No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कक्षा १२ को परीक्षा नहुँदा विदेशमा पढ्न चाहनेहरु रोकिए

कक्षा १२ को परीक्षा नहुँदा विदेशमा पढ्न चाहनेहरु रोकिए

काठमाडौं । कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् ।

गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण स्थगित भयो ।

दोस्रो पटक परीक्षा स्थगित भएको तीन हप्ता बितिसक्दा पनि राष्ट्रिय परीक्षा बोर्डले अर्को परीक्षा मिति तोक्न सकेको छैन ।

विद्यार्थीको चिन्ता

परीक्षा स्थगित हुँदा एक वर्ष त्यसै खेर जाने जोखिम बढेको विद्यार्थीहरुको गुनासो छ । अमेरिकामा नर्सिङ पढ्न जाने तयारीमा रहेकी निर्भाना महतले कक्षा १२ को परीक्षा नभएकै कारण आफ्नो एक वर्ष खेर जाने जोखिम बढेको बताइन् । ‘कन्सल्टेन्सीले यो महिनाभित्र परीक्षा भयो भने मिल्छ, नभए अर्को वर्ष मात्रै मिल्छ भनेको छ’ उनले भनिन् ।

अरु तहको परीक्षा भइरहे पनि १२ कक्षाको मात्रै परीक्षा रोक्दा धेरै विद्यार्थी मारमा परेको निर्भाना बताउँछिन् । ‘अब पनि परीक्षा भएन भने विदेश पढ्न जान चाहनेको धेरैको वर्ष खेर जान्छ’ उनी भन्छिन् ।

विदेशमा पढ्न जाने तयारीमा रहेकी मन्दिरा केसी पनि कक्षा १२ को परीक्षा कुरेर बसेकी छन् । परीक्षा नभई विदेशका विश्वविद्यालयमा भर्नाका लागि आवेदन दिन नमिल्ने भएपछि उनी समस्यामा परेकी छन् ।

राजनीतिशास्त्र पढ्न अमेरिका अथवा जर्मनी जाने योजना बनाएकी उनले यो वर्ष आवेदन दिएपछि अर्को वर्ष मात्रै पढ्न पाउँछिन् । अर्को वर्ष पढ्नको लागि नोभेम्बर महिनासम्म परीक्षाको नतिजा र प्रमाणपत्र पाइसक्नुपर्छ । नभए उनको एक वर्ष खेर जानेछ ।

‘परीक्षा छिटो भयो भने ट्रान्सक्रिप्ट पनि छिटो आउने हो । अहिलेसम्म परीक्षा कहिले हुने थाहा छैन । कहिले परीक्षा हुने, कहिले डकुमेन्ट तयार भएर हामीले पाउने डरै छ’ मन्दिराले भनिन् ।

प्राज्ञी श्रेष्ठ अमेरिका बायोलोजी पढ्न जाने तयारीमा छिन् । तर कक्षा १२ परीक्षा नहुँदा समस्या भइरहेको छ । उनले अहिले कक्षा ११ को नतिजा र कक्षा १२ को आन्तरिक मूल्यांकन नतिजाको आधारमा आवेदन दिन त पाउँछिन् तर कक्षा १२ को अन्तिम परीक्षाको नतिजाले धेरै फरक पार्छ ।

विदेश पढ्न जानेहरुका लागि अहिले विश्वविद्यालय खोज्ने समय हो । तर परीक्षाको मिति तय नहुँदा विश्वविद्यालयबारे खोज्न, बुझ्न नपाएको प्राज्ञी बताउँछिन् । भन्छिन् ‘अहिले हामीले पढ्ने विषय, युनिभर्सिटी खोज्ने, बुझ्ने समय हो । कत्ति धेरै पढनुपर्ने, बुझ्नुपर्ने हुन्छ त्यो सबै बुझेपछि बल्ल अप्लाई गर्ने हो । तर इक्जाम (परीक्षा) नै कहिले हुने थाहा छैन । १२ कै परीक्षाको लागि रिभिजन गर्दै बसिरहनुपरेको छ ।’ परीक्षा हुन ढिलाइ भएका कारण आफूले चाहेको विश्वविद्यालय पढ्न नपाउने हो कि भन्ने चिन्ता लागेको प्राज्ञी बताउँछिन् ।

कोरोना भाइरसको महामारीका कारण विदेश पढ्न जाने धेरै विद्यार्थीलाई असर गरेको नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे बताउँछन् । सामान्यता विदेशका विश्वविद्यालयहरुले अगष्ट–सेप्टेम्बर र जनवरी–फेब्रुअरी गरी दुई पटक भर्ना लिने गरेका छन् ।

हाल अमेरिका र बेलायतले सीमा नाका खुला गरेका छन् । तर नेपालमा कक्षा १२ को परीक्षा नभएकाले विद्यार्थीहरु जान सक्ने स्थितिमा छैनन् । ‘अहिले भर्ना आवेदनको लागि प्रिपरेसन गरेर बसेका धेरै विद्यार्थी छन् । तर १२ कक्षाको परीक्षा नहुँदा रोकिएका छन्’ पाण्डेले भने ।

पढाइका लागि धेरै विद्यार्थीको रोजाइमा पर्ने जापान र अष्टे«लिया, न्यूजिल्यान्डको सीमा नखुल्दा २०१९ र २०२० मा भिसा लागेका विद्यार्थी पनि अड्किएको उनी बताउँछन् ।

अध्ययन स्वीकृति लिनेको संख्या कम

शैक्षिक सत्र २०७७/०७८ मा अध्ययनका लागि विदेश जान २७ हजार ९७८ जनाले स्वीकृति लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन लेटर (एनओसी) शाखाका प्रमुख नारायण पोख्रेलले बताए । उनी भन्छन् ‘अहिले कक्षा १२ को परीक्षा नभएकोले अध्ययन स्वीकृति लिनेको संख्या केही कम भएको छ ।’

कक्षा १२ बाहेक त्रिविले लिने परीक्षा भने कोरोना महामारीकै बीच पनि सञ्चालन भयो । तर कक्षा १२ को परीक्षा सञ्चालन नगरेकामा सरोकारवालाले प्रश्न उठाएका छन् ।

भदौ ८ गते बसेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीलाई खोप लगाएर परीक्षा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । बोर्डले परीक्षा मिति तय भएपछि १५ दिनअघि सूचना जारी गर्ने बताउँदै आएको छ ।

तर आइतबारसम्म बोर्डले छलफल चलिरहेको र मिति तय हुन बाँकी रहेको जनाएको छ । बोर्डका अनुसार पौने चार लाख विद्यार्थी परीक्षाको लागि तयारी अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
चिनियाँ ऋण ट्रयापमा पाकिस्तान लगायत धेरै देश फस्ने समभावना

चिनियाँ ऋण ट्रयापमा पाकिस्तान लगायत धेरै देश फस्ने समभावना

सूफी विचारधारा दुबै देशहरुको वास्तविक शक्ति हो : भारतीय उलेमा

सूफी विचारधारा दुबै देशहरुको वास्तविक शक्ति हो : भारतीय उलेमा

अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके

अफगानिस्तानमा दुईवटा नयाँ संकट शरणार्थी समस्या र आईएसएसके

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .