• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना भाइरसको उत्पत्ति र त्यसको अनुसन्धानमा फितलो


कोरोना भाइरसको उत्पत्ति र त्यसको अनुसन्धानमा फितलो
(लीला आचार्य) । विश्वमा करिब ४३ लाख मानिसको ज्यान लिइसकेको कोभिड १९ले करोडौँ मानिसलाई संक्रमण बनायो । विश्वलाई नै आक्रान्त बनाएको भाइरसले आर्थिक अवस्थामा सयौँ मुलुकहरूलाई दसकौँ पछि धकेलिदिएको छ । कोरोना भाइरसको उत्पत्तिदेखि हालसम्म यसले विभिन्न चरणमा आफ्नो रूपलाई विकास गर्दै लगिरहेको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो हुँदै कतिपय मुलुकमा पाँचै लहरसम्म देखिएको छ । यसको उत्पत्ति र यसले बारम्बार परिवर्तन गरेको चरणहरूलाई यही कारण हो भनेर विश्वका कोरोना भाइरस सम्बन्धी अनुसन्धानमा लागेका वैज्ञानिकहरूले पनि बताउन सकिरहेका छैनन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले पनि कोरोना भाइरसको उत्पत्ति र यसको सही समाधान के हो भनेर किटान गरेर हालसम्म कुनै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । यसको दीर्घकालीन समस्या समाधानको लागि विश्वका वैज्ञानिकहरू दिनरात खटिरहेको बेला यसको उत्पत्तिको मुख्य स्रोत रहेको चीनको बुहान प्रान्त भने अब पुरानै दैनिकीमा फर्किएको छ । सन् २०१९को डिसेम्बरमा चीनकै बुहान प्रान्तको एउटा सी फुड बजारबाट उत्पत्ति भएको यो भाइरसको बारेमा चिन सरकारले आजसम्म यथार्थ वास्तविक के हो ? भनेर प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । चीनले कोभिड १९को उत्पत्ति बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनलाई अनुमति नदिने बताइसकेको छ । कुनै पनि राजनीतिक रूपबाट गरिने अनुसन्धानलाई हामी मान्यता दिँदैनौँ चीनका उपविदेशमन्त्री झाओक्सुले भनेका छन् । कोरोना भाइरसको अर्को चरणको अनुसन्धान गर्न फेरि विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रस्तावलाई चीनले फेरि अस्वीकार गरिदियो ।
चीनले कोरोना भाइरसले उत्पत्तिबारे अनुसन्धान गर्न नदिएको विषयमा कतिपय मुलुकले यसको कडा विरोध गरेका छन् । तर चिन सरकार भने विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूसँग परामर्श गरेर मात्र कोभिड को अर्को चरणको अनुसन्धान वैज्ञानिकहरूद्वारा मात्र गर्नुपर्ने अडानमा छ । कोरोना भाइरस बुहानको एक प्रयोगशालाबाट लिक भएको अनुमान पश्चिमा राष्ट्रहरूले लगाइरहेका छन् भने चीनले सो कुराको विरोध जनाउँछ ।
विश्व स्वास्थ्य सङ्गठनको एक विशेषज्ञ टोलीले जनवरी २०२१ मा बुहान आयो र कोरोना भाइरसको उत्पत्ति बुहानबाट नै भएको पत्ता लगायो तर भाइरस कहाँबाट सुरु भयो र फैलियो भन्ने कुरामा विशेषज्ञ टोलीले कुनै कुरा पत्ता लगाउन सकेन । भाइरसको उत्पत्ति र फैलिएको विषयमा अहिलेसम्म चीनले कुनै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । लाखौँ मानिसको मृत्यु भइसक्दा र भाइरस नियन्त्रणमा नआइरहेको बेला पनि चीनले यस विषयमा अनुसन्धान गर्न अनुमति नदिनुले पनि कोरोना भाइरसको उत्पत्तिमा शङ्का गर्ने ठाउँ पर्याप्त रहेको छ । भाइरसको एकपछिको अर्को लहरले विश्वका धेरै विकसित मुलुकहरू पनि आर्थिक सङ्कटको चपेटामा परिसकेका छन् भन्ने अविकसित र विकासोन्मुख देशहरूको अवस्था झन् दयनीय बनेको छ ।
महामारी नियन्त्रणमा आउने कुनै निश्चित समय अहिलेसम्म पत्ता लाग्न सकिरहेको छैन यस्तो विशेष सङ्कटपूर्ण अवस्थामा भाइरसको उत्पत्ति र फैलावटका बारेमा विश्व स्वास्थ्य सङ्गठनले गर्ने गरेका अनुसन्धानमा चीनले अनुमति दिनुपर्नेमा झन् असहयोग गरे जस्तो देखिन्छ । कोरोना भाइरसलाई व्यापारसँग जोडेर हेरिनु हुँदैन । भाइरसविरुद्ध विकास भएका खोपहरू पनि ट्रायल अवस्थामै रहेको र यसको प्रभावकारितामा अझै ठोस् कुनै स्पष्ट धारणा सार्वजनिक भएका छैनन् । भाइरसको उत्पत्ति चीनबाट भएको हुँदा यसको नियन्त्रणमा पनि चीनको महत्त्वपूर्ण भूमिका हुन्छ । तथ्यमा आधारित अनुसन्धान गरिएको भाइरस सम्बन्धीका सम्पूर्ण विषयहरू चिन सरकारले आम नागरिकले बुझ्ने गरी सार्वजनिक गर्नुपर्छ । डब्लूएचओले गर्ने कुनै पनि अनुसन्धानमा अवरोध सिर्जना नगरी स्वतन्त्र हिसाबले अनुसन्धानलाई थप प्रभावकारी तरिकाले अगाडि बढाउन चिन सरकारले अनुमति दिनुपर्छ ।
खोप विकासमा र खोप निर्यातमा मात्र बढी ध्यान दिएर आर्थिक लाभ लिने कुराले मात्र अब कोरोना भाइरस नियन्त्रणमा नआउन सक्छ । कोरोना भाइरसभन्दा अझ बढी खतरनाक अरू कुनै भाइरस फेरि चीनबाट नै उत्पत्ति हुन सक्ने खतरा बढ्दै गइरहेको छ । हालैका दिनमा कोरोना भाइरसले गरिरहेको रूप परिवर्तनले फेरि चीनबाटै अर्को कुनै भाइरसको उत्पत्ति हुने हो कि भन्ने शङ्का पैदा हुन थालेको छ । चीनले अनुसन्धानको विषयमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार नहुने चेतावनी दिइसकेको छ ।
यसले कोरोना भाइरस सम्बन्धी गरिने अनुसनधानहरुलाई प्रभाव पार्ने देखिन्छ । कोरोना भाइरसको पाँचौँ लहर सुरु भइसक्दा पनि यसको उत्पत्ति र कसरी फैलियो भन्ने कुरामा अनुसन्धानको अन्तिम तथ्य सार्वजनिक हुन नसक्दा विश्व मानव जगतलाई नै थप चिन्ताको विषय बनेको छ ।
भाइरस मानव निर्मित हो या कुनै जङ्गली जनावरबाट मानिसमा सरेको हो भन्ने तथ्य समेत गर्भमै रहेको छ । यसैको अनुसन्धान गर्न भनी विशेष डाक्टरसहितको टोलीले चिन सरकारसँग अनुमति मागिरहेको छ तर चिन सरकारले यस्तो अनुसन्धानलाई अनुमति नदिने सार्वजनिक गरिरहेको छ । यसले थप शङ्का र कोरोना भाइरस नियन्त्रणमा ठुलो चुनौती पैदा गरिरहेको छ । अनुसन्धानलाई थप प्रभावकारी बनाएर यसको तथ्य पत्ता नलागुन्जेल खोप र भाइरससँग लड्ने औषधिहरू उत्पादनमा पनि थप चुनौतीहरू देखिन सक्नेछ । विश्व स्वास्थ्य सङ्गठनले गर्ने कुनै पनि अनुसन्धानमा बिना अवरोध पारदर्शी ढङ्गले अनुसन्धान कर्ताहरूलाई काम गर्न दिइनुपर्ने देखिन्छ । यदि अवरोध गर्ने हो भने बाँकी दिनहरूमा यस भाइरसका अरू विकास भएका रूपहरूले फेरि विश्वलाई घरायसी बनाउन सक्छ । विश्व स्वास्थ्य सङ्गठन लगायत अमेरिका, बेलायत, जर्मनी जस्ता पश्चिमा राष्ट्रहरूले चीनले अनुसन्धानमा गरेको अवरोधकै कारण कोरोना भाइरसको उत्पत्तिको बारेमा र भाइरस फैलिएको बारेमा ठोस् कुरा पत्ता लगाउन नसकिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनले बिश्व स्वास्थ्य संगठनलाई कोरोना उत्पत्ति बारे जांच गर्न किन अनुमति दिदैन ?
  • २०७८ भाद्र १३, आईतवार ०९:२४
  • In "अन्तराष्ट्रिय"
  • नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार
  • २०७८ भाद्र १३, आईतवार ०९:२४
  • In "BannerNews"
  • नयाँ कोरोना भाइरस : नेपालमा के होला ?
  • २०७८ भाद्र १३, आईतवार ०९:२४
  • In "थप"
Tags: #समाजिक#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

२२ रुपैयाँमा छानी-छानी गर्लफ्रेण्ड

मधेस झरेका उपेन्द्र यादवलाई शहिद परिवारले लखेटे, क्षतिपूर्ति नदिएर पटक पटक ठगेपछि प्रतिकारमा उत्रिए मधेसवासी

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक विदा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version