• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरको जानकी आँखा अस्पतालको कमिशन धन्दा


जनकपुरको जानकी आँखा अस्पतालको कमिशन धन्दा

विनोद महतो-

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताल व्यवस्थापक र केही कर्मचारी कमिशनको खेलमा चुर्लुम डुबेको रहस्य बाहिरिएको छ । अस्पतालको सुरक्षा गार्ड टेण्डर प्रक्रिया र छनौटमा कमिशनको खेलाबेला भएको रहस्य बाहिरिएको छ ।

श्री जानकी आँखा अस्पतालका स्टोर किपर रहेका शशिकान्त झाले अस्पतालमा सुरक्षा गार्ड कम्पनीसँग छनौट प्रक्रियामा कमिशन लिएको देखिएको छ । हाल अस्पतालका कामय मुकायम प्रशासकीय अधिकृत समेत रहेका स्टोर किपर शशिकान्त झाले डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि.सँग १ लाख रुपैयाँ कमिशन (घुस) लिएर छनौट गरेको कुरा बाहिरिएको छ ।

डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि.सुकेधारासँग सुरक्षा सेवा खरिद र छनौट प्रक्रियामा १ लाख रुपैयाँ कमिशन लिएर श्रम ऐन २०७४ मा भएको व्यवस्था विपरित कार्य गरेको गरेको देखिएको छ ।

डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि.सुकेधारासँग अस्पतालका कामय मुकायम प्रशासकीय अधिकृत तथा स्टोर किपर झाले एक लाख रुपैयाँ कमिशन लिएर श्रम ऐनलाई मिच्दै छनौट प्रक्रिया सार्वजनिक नगरी सिधैँ सात दिन भित्र सम्झौता गर्न सूचना जारी गरेको स्रोतले जनाएको छ । अस्पातलको खरिद समितिले टेण्डर छनौट गर्दा उक्त संस्थासँग २ दशमलव ५० प्रतिशत रकम धरौटी वापत लिनुपर्ने हुन्छ र संस्थाले जम्मा गर्नुपर्ने हुन्छ । तर अस्पतालको खरिद समितिले डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि.सँग धरौटी वापतको रकम समेत नलिएको जानकी आँखा अस्पताल स्रोतको दावी छ ।

डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि.का प्रतिनिधी र गोल्डेन त्रिदेव सेक्यूरिटीका प्रतिनिधीबीच भएको फेसबुक मेसेन्जरमा भएको कुराकानीमा डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि.का प्रतिनिधीले अस्पतालका शशिकान्त झासँग कुरा गरेको र एक लाख रुपैयाँ दिएको लेखेका छन् । त्यसपछि गोल्डेन त्रिदेव सिक्युरिटीका प्रतिनिधीले मेरो काम विगारेर खुशी हुन भो भनेर लेखेका छन् । यसले सुरक्षा सेवा खरिद प्रक्रियामा कमिशन लिएको प्रष्ट भएको छ । यता कमिशन लिएको विषयमा अस्पतालका स्टोर किपर झासँग प्रतिक्रिया लिन उसको मोबाइल नम्बर ९८४४०५५७९१ मा फोन गर्दा उठाएनन् ।

अस्पतालको खरिद समिति (टेण्डर) को अध्यक्ष अस्पताल व्यवस्थापन समितिको कोषाध्यक्ष रहने व्यवस्था छ । जस अनुसार अहिले अस्पताल व्यवस्थापन समितिका कोषाध्यक्ष संजय प्रसाद साह खरिद समितिका अध्यक्ष हुन् । खरिद समितिका अध्यक्ष साह र स्टोर किपर झाको मिलिभगतमा श्रम ऐन २०७४ अनुसार सुरक्षा सेवा खरिद प्रक्रिया मिचेर डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि.लाई छनौट गरेको दावी गरिएको छ ।

श्रम ऐन २०७४ को दफा ५८(३) मा श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक आपूर्ति गर्ने, गराउने गरी कुनै किसिमको प्रस्ताव वा बोलपत्र आह्वान र पेश गर्दा वा श्रमिक आपूर्ति गर्ने गरी सम्झौता गर्दा आपूर्ति गरिने श्रमिकको पारिश्रमिक र अन्य सुविधा ऐनमा तोकिएभन्दा कम नहुने गरी गर्नुपर्ने हुन्छ । यस्तै उपदफा ४ को ३ विपरित हुनेगरी आह्वान वा पेश भएको प्रस्ताव वा बोलपत्र तथा सम्झौता रद्द हुनेछ । यस्तै दफा ६४ (२) बमोजिम मुख्य रोजगारदाताले सम्झौता गर्न अगावै श्रमिकलाई ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा तोकिएको भन्दा कम नहुनेगरी पारिश्रमिक वा सुविधा प्रदान गर्ने व्यवस्था मिलाएर सम्झौता गर्नुपर्ने हुन्छ ।

तर श्री जाँनकी आँखा अस्पताल प्रशासनले श्रमिक ऐनको धज्जी उडाउँदै त्यसको विपरित कार्य गरेको दावी धनुषाको ढल्केवरस्थित गोल्डेन त्रिदेव केक्यूरिटी सर्भिस एण्ड सप्लायर्स प्रा.लि.ले गरेको छ । जानकी आँखा अस्पतालले श्रम ऐन विपरित सुरक्षा सेवा खरिद गरेको दावी विरोध सहित गोल्डेन त्रिदेव केक्यूरिटी सर्भिस एण्ड सप्लायर्स प्रा.लि. ले जिल्ला प्रशासन कार्याल धनुषा र श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, खरिद अनुगमन ईकाइ कार्यालय ताहाचाल काठमाडौ, श्रम तथा व्यवस्थाजन्य सुरक्षा विभाग काठमाडौलाई बोर्धाथ सहित अस्पताललाई पत्राचार गरेको छ । सोहि पत्राचारको बोधार्थ अनुसार जिल्ला प्रशासन कार्यालयय र श्रम तथा रोजगार कार्यालय जनकपुरले मिति २०७८ भदौ २१ गते श्री जानकी आँखा अस्पतालको नाउँमा श्रम ऐन २०७४ को व्यवस्था अनुसार सुरक्षा सेवा खरिदको कार्य गर्न गराउन निर्देशन दिएको छ ।

यस्तै डिलक्स सेक्यूरिटी सर्भिस प्रा.लि. लाई श्रम ऐन २०७४ कार्यान्वय गर्न निर्देशन दिँदै श्रम तथा रोजगार कार्यालय जनकपुरले सो विपरित कार्य गरेमा सोहि ऐनको दफा ६२ को उपदफा ६ बमोजिम कारवाही गर्नेे जनाएको छ ।

अस्पतालमा हाल सुरक्षा गार्डको रुपमा सेवा दिईरहेको गोल्डेन त्रिदेव केक्यूरिटी सर्भिस एण्ड सप्लायर्स प्रा.लि.को सम्झौता अवधी यहि भदौ महिना समाप्त हुँदैछ । सो सम्झौता समाप्त हुन अगावै अस्पताल प्रशासनले मिति २०७८ श्रावण १३ गते सुरक्षा सेवा खरिद सम्बन्धी जनकपुरको एक दैनिक पत्रिकामा सुचना प्रकाशित गरेको बताइएको थियो । अस्पतालमा अहिले सो सप्लार्यसको ६ जना सुरक्षा गार्ड कार्यरत छन् ।

अस्पताल स्रोतको अनुसार अस्पताल व्यवस्थापन समितिले अस्पतालको अनियमिमताप्रति कुनै चासो लिएको छैन् । अस्पतालले अस्पतालमै विरामीहरुको सहजताका लागि उपलब्ध गराएको औषधी र चश्मा पसलमा समेत अनियमितता हुने गरेको छ । औषधी खरिदमा समेत खरिद समितिका अध्यक्ष साह र स्टोर किपर झाले कमिशन लिने गरेको छ । जसको कारण अस्पतालले विरामीहरुँग चश्माको खरिद भन्दा ५० प्रतिशत सम्म बढी पैसा लिने गरेको छ । अस्पताल व्यस्थापन समितिका अध्यक्ष गंगाराम यादवले अस्पतालमा सुधार भएको दावी गरेपनि अस्पताल भित्रको अनियमिमताको खेल उदांगो भएको छ । स्रोतका अनुसार सो अस्पतालभित्र हाल ४१ जना कर्मचारीहरु विभिन्न पदमा कार्यरत छन् । सो मध्ये ८० प्रतिशत कर्मचारी कोषाध्यक्ष साह र स्टोर किपर झाको कमिशन खोर व्यवहारले आजित भईसकेका छन् ।

यी दुवै जना स्थानीय भएकै कारण अस्पतालका कार्यवाहक मेडिकल डाइरेक्टर डा. आशिष बोहरा पनि बोल्ल नसकेर उनीहरुको कर्तुत हेर्न बाध्य भएको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजारका स्थापित हार्डवेयर व्यापारी फुलेश्वर नायकको ठगी धन्दा बाहिरियो, हदैसम्म कार्यवाहीको माँग
  • २०७८ भाद्र २३, बुधबार १२:०६
  • In "मधेश प्रदेश"
  • शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च
  • २०७८ भाद्र २३, बुधबार १२:०६
  • In "देश"
  • प्रदेश २ : अनुदानको सोलार पम्पसेटमा करोडौको अनियमितता
  • २०७८ भाद्र २३, बुधबार १२:०६
  • In "समाचार"
Tags: #अपराध#समाजिक#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

जनकपुरको खानेपानी धारामा चार महिनादेखि ढल मिसिएको दूषित पानी

पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ : प्रचण्ड

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version