• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति


टेस्ला सीईओ मस्क

टेस्ला सीईओ मस्क

चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् ।

ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ ।

बिहीबार टेस्ला कम्पनीको शेयर मूल्यमा ११ प्रतिशतको बढोत्तरी भएसँगै एकैदिन मस्कको सम्पत्ति ७ अर्ब ८० करोड डलरले बढ्यो ।

सन् २०२० को सुरुआतमा मस्कको कुल सम्पत्ति जम्मा ३० अर्ब डलरको हाराहारीमा थियो । त्यतिबेलासम्म उनी विश्वका अर्बपतिहरुको सूचीमा टपटेनभन्दा निकै टाढा थिए । तर पछिल्लो ८ महिनामा उनको सम्पत्ति ५७ अर्ब डलर थपिएसँगै उनको सम्पत्ति ९० अर्ब डलर मात्र पुगेन उनी विश्वका अर्बपतिहरुको सूचीमा छलाङ मार्दै चौथो स्थानमा आइपुगे ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सअनुसार विश्वका धनाढ्यको सूचीको पहिलो नम्बरमा अमेजन कम्पनीका सीईओ जेफ बेजोसको सम्पत्ति एक खर्ब ९२ अर्ब डलर रहेको छ । दोश्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन्, उनको सम्पत्ति एक खर्ब २१ अर्ब डलर छ । त्यस्तै तेश्रो स्थानमा फेसबुक सीईओ मार्क जुकरबर्ग रहेका छन् । उनको कुल सम्पत्ति ९९ अर्ब ५० करोड डलर रहेको छ ।

त्यस्तै विश्वमा सन् २०२० मा सबैभन्दा धेरै सम्पत्ति थप गर्नेमा मस्क दोश्रो स्थानमा छन् । पहिलो स्थानमा विश्वका सर्वाधिक धनी व्यक्ति अमेजनका सीईओ जेफ बेजोस रहेका छन् । सन् २०२० सुरु भएयता बेजोसले आफ्नो सम्पत्तिमा ७३ अर्ब डलर थप गरेका छन् ।

सन् २०२० सुरु भएयता टेस्ला कम्पनीको शेयर मूल्यमा छलाङ आइरहेको छ र वर्षको सुरुको तुलनामा हाल कम्पनीको शेयर मूल्यमा ३ सय ५० प्रतिशतले बढोत्तरी भैसकेको छ । सन् २०२० मा मस्कले कम्पनीबाट प्रोत्साहन भत्ताबापत कम्पनीको १७ लाख कित्ता शेयर थप प्राप्त गरेका छन् । जसको मूल्य ७७ करोड ५० लाख डलर हुन आउँछ ।

पछिल्लो ७ वर्षमा टेस्ला कम्पनीले निकै सफल यात्रा गरिसकेको छ । सन् २०१२ मा बजार मूल्य जम्मा ४ अर्ब डलर रहेको टेस्ला कम्पनीको बजार मूल्य अहिले १ खर्ब डलर पार भैसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एलन मस्क पुनः बने विश्वकै धनी मान्छे
  • २०७७ भाद्र ६, शनिबार १८:२०
  • In "समाचार"
  • एक समय चीनका सबैभन्दा धनी व्यक्ति ली हेचुन पक्राउ
  • २०७७ भाद्र ६, शनिबार १८:२०
  • In "BannerNews"
  • ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !
  • २०७७ भाद्र ६, शनिबार १८:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?

एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी

जलेश्वरः बोक्सी भन्दै महिलालाई निर्घात कुटपिट !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version