No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फादर मुनको चेलो माधबको टार्गेट अब पशुपति

फादर मुनको चेलो माधबको टार्गेट अब पशुपति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा रिक्त रहेको पदाधिकारी तथा सदस्य पदहरुमा इन्टरफेथ ग्रुपसँग निकटहरुलाई नियुक्त गरिने भएको छ । सो ग्रुप नवगठित समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सञ्चालन गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतका अनुसार कोषका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान माधवले राख्नुभएको थियो । कोषमा रिक्त रहेका विभिन्न पदमा कांग्रेस तथा माओवादीले पनि आफ्ना मान्छे राख्न चाहेका थिए । तर, माधवले सम्पूर्ण आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान राख्नुभएको थियो । स्रोत अनुसार आज राति प्रधानमन्त्रीले माधव आवद्ध इन्टरफेथ ग्रुपको सिफारिसमा नियुक्त हुनेमा सहमति जनाउनुभएको हो ।

स्रोत अनुसार इन्टरफेथ ग्रुपले माओवादी र कांग्रेस निकटहरुलाई पनि कोषको पदाधिकारी तथा सदस्य पदमा सिफारिस गर्नेछ । इन्टरफेथ ग्रुपसँग आवद्धहरुमध्येबाट माधवकुमार नेपाल र एकनाथ ढकालले कोषमा नियुक्त गरिने सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसक्नभएको छ । मन्त्रीमण्डलले उनीहरुलाई चाँडै नियुक्त गर्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर तथा त्यससँग सम्बन्धित सम्पूर्ण काम कारवाहीमा निर्णय लिन्छ । पशुपति मन्दिर सञ्चालन, पशुपति क्षेत्रमा हुने जात्रा पर्व, पूजा तथा सम्पूर्ण धार्मिक कामको व्यवस्थापन, परिचालन तथा निर्णय कोषले गर्छ । त्यसैगरी पशुपति क्षेत्रको विकास निर्माण गर्ने, पशुपतिनाथको प्रचारप्रसार तथा त्यस क्षेत्रको धार्मिक गरिमा उच्च बनाउने जिम्मेवारी पनि कोषसँग हुन्छ ।

के हो इन्टरफेथ ग्रुप ?

इन्टरफेथ ग्रुप दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आवद्ध समूह हो । यो समूहमा विभिन्न धर्मावलम्बी तथा पार्टीसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् । विभिन्न धर्मका गुरुहरु पनि इन्टरफेथ ग्रुपमा आवद्ध छन् । मूलत यो ग्रुपले युनिफिकेसन चर्चको प्रचार गर्ने, चर्चको संगठन विस्तार गर्ने काममा योगदान गर्दै आएको छ ।

कोरियाको युनिफिकेसन चर्चले नेपालमा राजनीतिक पार्टी पनि चलाएको छ । परिवार दल नामबाट सञ्चालित पार्टीले पहिलो संविधानसभामा समानुपातिकमा एक सिट र दोस्रो संविधानसभामा दुई सिट पाएको थियो । यो पार्टीका अध्यक्ष एकनाथ ढकाल हुनुहुन्छ । युनिफिकेसन चर्चको अन्तराष्ट्रिय सञ्चालक समितिमा समेत एकनाथ रहनुभएको छ । नेपालमा युनिफिकेसन चर्चको सम्पूर्ण काम एकनाथले हेर्दै आउनुभएको छ ।

युनिफिकेसन चर्च मार्फत् नै नेपालमा इन्टरफेथ ग्रुप सञ्चालन हुँदै आएको छ । इन्टरफेथ ग्रुपका मुख्य नेतृत्वकर्ता तथा संरक्षकका रुपमा माधवकुमार नेपाल रहँदै आउनुभएको छ ।

युनिफिकेसन चर्चको विश्वव्यापी संगठन छ । सो संगठनको काममा माधवकुमार नेपालले ३० वटाभन्दा धेरै देशको भ्रमण गरिसक्नुभएको छ । केही महिना अघि युनिफिकेसन चर्चले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम गरेको थियो । सो कार्यक्रममा होली वाइन पिएको भनी माधव नेपालको आलोचना भएको थियो ।

पशुपति नाथ नै किन ?

एकनाथ ढकालको नेतृत्व र माधवकुमार नेपालको संरक्षकत्वमा रहेको युनिफिकेसन चर्चले नेपालमा दर्जनौं संस्था चलाउँदै आएको छ । जानकारहरुका अनुसार विभिन्न संस्थाका साथै लुज नेटवर्कहरु पनि युनिफिकेसन चर्चले चलाउँदै आएको छ ।

इन्टरफेथ ग्रुप पनि लुज नेटवर्ककका रुपमा सञ्चालन हुँदै आएको छ । यो संस्थामा हिन्दू, मुस्लिम, बौद्ध धर्मका गुरुहरु पनि संलग्न छन् । त्यसरी संलग्न हुनेहरुलाई वर्षेनी दक्षिण कोरिया सहित विभिन्न देश भ्रमण गराइने गरेको छ । एकनाथ ढकाल र माधव नेपालको समूहले विभिन्न धर्म बीच समन्वय गराउने नाममा इन्टरफेथ ग्रुप चलाउँदै आउनुभएको छ । बाह्य रुपमा धर्म समन्वय र धार्मिक सद्भाव भनिए पनि इन्टरफेथ ग्रुपको मुख्य उद्देश्य युनिफिकेशन चर्चको संगठन विस्तार गर्ने रहँदै आएको छ ।

युनिफिकेसन चर्चले परम्परागत र चलनचल्तीका चर्चहरुको शैलीमा धर्म प्रचार गर्ने गरेको छैन । यसले अत्यन्त फरक शैली अपनाउँदै आएको छ । यसले विभिन्न देशका मानिसबीच विवाह गराउने भन्दै गरिबगुरुवा युवाहरुलाई लोभ्याउँदै चर्चमा सदस्य बन्न लगाउने गरेको छ । युनिफिकेसन चर्चको नेपाल प्रमुख एकनाथ ढकाल आफैंले पनि चर्च मार्फत् फिलिपिन्सकी महिलासँग विवाह गर्नुभएको छ । एकनाथ र उहाँकी पत्नी ब्लेसी ढकाल दुवैजना युनिफिकेसन चर्चको संगठन विस्तारमा संलग्न हुनुहुन्छ । एकनाथ विगतमा युनिफिकेसन चर्चले खोलेको परिवार दलको सांसद् बनेर मन्त्री समेत बन्नुभएको थियो ।

युनिफिकेसन चर्चले अन्य धर्मको विरोध नगरी सुक्ष्म रुपमा युनिफिकेसन चर्चको संगठन विस्तार गर्दै आएको छ । यसका लागि विभिन्न धर्मका अगुवाहरुलाई युनिफिकेसन चर्चले हात लिने गरेको छ । इन्टरफेथ ग्रुपलाई विभिन्न धर्मका गुरुहरुलाई युनिफिकेसन चर्चको समर्थक बनाउन प्रयोग गरिँदै आएको छ ।

नेपालको मात्र नभएर विश्वभरीकै हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथसँग सम्वद्ध पशुपति क्षेत्र विकास कोषको पदाधिकारी तथा सदस्यहरु इन्टरफेथ ग्रुपसँग सम्वद्ध तथा त्यो ग्रुपप्रति सहानुभुति राख्नेहरुलाई नियुक्त गर्नु युनिफिकेसन चर्चको ठूलो सफलता हुनेछ । यही कारण नवगठित समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोषलाई इन्टरफेथ ग्रुपको नियन्त्रणमा लैजान खोज्नुभएको बुझिन्छ ।

इन्टरफेथ ग्रुपको नियन्त्रणमा पशुपति क्षेत्र विकास कोष जानुको अर्थ चर्चको नियन्त्रणमा पशुपतिनाथलाई लैजानु हो भन्ने प्रष्ट छ ।

कोषलाई इन्टरफेथ ग्रुपको नियन्त्रणमा लैजान माधवकुमारले देउवा र प्रचण्डसँग कडा अडान लिनुभएको स्रोतको भनाई छ । माधवको नवगठित समाजवादी पार्टीमा एकनाथ ढकालको ठूलो मेहेनत र लगानी परेको तथ्य पनि सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#धर्म-संस्कृतिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

शान्तिको मार्गचित्रमा नेपाल

शान्तिको मार्गचित्रमा नेपाल

तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै

तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .