• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार


नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

काठमाडौं । विश्वका अधिकांश धनी मुलुकले पछिल्लो एक वर्ष कोरोना खोप थुपार्न र आफ्ना नागरिकका लागि पर्याप्त डोज किन्नमै खर्चिए । तर विकासशील मुलुकलाई खोप प्रदान गर्ने आफ्नो बाचा पूरा गर्न भने चुके । विश्व स्वास्थ्य संगठनले यो प्रवृत्तिलाई ‘आफै हार्ने’ र ‘अनैतिक’ भन्दै निन्दा गरेको थियो ।

यो प्रवृत्तिले विकसित देशहरु पनि समस्यामा परेन थालेका छन् । किनभने खोप लगाउनेको संख्या निकै कम रहेको क्षेत्रमा थप संक्रामक ठानिएको भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ ।

ओमिक्रोन नामाकरण गरिएको नयाँ भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । तर यो भेरियन्ट त्यहीँ उत्पत्ति भएको वा उक्त क्षेत्रका अन्य स्थानबाट भित्रिएको हो भनेर प्रस्ट भइसकेको छैन ।

सबै वैज्ञानिकलाई थाहा छ- खोप दर न्यून रहेका र संक्रमण उच्च रहेका स्थानमा भाइरस उत्परिवर्तन हुने संभावना बढी हुन्छ ।

‘यो अर्को कुनै मुलुकमा उत्पत्ति भएको र जिन सिक्वेन्सिङ गर्न सक्ने क्षमता राम्रो भएको दक्षिण अफ्रिकामा पहिचान गरिएको हुन सक्छ’, सीएनएनसँग फोनमा कुरा गर्दै साउथह्याम्टन विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल हेडले भने, ‘पर्याप्त मात्रामा जिनोमिक सर्भिलेन्स हुन नसकेको र खोप दर न्यून रहेको उप-सहारा क्षेत्रको कुनै स्थानमा फैलिनुको परिणाम पनि हुन सक्छ ।’

विश्वभर खोप लगाउने कार्यमा सुस्तता आउँदा नयाँ भेरियन्टहरू जन्मिइरहेको पनि हेडले बताए । ‘उप-सहारा क्षेत्रमा झैं अन्यत्र पनि खोप लगाउन नपाएको जनसंख्या निकै ठूलो छ र खोप नलगाएको जनसंख्या संक्रमणको जोखिममा हुन्छ’, हेडले भने ।

विगतमा समस्या खडा गरेका नयाँ भेरियन्टहरू व्यापक र अनियन्त्रित रुपमा भाइरस फैलिएका स्थानमा पहिचान भएको पनि हेडले बताए । जस्तै, गत डिसेम्बरमा पहिलो पटक फेला परेको अल्फा वा फेब्रुअरीमा भारतमा फेला परेको डेल्टा भेरियन्टलाई उदाहरण मान्न सकिन्छ ।

ओमिक्रोन भेरियन्ट विभिन्न मुलुकमा फैलिइसकेको छ । आइतबारसम्म अष्ट्रेलिया, इटलीसहित झण्डै एक दर्जन मुलकुमा यसका संक्रमित फेला परिसकेका छन् ।

त्यस्तै, दक्षिण अफ्रिकाका वैज्ञानिकले नयाँ भेरियन्ट पत्ता लगाएलगत्तै कैयौं मुलुकले सो मुलुकसहित बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, एस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने यात्रुमाथि रोक लगाएका छन् ।

तर वैज्ञानिक, जनस्वास्थ्य विद् र स्वास्थ्य पैरवीकर्ताले चेतावनी दिँदै भन्छन्- विकसित र विकासशील मुलुकबीच विद्यमान खोप दरको फराकिलो अन्तरलाई दोष दिन सकिन्छ ।

स्वास्थ्यबारे अनुसन्धान गर्दै आएको परोपकारी संस्था वेलकम ट्रस्टका निर्देशक जेरेमी फर्रारले खोप तथा अन्य जनस्वास्थ्य उपकरणमा थप समतामूलक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको कुरालाई नयाँ भेरियन्टले औल्याउने बताउँछन् ।

‘नयाँ भेरियन्टले महामारी अझै जारी छ भन्ने कुराको स्मरण गराएको छ’, फर्रारले ट्विटरमा लेखेका छन्, ‘असमानताले नै महामारी लम्बिन्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार न्यून आय भएका मुलुकमा ७.५ प्रतिशत मानिसले मात्रै कोरोना खोपको एक डोज लगाएको अवस्था छन् । ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्धबाट प्रभावित ८ मुलुकमा एक पटक मात्रै कोरोना खोप लगाएका मानिसको संख्या ५.६ प्रतिशत (मलावी) देखि ३७ प्रतिशत (बोत्स्वाना) रहेको छ ।

जबकि, उच्च आय भएका मुलुकमा कोरोना खोपको एक डोज लगाउने मानिसको संख्या ६३.९ प्रतिशत छ । युरोपेली युनियन र अमेरिकामा कम्तिमा एक डोज लगाएका मानिसको संख्या झण्डै ७० प्रतिशत पुगेको तथ्याङ्कले देखाउँछ ।

हेडका अनुसार खोप लगाउने मानिसको संख्या कम हुनुमा कैयौं कारण छन् । जस्तै, दक्षिण अफ्रिका लगायतका केही मुलुकमा मानिसले खोप लगाउन नचाहनु ठूलो समस्या बनिरहेको छ । तर खोपमा पहुँच नहुनु मुख्य समस्या रहेको उनको भनाइ छ ।

‘यसको एउटा कारण भनेको धनी मुलुकले चाहिनेभन्दा बढी खोप थुपार्नु र कोभ्याक्स कार्यक्रमलाई खोप दिने वा मुलुकलाई सिधै खोप प्रदान गर्ने प्रतिवद्धता पालना नगर्नु हो’, हेडले भने ।

डब्लूएचओको विश्वव्यापी खोप कार्यक्रम कोभ्याक्समार्फत् गत महिनासम्म १४४ मुलुकमा ५३ करोड ७ लाख खोप प्रदान गरिएको छ । जुन संख्या हालसम्म विश्वभर लगाइएको ७ अर्ब ९० करोड डोजको तुलनामा निकै कम हो ।

सबै मुलुकमा यसै वर्षको अन्त्यसम्म ४० प्रतिशत र अर्को वर्षको मध्यसम्म ७० प्रतिशत जनसंख्यालाई खोप लगाउने डब्लूएचओको लक्ष्य हासिल नहुने देखिन्छ । अफ्रिकामा मोरक्को र ट्युनिसिया मात्रै उक्त लक्ष्य हासिल गर्ने दिशातर्फ अग्रसर छन् ।

बेलायतका पूर्व प्रधानमन्त्री एवं विश्वव्यापी स्वास्थ्य सहायताका लागि डब्लूएचओका दूत गोर्डन ब्राउनले शनिबार द गार्जियनमा एक लेख लेख्दै विकासशील मुलुकमा खोप पुर्‍याउन नसक्दा नयाँ भेरियन्टले पुन: तर्साएको बताएका छन् ।

‘वृहत खोप अभियानको अभावका कारण खोप नलगाएका मानिसबीच कोभिड फैलिइरहेको छ’, ब्राउनले आफ्नो लेखमा भनेका छन्, ‘यति मात्रै होइन, अति गरिब मुलुकमा नयाँ-नयाँ भेरियन्टसहित उत्परिवर्तन पनि भइरहेको छ र भाइरसका उत्परिवर्तिन स्वरुपले विश्वका धनी मुलुकमा पूर्ण खोप लगाएका मानिसलाई समेत खतरामा पार्न थालेका छन् ।’

ब्राउनको विश्लेषणसँग सहमत हुँदै हेडले भने, ‘यसले पुन: हामीलाई डस्न थालेको छ ।’

डर्बानस्थित क्वाजुलू नेटल विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. रिचार्ड लेसेल्सले दक्षिण अफ्रिकी वैज्ञानिकले नयाँ भेरियन्ट पहिचान गरेको समाचारप्रति जनाएको प्रतिक्रियाले धनी मुलुकको स्वार्थीपना झल्काएको बताए ।

‘बेलायत र युरोपले लागू गरेका यात्रा प्रतिबन्धभन्दा पनि यही मात्रै एउटा प्रतिक्रिया वा सशक्त प्रतिक्रिया हो भन्ने कुरा बढी खराब र दु:खद छ’, लेसेल्सले भने ।

‘उनीहरूले अफ्रिकी मुलुकलाई महामारी नियन्त्रणका लागि सहयोग गर्ने कुरा गरेका छैनन्’, उनले सीएनएनसँग कुरा गर्दै भने, ‘हामीले अघिल्लो वर्षभरि विद्यमान खोप असमानताका विषयमा सचेत गराएकोबारे केही बोलेनन् र अहिले यसैको परिणाम देख्न थालेका छौं ।’

(सीएनएनमा प्रकाशित इभाना कोटासोभाको आलेखको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोनाको नयाँ भेरियन्ट चिनियाँ जासुसहरुले नेपाल हुँदै भारतमा फैलाएको खुलासा
  • २०७८ मंसिर १३, सोमबार १७:३४
  • In "अन्तराष्ट्रिय"
  • चीनमा फेरि तीव्र रूपमा फैलिंदै कोरोना, नेपालमा पनि जोखिम
  • २०७८ मंसिर १३, सोमबार १७:३४
  • In "BannerNews"
  • नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी
  • २०७८ मंसिर १३, सोमबार १७:३४
  • In "देश"
Tags: #Covid-19

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

म्युजिक भिडियोमा ‘रेमिट्यान्स’ लगानी बालुवामा पानी

एमाले केन्द्रीय सदस्यमा को को भए निर्विरोध ? सूचिसहित

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version