भदौ ३ गते मृत्यु भएका वडा नं. ४ मिर्चैया नगरपालिका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका पुरुष कोस्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको छ ।
मृत्यु को कारण कोरोना पुष्टि भएसाथ कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको छ ।
यो सँग कोरोना संक्रमण पुष्टि भएर सिरहामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।