदा पनि गोइत समूहले भूमिगत सशस्त्र संघर्ष जारी राखेको छ।

‘पहिला गोइतलाई जसरी पनि पक्राउ गर्न आदेश दिइयो, पक्राउ गरेपछि नेपाल ल्याउने बेला भारतमै अवरोध भयो। प्रहरी प्रधान कार्यालयले समन्वय गरी नेपाल ल्याउन आदेश दिन्छ होला भनेको त अन्तिममा उतै छाडेर आउन आदेश भयो’, एक उच्च प्रहरी अधिकारीले भने। गोइतको खोजीमा नेपाल प्रहरीको विशेष ब्युरोसमेत लागिपरेको थियो।

प्रदेश २, प्रहरी कार्यालयले भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरेपछि नेपाल ल्याउने बेला माथिल्लो निकायले ध्यान नदिएको पक्राउ गर्न पुगेका एक प्रहरीको भनाइ छ। ‘भारतीय प्रहरीका अधिकारी गोइतलाई पक्राउ गरी नेपाल पठाएर नेपाल प्रहरीले लगाएको गुन तिर्न चाहन्थे तर हाम्रो तर्फबाट कुनै पहलकदमी नभएपछि उतै छाडेर आउनुपर्‍यो’, ती प्रहरीले भने। ती प्रहरीका अनुसार गोइत नेपाल आउन तयार भएका थिए। तर पक्राउ गर्न सहयोग गरेको भारतीय प्रहरीले औपचारिक रुपमा चौकीबाट पठाउन नमिल्ने भनेपछि अवरोध उत्पन्न भएको थियो।

पछिल्लोपटक सरकारले ०७५ भदौ ८ गते वार्ता टोली बनाएर हिंसाको बाटोमा रहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल थालेको थियो। त्यसक्रममा गोइतलाई पनि वार्तामा आउन भनिएको थियो। तर गोइत समूह वार्तामा आएन। त्यति बेला सरकारले ४४ वटा सशस्त्र समूहमध्ये १६ वटाको गतिविधि नभएको जनाएको थियो। गोइत समूह वार्तामा नआएपछि उसलाई दमन गरेर सिध्याउनुपर्ने रणनीतिमा सरकार लागेको थियो। सरकारले २६ वटा समूहसँग वार्ता गरी सम्झौता गरे पनि गोइत समूहलाई निगरानीमा राखेको थियो।

तत्कालीन सरकारले माओवादी कम्युनिस्ट केन्द्र नेपाल, मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारी, संयुक्त जातीय मुक्ति मोर्चा नेपाल, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समूह), तराई मिलिटरी मोर्चा, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य), संघीय लिम्बुवान राज्यपरिषद् (सन्जुहाङ पालुङ्वा), मंगोल नेसनल रिभोल्युसनरी पार्टी, मधेसी भाइरस किलर्ससँग वार्ता गरी सम्झौता गरेको थियो।

त्यस्तै, सरकारले जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह समूह), संयुक्त जातीय मुक्ति मोर्चा नेपाल (अविरल समूह), संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समूह), तराई मधेस टाइगर्स पार्टी, जनतान्त्रिक तराई मुक्ति (डा. मनोज मुक्ति), तराई संयुक्त जनक्रान्ति पार्टी नेपाललाई पनि शान्ति प्रक्रियामा ल्याएको थियो। यसैगरी तराई मुक्ति मोर्चा क्रान्तिकारी (अविनाश समूह), तराई जनतान्त्रिक पार्टी मधेस (मधेस चौधरी), अखिल जनतान्त्रिक तराई मोर्चा (विवेक समूह), तराई मधेस भाइरसलगायतका समूहले शान्तिप्रक्रियामा आई हतियार बुझाएका थिए।

को हुन् गोइत 

सप्तरी क्षेत्र नम्बर ३ बाट दुईपटक एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका गोइत दुईपटक नै पराजित भएका थिए। २०५४ सालमा एमाले फुटेपछि उनी माले हुँदै माओवादीमा प्रवेश गरेका थिए। एमाले र माले हुँदा उनी तराईमा सक्रिय वामपन्थी नेताको रुपमा चर्चित थिए। तर २०५८ सालमा माओवादीमा प्रवेश गरेका गोइत त्यहाँ पनि अटाएनन्।

 माओवादीबाट बाहिरिएपछि आफ्नै नेतृत्वमा सशस्त्र समूह खोलेर उनी भूमिगत भएका थिए। तत्कालीन समयमा माओवादीले गोइतको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो। माओवादीले सो मोर्चाबाट गोइतलाई हटाएर मातृका यादवलाई संयोजक बनाएपछि उनी जनतान्त्रिक तराई मुक्ति मोर्चा बनाएर हिंसाको बाटोमा लागेका हुन्। गोइत २०६१ साउन १० गतेदेखि भूमिगत छन्। हाल उनी भारतको पटनामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
तालिवानको कान्दाहारमा हजारौँ मानिसले किन गरे विरोध प्रदर्शन ?

तालिवानको कान्दाहारमा हजारौँ मानिसले किन गरे विरोध प्रदर्शन ?

चिनले सिमा मिचेको भन्दै चार दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा हिल्सा पुग्यो टोलि

चिनले सिमा मिचेको भन्दै चार दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा हिल्सा पुग्यो टोलि

वीरगञ्जका विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन

वीरगञ्जका विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .