No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ

अफगानिस्तानबाट नेपालीको उद्धारमा भारतीय सेनाको काँध, संकटमा सधै भारतको साथ

पछिल्लो समय अफगानिस्तान अशान्त छ । अफगानिस्तानमा आतंकवादी समूह तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानको अवस्था अशान्त बनेको हो । अफगानिस्तानको राजधानी काबुलमा तालिबानी समूहले नियन्त्रण कायम गरेपछि राष्ट्रपति असरफ घानीले मुलुक छोडे । घानीले मुलुक छोेडेपछि तालिबानी समूहले राष्ट्रपति निवास र विमास्थलमा पनि कब्जा गर्यो । तालिबानी समूहको आतंक बढ्न थालेपछि त्रसित बनेका अफगानिस्तानमा रहेका विदेशी नागरिकहरु स्वदेश फर्किन आतुर भए ।

अमेरिका, बेलायत, युरोपेली मुलुक तथा अन्य विकसित मुलुकहरुले आफ्ना नागरिकको तत्काल उद्धारका लागि विमानहरु पठाए । तर, नेपालजस्तो सहज पहुँच र सुविधा नभएको मुलुकले भने मुक ताक्नुको विकल्प थिएन । छिमेकी पहिलो भन्ने सिद्धान्त बोकेको भारतजस्तो छिमेकी मुलुकले आफ्ना नागरिकका साथै नेपालीहरुको पनि उद्धार गरेको छ । पछिल्लो समय अफगानिस्तानबाट विभिन्न उडानहरुबाट करिब ७०० नेपालीहरु स्वदेश फर्किएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दिम बाग्चीका अनुसार भारतीय सेनाको एआई १९५६ नम्बरको उडानबाट ८७ भारतीय नागरिकसहित नेपालीको उद्धार गरिएको छ । भारतीय सेनाले लगातार आफ्ना कूटनीतिज्ञ र सर्वसाधारण नागरिकका साथै नेपालीहरुको पनि उद्धार गरेर काबुलबाट नयाँ दिल्लीसम्म ल्याएको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि पनि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संकटमा भारतको साथ

भारत सरकारले भारतीय सेनाको समन्वयमा अप्रेशन सुकोनमार्फत विभिन्न मुलुकमा समस्यामा परेका भारत, श्रीलंका र नेपाली नागरिकहरुको उद्धार गर्दै आएको छ । सन् २००६ देखि द्वन्द्वग्रस्त क्षेत्रबाट दक्षिण एसियाका नागरिकहरुको उद्धार गर्दै आएको छ । सन् २००६ को लेबनान युद्धपछि यो अप्रेशन सुरु गरिएको हो ।

सन् २००६ मा सीमित सैन्य स्रोत भएको नेपाल लगायतका मुलुकहरुको आग्रहपछि भारतीय सेनाले यो अप्रेसन सुरु गरेको थियो । यस क्षेत्रका करिब तीन हजार नागरिकहरुको उद्धार गरेको थियो । भारतीय नौ सेनाको इण्डियन नेभी टास्क फोर्स ५४ मार्फत एक हजार ७६४ भारतीय, ११२ श्रीलंकन र ६४ नेपालीहरुको उद्धार गरेको थियो । दोस्रो विश्वयुद्धपछि गरिएको यो सबैभन्दा ठूलो उद्धार कार्य थियो ।

यस क्षेत्रका नागरिकको उद्धारका लागि भारतीय सेनाको भूमिका निकै महत्वपूर्ण छ । अहिले अफगानिस्तानबाट पनि भारत सरकाले नेपालीहरुको उद्धार कार्य गरिरेको छ ।

के गर्दैछ नेपाल सरकार ?

नेपाल सरकारले पनि भारतलगायतका सरकारसँगको समन्वयमा आफ्ना नागरिकको उद्धारका लागि काम गरिरहेको छ । राहदानी नभएका नेपालका नागरिकहरुका लागि यात्रा अनुमति पत्र जारी गरी पठाउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छन् । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलि नसकेको हुँदा बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको उनले बताएकी छन् ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको नामसहितको विवरण दर्ता गर्न तथा भाइबर र ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरू ९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), ९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), ९७७ ९८४१ ७९२७७४ (परराष्ट्र मन्त्रालयको आपतकालिन नम्बर र भारतस्थिन नेपाली दूतावासको ९१ ८९२९६०१९२५ नम्बर प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले आग्रह गरेको छ ।

नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सो को जानकारी उल्लेखित फोन नम्बरहरु वा अनलाइन पोर्टलबाट गराई दिनहुन मन्त्रालयले आग्रह गरेको छ । अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि गठित अन्तरनिकाय कार्यदलको आठौँ बैठक आज बसी त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको व्यवस्थाबारे छलफल गरी सम्बन्धित सबै विन्दुमा मन्त्रालय तथा नेपाली नियोगमार्फत आवश्यक समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले यस समयमा गरेको उद्धारका लागि नेपालीहरुले पनि प्रशंसा गरेका छन् । उद्धार भएर आएका नेपालीहरुले संकटमा छिमेकी नै काम लाग्ने भएकोले भारतसँगको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट

सकिएन उपेन्द्र यादवको हैरानी, फेरि पार्टी फुटाउने तयारीमा छन् जसपाका यी २ गुट

अबदेखि २० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने

अबदेखि २० लाखसम्मको कर्जाको धितोमा मोटरबाटो नचाहिने

एक अश्वेत महिला पत्रकारको अनुभव– म दासी होइन, रिपोर्टर हुँ

एक अश्वेत महिला पत्रकारको अनुभव– म दासी होइन, रिपोर्टर हुँ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .