• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अनियमिततामै बदनाम राजकिशोर साह बने प्रदेश २ का भ्रष्टाचार नियन्त्रण गर्ने जनलोकपाल सदस्य 


अनियमिततामै बदनाम राजकिशोर साह बने प्रदेश २ का भ्रष्टाचार नियन्त्रण गर्ने जनलोकपाल सदस्य 

जनकपुरधाम । तत्कालिन जिल्ला प्राविधिक कार्यालय धनुषाका अवकशा प्राप्त प्रमुख (डी) भ्रष्टाचार नियन्त्रण गर्ने प्रदेश २ सकरारको निकाय जनलोकपाल सदस्य बनेका छन् ।

जिल्ला विकास समितिसंगै टाँसिएरै रहेको तत्कालिन विकासे अड्डा जिल्ला प्राविधिक कार्यालयमा लामोसमय कार्यरत्त छँदा व्यापक अनियमिता गरी अकुत सम्पति कमाएको आरोप लागेका साहलाई प्रदेश २ सरकारले जनलोकपाल सदस्य पदमा नियुक्त गरेको हो ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकायको रुपमा प्रदेश सरकारले जनलोकपाल स्थापना गरी प्रमुखमा रामसहाय यादव र सदस्य द्वयमा राजकिशोर साह र शोभा महतोलाई नियुक्त गरेको हो । जसमध्ये साह प्राविधिक कार्यालयमा १२ वर्षसम्म इन्जिनियारको पदमा कार्यरत्त थिए ।

केहि वर्ष प्राविधिक कार्यालयका प्रमुख (डी) को रुपमा समेत कार्यरत्त रहेको बेला उनले विकासे कामहरुमा व्यापक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरीहरु समेत परेको थियो । उनलाई अख्तियारले छानविनको लागि कैयौंपटक झिकाएको पनि थियो । यधपि उनी अख्तियारसंग डिल गर्न मास्टरमाइन्ड रहेकै कारण कारबाहीबाट बँचेको प्राविधिक कार्यालयमा तत्कालिन समय कार्यरत एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार साह आफु अवकाश हुनु पाँच महिना पहिले नै अख्तियारका सबै फाइलहरु सेटिंगमा मिलाउन सफल भएका थिए । पुस २०७५ मा उनी अवकाश पाएका थिए । उनले त्यहाँ कमाएको अर्बौंको अकुत सम्पतिको अहिले पनि छानविन भए साह जेल जानेसम्मको कारबाहीमा पर्ने उनकै छिमेकहरुको भनाइ छ ।

यता नवनियुक्त जनलोकपालका नव नियुक्त साहले प्राविधिक कार्यालयमा हुँदा आफुले अकुत सम्पति कमाएको आरोपहरुमा कुनै सत्यता नभएको दावी गरे । आफुमाथि अख्तियारमा कुनै उजुरी समेत नपरेको उनले बताए ।

‘ममाथि लाग्ने गरेको आरोप निराधार हो । अख्तियारमा कुनै पनि उजुरी म विरुद्ध परेको छैन । बरु प्रदेश सभाको स्थापना र व्यवस्थापनमा भएको अनियमितता र प्रदेश २ सरकारको संसदीय विकास कोषबाट २०७४।०७५ मा भएको कामहरुमा भएको अनियमिताको छानविन समितमा म आफै थिएँ ।’ उनले टुडेपाटीसंग भने ।

भ्रष्टाचारमा बदनाम लालबाबु सरकारले समेत उस्तै पृष्टभूमिका व्यक्ति साहलाई भ्रष्टाचार नियन्त्रण गर्ने निकायको सदस्य बनाएपछि आलोचना सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ : मन्त्री साह छोरा सुमितको ‘सेटिंग’मा समाजिक विकास मन्त्रालयमा गरे १६ करोड अनियमितता
  • २०७८ भाद्र २४, बिहीबार १३:१०
  • In "देश"
  • बलान बिहुल गाउँपालिकाका उपाध्यक्ष सहित ९ जना उपर भ्रष्टाचार मुद्दा
  • २०७८ भाद्र २४, बिहीबार १३:१०
  • In "BannerNews"
  • प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिश
  • २०७८ भाद्र २४, बिहीबार १३:१०
  • In "मधेश प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

आज हरितालिका तीज मनाइँदै : जनकपुरमा मधेशी र पहाडी समुदायका महिलाहरूसंगै रमाउदै

कुशवाहा समाजद्वारा धनुषाको गणेशमान चारनाथमा रक्तदान, समाजको नगर कमिटी गठन

यस्ता थिए राणाकालीन शिक्षक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version