• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहाका नाकाः बिरामीलाई बन्द, तस्करलाई खुला


सिरहाका नाकाः बिरामीलाई बन्द, तस्करलाई खुला

सिरहा । सिरहाको माडर सीमानाकाको ढाट खोलिदिन आफन्तले गरेको बिन्ती सशस्त्र प्रहरीले बेवास्ता गर्दा एक बिरामीले अस्पताल पुग्न नपाउँदै प्राण त्यागेकी छन्। सिरहा नगरपालिका–४ रमौलकी ४० वर्षीया वहिदा खातुनले उपचार अभावमा सीमामै छटपटाएर प्राण त्यागेकी हुन्। गत साता आफन्तको विवाहमा सहभागी हुन भारतको गोरखपुरस्थित झन्डानगरबाट घर फर्किने क्रममा सीमावर्ती भारतीय सहर जयनगरमा उनी सिकिस्त बिरामी परिन्।

बिहीबार बिहान करिब २ बजे जयनगर रेल्वे स्टेसन ओर्लेपछि वहिदाको मुटु दुख्न थाल्यो। छोरी बरिदाले मामा नुरे आलमलाई फोन गरेर एम्बुलेन्स लिएर सीमामा आउन भनिन्। एम्बुलेन्स नभेटेपछि आफ्नै टेम्पो लिएर नुरे माडर भन्सार नाका पुगे। नाकामा ढाट लागेको थियो। आलमले ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई नेपालको सीमानजिक बिरामी दिदी ल्याउन जानु छ भन्दै ढाट खोलिदिन बिन्ती गरे।  ड्युटीमा रहेका सशस्त्र प्रहरीले ढाट नखुल्ने अडान लिए। नुरे उनका दाइ कमरे आलम र भिनाजु मोहम्मद इसाले पालैपालो सशस्त्र प्रहरीलाई करिब ४५ मिनेटजति रुँदै बिन्ती गरे।

‘सशस्त्र प्रहरीले ढाट खुलाउन नमानेपछि दौडँदै नेपाली सीमा पुगेर दिदीलाई काँधमा बोकेर ढाटसम्म ल्यायौं,’ आलमले भने, ‘बाटोभरि दिदीले मुटुमा असह्य पीडा भइरहेकाले छिटो अस्पताल पु¥याइदिन भन्दै हुनुहुन्थ्यो। ढाट पार गरेर टेम्पोसम्म ल्याइपुर्‍याउँदा उहाँले बोल्न छाड्नुभयो,’ आलमले भारी स्वरमा भने, ‘टेम्पोमा राख्दा उहाँले दुनियाँ नै छाडिसक्नुभएछ।’

सिरहाको माडर बोर्डरमा बिहीबार बिहान साढे ३ बजे वहिदाले प्राण त्यागिरहँदा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरू भने भारतबाट मालसामानको ठूलाठूला पोका पछाडि राखेर आएका मोटरसाइकल चालकसँग सेटिङ मिलाउन व्यस्त रहेको नुरे आलमले बताए। मधुमेह र उच्च रक्तचापका बिरामी वहिदालाई समयमै अस्पताल पुर्‍याउन पाएको भए उनको ज्यान जोगिने परिवारजन बताउँछन्। ‘पारिका सीमा सुरक्षा बललाई आग्रह गरेपछि भारतको अन्तिम सीमासम्म आउन दियो तर माडरस्थित बोर्डर आउट पोस्टका सशस्त्र प्रहरीले नेपालको सीमासम्म जान रोक्दा वहिदाको ज्यान गयो,’ मोहम्मद इसाले भने, ‘ढाट खोलिदिएको भए सिरहा अस्पताल पुर्‍याउन सकिन्थ्यो। अस्पताल पुर्‍याउन सकेको भए उनको ज्यान बाँच्थ्यो। वहिदाको ज्यान ड्युटीमा खटिएका सशस्त्र प्रहरीका कारण गएको हो।’   यो घटनाको निष्पक्ष छानबिन र कारबाही हुनेमा समेत पीडित परिवारलाई शंका छ।

पीडित परिवार बोर्डर आउट पोस्ट माडरका कमान्डरलाई समेत दोषी देख्छन्। ‘प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पनि घटनाका दोषीलाई जोगाउन खोजेको पाएँ,’ आलमले भने, ‘छानबिनपछि मात्रै केही भन्न सकिने प्रजिअको जवाफले हामीलाई निराश बनाएको छ।’ मानवीय क्षति भोगेका हामीप्रति प्रजिअको सामान्य सदभाव पनि पाएनौं।’ जिल्ला प्रशासन कार्यालय सिरहाका प्रवक्ता भवेश झाले प्रजिअ कणेलले घटनास्थल पुगेर यथार्थ बुझ्न भनी निर्देशन दिएको बताए।

बिरामीलाई रोकेर तस्करलाई छिराएको दृश्य देखियो नि ! जिज्ञासामा पुर्वेले भने, ‘मालसामान त जति बेला पनि आइहाल्छ नि। राति पारिबाट ल्याइने मालसामान भन्सारभित्रै आएको होला। जुन शैलीमा पारिबाट मालसामान भित्र्याइएको भिडियोमा देखिएको छ, यो त गलत हो।’

माडरका स्थानीयका अनुसार यस नाकाबाट मालसामान बोकेको मोटरसाइकल माडर बजारस्थित तस्करको गोदाममा पुग्छ। बुधबार राति बिरामीका आफन्तले भिडियो नखिचेको भए मालसामान बोकेर पारिबाट माडर भन्सार नाकाबाट छिरेको मोटरसाइकल पनि तस्करका गोदाममा पुग्थ्यो,’ उनले भने। सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीका अनुसार सीमामा बिरामीको आउजाउलाई सहजीकरण गर्ने स्पष्ट निर्देशनलाई बेवास्ता गर्नेउपर कारबाही हुने आश्वासन दिए। यो घटनाले सशस्त्र प्रहरी, प्रशासन प्रमुख र भन्सार प्रमुखलाई मात्र नभई गृह प्रशासनलाई समेत गिज्याएको छ। साभार : नागरिक ( मिथीलेश यादब)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एम्बुलेन्स त्रिशूली किनारमा खस्यो, ५ जना घाइते
  • २०७८ भाद्र ३१, बिहीबार १२:११
  • In "समाचार"
  • प्रहरीले लागुऔषधहित पक्राउ परेका वडाध्यक्षलाई सुटुक्क छाडिदियो
  • २०७८ भाद्र ३१, बिहीबार १२:११
  • In "मधेश प्रदेश"
  • सशस्त्र प्रहरीको ठुलो सफल्ता,एक सय ३५ कार्टुन स्याउ सहित मिनि ट्रक प्रहरिको नियन्त्रणमा _
  • २०७८ भाद्र ३१, बिहीबार १२:११
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

सिरहाबाट पाँच किलो चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

भन्सार विन्दुमा भेहिकल स्क्यानर जडान गर्न निर्देशन

तिलाठी कोइलाडी-६ को वडाकार्यालय भवन निर्माणमा ३ नम्बर इट्टा प्रयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version