• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बलान बिहुल गाउँपालिकाका उपाध्यक्ष सहित ९ जना उपर भ्रष्टाचार मुद्दा


बलान बिहुल गाउँपालिकाका उपाध्यक्ष सहित ९ जना उपर भ्रष्टाचार मुद्दा

राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाको उपाध्यक्ष सहित ९ जना उपर विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वाडा नम्बर–४ बेल्हीमा अधुरो वडा कार्यालय भवन बास्तबमा भए गरेको कार्यभन्दा नापी किताबमा बढी देखाई भुक्तानीको लागि कागजात पेश गर्ने उपभोक्ता समिति, प्राविधिक कर्मचारी तथा अनुगमन गर्ने एवं भुक्तानी प्रक्रियामा संलग्न व्यक्ति उपर मुद्दा दायर भएको हो ।
अख्तियारले उपाध्यक्ष रुवि गुप्ता कार्यपालिका सदस्य हरि प्रसाद मोची उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुशील कुमार यादव, तत्कालीन कोषाध्यक्ष रम्भादेवी यादव , तत्कालीन सचिव शिवशंकर मण्डल गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरीक यादव, तत्कालीन प्राविधिक शाखा प्रमुख सब–इन्जिनियर सन्तोष कुमार रजक र तत्कालीन सह–लेखापाल सुभाष चन्द्र लाल उपर मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ को विनियोजित रकम बलान बिहुल गाँउपालिका वडा नं. ४ को अधुरो वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भई सेवा प्रवाह भईरहेको भएपनि वास्तविक कामभन्दा बढी काम देखाई भुक्तानी भएको देखिएकाले उक्त कार्यमा संलग्न बलान बिहुल गाउँपालिकाका तत्कालीन कर्मचरीहरुले फिल्डमा नभएको नगरेको कामको मूल्याङकन गरी गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी उपभोक्ता समितिले तयार गरेको झुठ्ठा बिल भरपाईलाई स्वीकार गरी अन्तिम बिल भुक्तानीको लागि टिप्पणी उठाई सदर गरी भुक्तानी दिएकाले उनिहरु उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को देहाय (ग) र (ङ) बमोजीम मुद्दा दायर गरिएको हो । उनिहरु उपर ऐनको दफा १९(२) बमोजिम दश लाख पाँच हजार चार सय सन्तानब्बे रुपैयाँ उनन्चालीस पैसाको विगो कायम गरी मुद्दा दायर गरेको उख्तियारद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बलान विहुल गाउँपालिकाका उपाध्यक्ष गुप्ता र कार्यपालिका सदस्य मोचीले बदनियतपुर्बक भए गरेको कार्य लुकाईछिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न अनुगमन गरेको र उपभोक्ता समितिले फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गरी गराई कार्यसम्पन्न भयो भनी कार्य सम्झौता बिपरीत कार्य गरी भुक्तानी माग गरेको हुँदा उनिहरुमाथि पनि अख्तियारले भ्रष्टाचार मुदा दायर जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कर्जन्हाका निवर्तमान मेयर पासमान विरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७९ बैशाख ४, आईतवार २२:४५
  • In "BannerNews"
  • भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बित कर्मचारीहरुको सिंहदरबारमा लर्काे
  • २०७९ बैशाख ४, आईतवार २२:४५
  • In "BannerNews"
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • २०७९ बैशाख ४, आईतवार २२:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

मौका पाउने वित्तिकै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने लिङ्देनको भनाई

निर्वाचन र गठबन्धनका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै माओवादी

५ वर्षदेखि बेपत्ता उइग्युर पत्रकारलाई चीनमा १५ वर्ष कारावासको सजाय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version