• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै


तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै

अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएसँगै पाकिस्तानी तालिवानका करिब २ हजार ३ सय लडाकुहरु जेलमुक्त भएका छन् । उनीहरुलाई अफगानिस्तान सरकार र अन्तराष्ट्रिय समुदायले आतंकबादी घोषणा गरेको थियो ।

अफगानिस्तान सरकारविरुद्ध तालिवानले चलाएको गृहयुद्धमा सामेल हुन पुगेका पाकिस्तानी तालिवान (जसलाई तेहरिक ए तालिवान भनिन्छ)को रिहाईसँगै उनीहरुको गतिविधि अब पाकिस्तान हुँदै भारतको जम्मु कश्मिरमा बढ्ने चिन्ता थपिएको छ । अर्कातिर यसको प्रभाव पाकिस्तानमै पर्ने सम्भावना पनि विज्ञहरुले औँल्याएका छन् ।

द डिप्लोम्याटका अनुसार पाकिस्तानी तालिवानका उपप्रमुख फकिर मोहम्मदसहित २३ सय सदस्यलाई अफगानिस्तान तालिवानले रिहा गरिदिएको छ । तालिवानले अफगानिस्तानमा जेल खाली गरेसँगै उनीहरु रिहा भएका हुन् । पाकिस्तानी तालिवानी समूहहरु पनि अफगान तालिवानका प्रमुख हिबातुल्लाह अखुन्दाजाको योजना अनुसार सक्रिय भएको विश्वास गरिन्छ ।

पाकिस्तानका विश्लेषक कुनवर खुल्दुन शहिदले इस्लामाबादले तालिवानलाई आफ्नो हितका लागि प्रयोग गरेको तर यसको मूल्य उसलाई महँगो पर्न सक्ने द डिप्लोम्याटलाई बताएका छन् । विशेष गरि पाकिस्तान तालिवानको भावि गतिविधि कश्मिर क्षेत्रमा देखिने चिन्ता भारतीय पक्षमा उठेको छ ।

तर, तालिवानले भारतलाई स्पष्ट भनेको छ कि उनीहरुको कश्मिरसँग कुनै लेनदेन छैन । तर, दिल्ली विश्वस्त हुन सकिरहेको छैन । यदि तालिवान यो अडानमा रहेको हो भने उसले पाकिस्तानलाई कमजोर पार्ने विश्लेषकहरुको भनाई छ । उनीहरुको नजरमा अफगानिस्तानको तालिवानीकरण पाकिस्तानको हितमा नहुने सम्भावना छ । तर, पाकिस्तानले अहिले जम्मु कश्मिरलाई मुख्य अन्तराष्ट्रिय बिषय बनाइरहेको छ ।

अफगानिस्तानको गृहयुद्धमा करिब ८० हजार पाकिस्तानीको मृत्यु भएको छ । यद्यपि यसबीचमा पाकिस्तान बिबादमा आएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिका तालिवान शान्ति वार्ता शुरुभएसँगै अल कायदाका पूर्व प्रमुख ओसामा बिन लादेनको प्रशंसा गरेको बिषय अहिले पनि चर्चामा आएको छ । द डिप्लोम्याटका अनुसार तालिवानले काबुल कब्जामा लिएपछि खानले भनेका थिए, तालिवानले दासत्वको बन्धन तोडेको छ ।

‘अफगानिस्तानको तालिवानीकरणलाई पाकिस्तान सरकारले समर्थन गरे पनि पाकिस्तानी तालिवानले अफगानिस्तानको घटनाक्रमबाट फाइदा लिने र त्यसले इस्लामाबादलाई कमजोर पार्ने छ’ भारतीय समाचार एजेन्सी एएनआइले लेखेको छ, ‘पाकिस्तानलाई पनि बास्तविक इस्लामिक राज्य बनाउने प्रयासमा पाकिस्तानी तालिवान हुनेछन् । उनीहरुको त्यो प्रयास जारी राखे सरकारले ठूलो मुल्य चुकाउनु पर्नेछ ।’ एजेन्सीहरुबाट यो समाचार नयाँपत्रीकाले प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तालिवानीलाई सहयाेग गरेकाे विराेधमा पाकिस्तानविरुद्ध अफगानिस्तानमा प्रदर्शन
  • २०७८ भाद्र १३, आईतवार ०८:४५
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तान-अफगानिस्तान सीमामा ‘रगतको खोला’ बग्‍ने विज्ञको चेतावनी
  • २०७८ भाद्र १३, आईतवार ०८:४५
  • In "अन्तराष्ट्रिय"
  • अफगानी नागरिकहरु माथि क्रूरता भयो भने परिणाम भोग्न तयार रहनु : तालिवान
  • २०७८ भाद्र १३, आईतवार ०८:४५
  • In "BannerNews 2"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

Next Post

नेपाली भुमिसङ गरिरो नाता रहेको छ खानदाने आलाहजरतको – मुफ्ती सलिम नुरि

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानका कारण बेलायतको आर्थिक सहयोग रोकिने खतरा

कोरोना भाइरसको उत्पत्ति र त्यसको अनुसन्धानमा फितलो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version