No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यस्ता थिए राणाकालीन शिक्षक


यस्ता थिए राणाकालीन शिक्षक

तिनताका ब्राह्मण शिक्षकलाई ‘बाजे’ र अरू जातिका लागि ‘मास्टर साहेब’ भन्ने चलन थियो । देवीप्रसाद बाजे, पार्थमणि बाजे, तारामान मास्टर साहेब, चूडानन्द मास्टर साहेब भनिन्थ्यो । एक एक अक्षर उच्चारण गरेर मास्टर साहेब नभनी मास्साब, माड्साब, मास्साहेब भन्ने चलन पनि थियो ।

दरबार स्कुलका कक्षा र जताततै फलानो मास्टर घुस्याहा हो र फलानो मास्टरको यस्तो यस्तो बानी छ भने केटाहरूले खरीले लेखेका हुन्थे । खड्गमान सिंहले एउटा उक्ति प्रायः सबैलाई कण्ठ हुन्थ्यो भनी लेखेका छन्– दरबार स्कुल ह्याज नो रूल, ब्वाइज आर मङ्किज, टिचर्स फुल (दरबार स्कुलमा नियम छैन, केटाहरू बाँदर हुन् र शिक्षकहरू मूर्ख) ।

बुज्रुक वा पासवालाले राणाको अचाक्लीका बारेमा चुइक्कसम्म बोलेको सुनिदैन थियो । आमा बज्यैसँग यस्ता कुरा गर्दा चुप लाग्नू, धेरै सोधखोज गरेको सुनेमा जिब्रो थुत्छन् भनेर तर्साउँथे ।

कमलमणि दीक्षितले आफ्ना बाजे पार्थमणिलाई स्कुलभरिकै डरपोक संज्ञा दिएका छन् । उनका बानीका बारेमा बिर्सेको सम्झेकोमा यसरी स्मरण गरेका छन्, ‘बाजेलाई एकपटक हेडमास्टरी पनि दिइएको थियो रे । तर म त्यो बोझ लिन सक्तिन भनेर छाडेको रे । संस्कृतमा एक जनालाई फेल गरिदिएका रे । कसले थर्काएछ । नागपोखरीसम्म आइसकेका थिए, फर्किएर भाटभटेनी पुगेर नम्बर थपेर पास गराएर ल्याए भन्ने हल्ला थियो ।’

तारामान स्वाँरलाई छडी र सजाय आवश्यक पर्दैन थियो । खेलाएर पढाउने उनको बानी थियो । हाजिरी लिँदा अरूले उपस्थित र गयलको ‘पी र ए’ लेख्थे तर तारामानले ‘हा र ग’ लेख्थे । भूगोलका शिक्षक नेत्रबहादुरले जिल्लाको नाम सूत्र बनाएर पढाउँथे ।

अमरबाबुले भूगोल विषय पढाउँथे । उनी भनेपछि सबै विद्यार्थी आतङ्कित हुन्थे । उनले हरेक विद्यार्थीको नामको पछाडि ‘बहादुर’ लगाएर बोलाउँथे । शरच्चन्द्र बसुलाई बोस बाबु भनेर सम्बोधन गर्थे, उनले नेपाली लुगा लगाउँथे । पछि उनलाई देश निकाला गरिएको थियो ।

अमरबाबु निकै कडा । बङ्गाली शिक्षक, डाक्टर वा इन्जिनियरलाई ‘बाबु’ भन्ने चलन थियो त्यस बेला । बालकृष्ण समले उनको सम्झना गर्दै ‘अमरबाबुले छात्रको नाक भुइँमा रगड्न लगाइ रक्ताम्य बनाइदिन्थे । गरूडध्वजले छात्रलाई भुइँमा पछारी पिट्नुका साथै लात्तैलात्ताले हिर्काउँथे’ भनी लेखेका छन् ।

१९८९ सालमा मृगेन्द्रशमशेर र रुद्रराजले अनुरोध गरेपछि जुद्धशमशेर दरबार स्कुलमा पुरस्कार वितरण गर्न जान तयार भए । १९५८ सालमा देवशमशेरले छात्रहरूलाई पुरस्कार वितरण गरेको दिन नै उनको शासनको अन्तिम दिन थियो ।

त्यो घटनाको ३० वर्षपछि जुद्ध उस्तै कार्यक्रममा सहभागी हुन तयार भए । बालकृष्ण समले गीत लेखिदिए । गीत गाउने बालबालिकालाई जुद्धले खुशी हुँदै पाँच सय रुपियाँ पारितोषिक दिए । कृष्णप्रसाद रिमाल, श्यामकृष्ण भट्टराई, कृष्णप्रसाद तिमिल्सिना, रामकेशरी बस्नेत, शुभवीर पाँडे, प्रेमप्रसाद तण्डुकार, श्रीशमशेर थापा, शिवप्रसाद भट्टराई, सूर्यमानले गीत गाएका थिए र ती नौ जनालाई एक एकवटा असर्फी पनि दिए ।

गीत लेखेवापत बालकृष्ण समलाई एक हजार रुपैयाँ दिए । १९५८ सालको घटनाले हुनुपर्दछ स्कुलको वार्षिकोत्सव वा नयाँ स्कुलको उद्घाटनमा ‘श्री ३ महाराज’को उपस्थिति हुन्थेन । त्यस्ता कार्यक्रममा शिक्षा डाइरेक्टर सहभागी हुन्थे र कार्यक्रममा ‘श्री ३ महाराज’का तर्फबाट पठाइएको सन्देश वा भाषण पढेर सुनाइन्थ्यो । यस्ता कार्यक्रममा कहलिएका कविहरूले लेखिदिएका कविता वा गीत प्रस्तुत गर्ने गरिन्थ्यो ।

बङ्गाली शिक्षकले कलेज परिसरमा कोट, टाइ लगाउनुपर्ने नियम थियो । क्षितिशचन्द्र चक्रवर्तीले टाइ लगाउने झन्झटबाट मुक्ति पाउन धोक्रे सुरूवाल र क्रिज नभएको पाइन्ट, माथि गलाबन्द कोट लगाउँथे । दरबार स्कुलका मास्टर बाबुरामको अङ्ग्रेजी कमजोर थियो तर उनी अङ्ग्रेजी दैनिक पत्रिका ‘स्टेट्म्यान’ लिएर हिँड्थे ।

उनले घोडालाई ‘हार्स’, कुकुरलाई ‘डाग’ भनेर पढाउँथे । उनको कुटाइबाट जोगिन पान, सुपारी, मसला, लड्डु, पेडा लगिदिनुपथ्र्याे । अनि गयल भएकालाई पनि हाजिरी जनाइदिन्थे । वैद्य मास्टरलाई पछिल्तिर ‘बौलाहा मास्टर’ भन्थे ।अङ्ग्रेजी शब्दकोष पूरै कण्ठ गर्न खोज्दा उनको मगज सड्किएको भन्थे । हेडमास्टर शारदाबाबु रमाइला शिक्षक थिए । तर ‘अन द रिसिट अफ माइ मदर्स पिक्चर’ पढाउँदा रून्थे ।

मास्टर बाजेका नामबाट परिचित वासुदेव भट्टराईले विद्यार्थीलाई राम्रै तह लगाउन सक्थे । राणा परिवारलाई पढाउनु परेमा एउटा सर्त राख्थे– विद्यार्थीलाई ‘हजुर’ सम्बोधन नगर्ने । कडा मिजाजका थिए । सिंहदरबारमा राणाका कुनै छोरालाई पढाउँदा ती विद्यार्थीले वायु छाडिदिए । वासुदेवले विद्यार्थीलाई पिटे । अब वासुदेवको जागिर जाने भयो भन्ने हल्ला भयो । तर अनुशासनमा राखेको भन्दै पुरस्कृत गरिएछ ।

चन्द्रलाल सिंह बीए पनि कसैसँग नदब्ने खालका शिक्षक थिए । खान्की घटाइदिएपछि ऋषिकेश शाहले पढाउन छाडिदिए । लक्ष्मीप्रसाद देवकोटा एक सय रुपैयाँ तलबमा कलेजमा अङ्ग्रेजी पढाउँथे । कक्षाकोठामा पसेपछि टोपी फुकालेर टेबुलमा राख्दै कमिजका बाहुला माथि सारेर पढाउन थाल्थे ।

घरमा मास्टर राखेर पढाउने (ट््युसन) संस्कृति थियो । सम्पन्न जागिरे वा राणा परिवारमा यो संस्कृति बढी थियो । बालकृष्ण समलाई पण्डित पिताम्बर, मास्टर लेखनाथ, पद्मदत्त रटौरीले घरमै गएर पढाएका थिए । भीमबहादुर पाँडेले पनि त्यस बखत सबै भारदार र इज्जतदार भनाउँदाहरूले मास्टर घरमा राखेर छोराहरू पढाउने चलन रहेको पुस्तकमा चर्चा गरेका छन् ।

१९५८ सालमै गोरखापत्रमा पढाउने मास्टर शीर्षकमा विज्ञापन नै छापिएको पढ्न पाइन्छ, “मेरो घर गयाजीमा हो । मैले इन्ट्रेन्स, यफए पास गरेको बीए फेल भयाको छु । हाल सर्कारमा बक्साइ कम्याण्डर कर्णेल फौदसीं खत्री क्षेत्रीले आफ्ना नातिहरूलाई पढाउन मलाई झिकाउँदा मञ्जुर कर्णेलका नाती पढाउँछु । उनीहरूलाई पढाउने टाइम बाहेक अरू बखत मैलाई फुर्सत छ कसैलाई पढ्न इरादा भया मेरो डेरा कमलपोखरी अधिकारी कप्तानको घरमा आइ पढ्ने टाइम र फिसको ठेकान गर्नु राम्ररो हिसाबसँग पढाउने छु ।”

शिक्षाको पहिलो इस्तिहारमा नै ट््युसनका बारेमा स्पष्ट कानुनी व्यवस्था गरिएको थियो– मास्टरहरूले प्राइभेट ट््युसन लिँदा सञ्चालक समितिको इजाजत लिनु पर्दछ । स्कुलको पढाइमा हानी हुने गरी यस्तो इजाजत दिनु हुँदैन । विशेष कारण नपरी खास गरी अष्ट श्रेणी माथिको शिक्षकलाई आफूले पढाएका लड्कालाई सोही विषयमा प्राइभेट ट््युसन लिने इजाजत दिन हुँदैन इजाजत दिएमा सो विशेष कारण खोल्नु पर्दछ ।

दरबार स्कुलका अङ्ग्रेजीका शिक्षक नन्दराम उप्रेती म्याट्रिक उत्तीर्ण थिए । तर उनले एमएसम्मका विद्यार्थीलाई पढाउने गर्दथे । गणितमा कमजोर भएकाले कलकत्ता विश्वविद्यालयबाट तीन पटकसम्म अनुत्तीर्ण भएपछि आईए चटक्कै छाडे । राणाहरूको घरमा ट््युसन पढाउन जान्थे । राणाहरूको प्रिय गुरू थिए । राणाहरूका दरबारमै गई उनीहरूका छोराछोरीलाई ट््युसन पढाउने भएकाले राम्रो सम्बन्धका कारण उनी १९९० सालमा पहिलो परीक्षा नियन्त्रक बन्ने अवसर पाए । एउटा विद्यार्थीको नतिजामा गडबड भएपछि उनले जागिर छाडिदिए ।

यस्तो पनि जिन्दगीमा चन्द्रधरले लेखेका छन्, “एउटा लड्काको नम्बर जाँच्दा तल माथि परेको हुनाले उहाँलाई एक वर्षपछि स्वतः राणाहरूले निकालिदिए । उहाँलाई यसबाट कुनै किसिमको चित्त दुःखेन ।

नम्बर जोड्दा कुनै कारिन्दाले गलत ग¥यो होला तर यसको सजायको भोगी नन्दराम उप्रेतीलाई ठहराइयो । अचम्म । राणाकालीन न्याय पनि गजबको थियो । जुद्धशमशेरको इर्दगिर्द बस्ने केही व्यक्तिहरूले उनलाई यस कन्ट्रोलरको पदमा पनि बस्न दिएनन् ।”

प्रकृति अधिकारीद्वारा लिखित राणाकालीन शिक्षा पुस्तकको एक अंश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
पोखरामा फोहोर फाल्ने अर्को ठाउँको खोजी

पोखरामा फोहोर फाल्ने अर्को ठाउँको खोजी

शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च

शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च

स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता : डब्ल्यूएचओ

स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता : डब्ल्यूएचओ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...