No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी

सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले आफ्नो भुक्तानी सेवा सुरु गरेको हो ।

यससँगै अब प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सक्ने जनाइएको छ ।

यति मात्र होइन, नमस्ते पेले नेपालमै पहिलो पटक इन्टरनेट नचल्ने मोबाइलबाट समेत वालेटको खाता खोल्ने र भुक्तानी गर्ने सुविधा ल्याएको छ । प्रयोगकर्ताले *500# डायल गरी प्राप्त निर्देशन अनुसार वालेटको खाता खोल्न सक्नेछन् ।

यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । यस बाहेक नमस्ते पे को सेवा प्रयोग गर्न सकिने गरी मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।

हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो एप अबको केही सातामा आईओएसमा समेत उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । कम्पनीको वेबसाइट समेत भोलि बुधबारबाट भुक्तानीका लागि तयार हुने बताइएको छ ।

नमस्ते पेबाट हाललाई खानेपानी, बिजुली र मोबाइल टपअप गर्न सकिने सकिन्छ । तत्कालका लागि नेपाल टेलिकमको टपअप सुविधामात्र रहेकोमा एनसेल र स्मार्ट टेलिकम लगायतको भुक्तानी कार्य समेत एपमा थप्ने तयारी भइरहेको छ ।

साथै वालेटबाट वालेटमा (नमस्ते पेको एउटा खाताबाट नमस्ते पेकै अर्को खातामा) रकम ट्रान्सफर, क्यूआर कोड पेमेन्ट, अफलाइन मोड (इन्टरनेट नहुँदा समेत एपबाट भुक्तानी गर्न सकिने फिचर) आदि जस्ता फिचर समेत कम्पनीको एपमा राखिएका छन् ।

कम्पनीका सीईओ भण्डारीका अनुसार हाल नौदेखि दश ओटा बैंकबाट वालेटमा रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध छ । ‘अन्य बैंकहरूलाई समेत एपमा जोड्ने कार्य चलिरहेको छ,’ टेकपानासँगको कुराकानीमा उनले भने ।

एन्ड्रोइडमा नमस्ते पे एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
आज देशभर  विश्वकर्मा पूजा मनाइँदै

आज देशभर विश्वकर्मा पूजा मनाइँदै

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतलाई पटनाबाट पक्राउ गर्न सफल प्रहरी नेपाल ल्याउन असफल

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष गोइतलाई पटनाबाट पक्राउ गर्न सफल प्रहरी नेपाल ल्याउन असफल

तालिवानको कान्दाहारमा हजारौँ मानिसले किन गरे विरोध प्रदर्शन ?

तालिवानको कान्दाहारमा हजारौँ मानिसले किन गरे विरोध प्रदर्शन ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .