No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

औषधिभन्दा बढी प्रभावकारी हुन्छ फिजियोथेरापी ?


औषधिभन्दा बढी प्रभावकारी हुन्छ फिजियोथेरापी ?

कोरोना भाइरसको पहिलो लहर छाएको बेला झण्डै एक वर्षअघि नेपाल फिजियोथेरापी संघले कोभिड–१९ भएका बिरामीहरुलाई गरिने फिजियोथेरापी उपचारको निर्देशिका तयार गर्‍यो । सामान्यतया नसा च्यापिएको, हड्डी खिइएको जस्ता स्वास्थ्य समस्यामा मात्रै फिजियोथेरापी प्रभावकारी हुन्छ भन्ने बुझाइलाई चिर्दै कोभिडको समय र त्यसपछि पनि फिजियोथेरापी विधिमार्फत् विभिन्न समस्याको समाधान गर्नको लागि संघले वल्र्ड कन्फिडिरेसन अफ फिजिकल थेरापी (डब्लूसीपीटी) तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा प्रकाशित निर्देशिकामा आधारित भएर नयाँ निर्देशिका तयार पारेको थियो ।

झण्डै साढे ४ दशकअघि केही सरकारी अस्पतालका चिकित्सकहरुलाई तालिम दिएर सुरु भएको फिजियोथेरापी पद्धतिको उपचार पद्धति मार्फत् आफ्नो समस्याको उपचार खोज्नेहरुको संख्या बढ्न थालेको छ । फिजियोथेरापी आफैँमा सबै रोगको लागि प्रभावकारी उपचार पद्धति हो । जस्तै, शरीरको जुनसुकै अंगमा हुने प्यारालाइसिस तथा अन्य स्नायु प्रणालीमा देखिने समस्याको लागि फिजियोथेरापी प्रभावकारी उपचार विधि हो । लामो समयसम्म प्यारालाइसिस भएको अंग चलाएन भने त्यो झनै कडा बन्दै जान्छ । त्यसैले व्यायाम गर्ने वा ती अंगहरु चलाइराख्नुपर्छ ।

कतिपयमा मेरुदण्ड सम्बन्धी समस्या हुन सक्छ । यस्ता समस्यादेखि श्वासप्रश्वास हुँदै, प्रजनन तथा स्त्रीरोगहरुमा समेत यो प्रभावकारी बन्न सक्छ । यसबाहेक विभिन्न दुर्घटनामा चोटपटक लागेको खण्डमा त्यस्तो अवस्थाका लागि पनि फिजियोथेरापी उपयुक्त विधि हो ।

के हो फिजियोथेरापी ?

सबै रोगहरु औषधि खाएर मात्रै पूर्ण रुपमा निको नहुन सक्छन् । कतिपय रोगहरु औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । औषधि नखाई व्यायाम, हातले गर्ने उपचार, पानीमा गरिने व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो । सिधा अर्थमा भन्दा प्रशिक्षित फिजियोथेरापिस्टद्वारा व्यायामको माध्यमबाट शरीरको मांसपेशीहरुको सही अनुपातमा सक्रिय गर्ने विधा नै फिजियोथेरापी हो । नेपालीमा यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ ।

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेसी दुख्ने, झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षघात जस्ता स्वास्थ्य समस्याको लागि यो उपचारविधि औषधिभन्दा प्रभावकारी मानिन्छ ।

कस्ता व्यक्तिको लागि प्रभावकारी हुन्छ यो पद्धति ?

हिजोआजको व्यस्त जीवनशैलीमा मान्छेले आफ्नो बारेमा ध्यानदिन सक्दैन । जो मान्छे समय बचाउनको लागि मोटरसाइकल चढ्छ र कार्यालयमा एउटै पोजिसनमा धेरै समय कुर्सीमा बस्ने गर्छन् भने उनीहरुमा धेरै कम्मर दुख्ने वा अन्य शारीरिक समस्याहरु हुन सक्छन् । घण्टौंसम्म कुर्सीमा बस्ने, गलत तरिकाले बस्ने र व्यायाम या खेलको समयमा हुने दुखाइ लगायतबाट पीडित व्यक्तिका लागि यो विधि प्रभावकारी हुन्छ ।

फिजियोथेरापी सबै किसिमका रोगको निवारणका लागि प्रभावकारी हुन्छ । जस्तो हड्डी खिइएको होस् वा हाडजोर्नीसम्बन्धी अरु समस्यामा प्रयोग हुने फिजियोथेरापीलाई अर्थाेपेडिक फिजियोथेरापी भन्ने गरिन्छ । मुटुसम्बन्धी फिजियोथेरापीलाई कार्डियोथेरापी जस्ता नामले चिनिन्छ । यसरी अनेकथरीका समस्याको एउटै निदानको उपाय हो फिजियोथेरापी । पछिल्लो समय फिजियोथेरापीको प्रयोग बढ्दो मात्रामा देखिन्छ ।

फिजियोथेरापी कुन उमेरकाको लागि ?

फिजियोथेरापी यही उमेर समूहकाहरुको लागि प्रभावकारी हुन्छ भन्ने छैन । यो बालबालिकादेखि वृद्धवृद्धासम्मले लिन सक्ने उपचार पद्धति हो । कुन उमेरमा कस्तो रोग लागेको छ ? त्यसैको आधारमा कति उमेरका मान्छेले प्रयोग गर्ने भन्ने हुन्छ ।

त्यस्तै, फिजियो थेरापी कति समयसम्म गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कतिपयले एक÷दुई दिन फिजियोथेरापी गरेर प्रभावकारी भएन भन्दै यसको विकल्प सोच्ने गरेको पनि पाइन्छ । तर रोगको प्रकृति र मानिसको स्वास्थ्यको अवस्था हेरेर यसलाई कति समयसम्म निरन्तरता दिनुपर्छ भन्ने यकिन गरिन्छ ।

के–के छन् फिजियोथेरापीका फाइदाहरु ?

फिजियोथेरापीको मुख्य फाइदा भनेको नै औषधिको प्रयोगविना नै स्वास्थ्य समस्याबाट मुक्ति मिल्ने गर्छ । औषधिको प्रयोग नहुने भएकोले यसमा कुनै साइडइफेक्टको जोखिम हुँदैन । त्यसैले औषधिको प्रयोगमा हुने कुनै पनि प्रतिक्रियाबाट बच्न सकिन्छ ।

फिजियोथेरापीको अर्काे फाइदा भनेको शारीरिक स्फूर्ति बढ्नुका साथै मान्छेको यसले सक्रिय जीवन र रोग प्रतिरोधी क्षमता वृद्धि गर्न समेत भूमिका खेल्छ । फिजियोथेरापीले रोगसँग लड्ने क्षमता बढाउनुका साथै सरुवा रोगको जोखिम समेत घटाउँछ । यसमा शारीरिक व्यायामलाई केन्द्रित गरिने हुँदा दीर्घरोगीका लागी समेत राम्रो मानिन्छ ।

(ब्रेन एण्ड स्पाइन अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट महर्जनसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
के बालबालिकाहरु मोटोपनको सिकार हुँदैछन् ?

के बालबालिकाहरु मोटोपनको सिकार हुँदैछन् ?

मर्निङवाकमा मोबाइल : हुन सक्छ घातक

मर्निङवाकमा मोबाइल : हुन सक्छ घातक

खाना पकाउने ग्यासमा लगानी थप्दैछन् उद्योगी

खाना पकाउने ग्यासमा लगानी थप्दैछन् उद्योगी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .