No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक अश्वेत महिला पत्रकारको अनुभव– म दासी होइन, रिपोर्टर हुँ

एक अश्वेत महिला पत्रकारको अनुभव– म दासी होइन, रिपोर्टर हुँ

डोरोथी बटलर गिलियमले अमेरिकाको प्रमुख अखबारमा एक अश्वेत महिला पत्रकारको रूपमा आफ्नो करियर सुरु गरिन्, जुन बेला समाज विभाजनमै थियो । गोरा पुरुषहरूको संसारमा अश्वेत महिलाको रूपमा काम गर्दाको अनुभव र करियरमा यसको प्रभावबारे बीबीसीकी फरहाना हैदरले गरेको कुराकानीको सम्पादित अंश :

बीबीसी । जब डोरोथी बटलर गिलियम सम्पन्न (धनी) वासिङ्टन महिलाको १०० औँ बर्थडे पार्टीमा पुगिन् । ‘डोरम्यान’ले उनलाई रोक्दै मुख्य द्वारबाट प्रवेश गर्न नमिल्ने बताए । “दासहरूको प्रवेश पछाडि छ,” द्वारपालकले उनलाई भने ।
जवाफमा डोरोथीले भनिन्, “म दास होइन, म वासिङ्टन पोस्टको रिपोर्टर हुँ ।”

डोरोथी पत्रिकामा काम गर्ने पहिलो अफ्रिकन–अमेरिकन महिला हुन् । उनले सन् १९६१ मा आफ्नो करियर सुरु गरेकी थिइन् ।

त्यसपछिको तीन दशकसम्म उनले सम्पादक र स्तम्भकारको रूपमा काम गरिन् । त्यसै उनी अमेरिकी समाज र मिडियामा आएको परिवर्तनको साक्षी बनिन् ।

खासमा डोरोथी दुर्घटनावश पत्रकारिता क्षेत्रमा आएकी हुन् । कलेजको पहिलो वर्ष उनी लुइसभिल डिफेन्डर नामक अश्वेतको एउटा साप्ताहिक अखबारमा सचिवको रूपमा आबद्ध भएकी थिइन् । एक दिन समाज ब्युरोका सम्पादक अस्वस्थ भएपछि उनको जिम्मेवारी डोरोथीले सम्हाल्नुपर्ने भयो । उनीसँगै कुनै अनुभव थिएन । उनलाई केन्टकीको सबैभन्दा ठूलो सहरमा एक रिपोर्ट गर्न पठाइयो ।

अनुभवविनाको पहिलो अनुभवबारे उनी भन्छिन्, “त्यो अनुभवले मेरो आँखा खोलिदियो । त्यसपछि मलाई लाग्यो कि, मैले राम्रोसँग गर्न सकेँ भने मलाई अझै खुल्न मद्दत पुग्छ र नयाँ संसारमा उजागर गराउँछ ।”

कलेज सकेपछि उनी जेट र एबनीजस्ता लोकप्रिय अश्वेत म्यागजिनहरूमा काम गर्न थालिन् । तर, उनको उद्देश्य भनेको दैनिक अखबारमा काम गर्नु थियो । इच्छा अनुरूप डोरोथीले न्यू योर्कको कोलोम्बिया विश्वविद्यालयमा पत्रकारिता कार्यक्रममा ठाउँ पाइन् । पछि उनी २४ वर्षको उमेरमा वाशिङ्टन पोस्टमा आबद्ध भइन् ।

चुनौती

अखबारको पहिलो अफ्रिकन–अमेरिकन महिला रिर्पोटरको रूपमा उनको अनुभव निकै चुनौतीपूर्ण साबित भयो । ट्याक्सीहरू उनका लागि रोकिँदैन थिए । उनी आफ्नो विगतको तितो अनुभव सुनाउँदै भन्छिन, “म पोस्टको बाहिर उभिराख्थेँ र ट्याक्सी चालक गती ‘स्लो’ गर्दै आउथे । तर, नजिक आएपछि मेरो कालोवर्ण देख्नेवित्तिकै एक्सिलेटरको गति बढाउथे ।”

मानिसहरू उनी पत्रकार हुन् भनेर पत्याउदैनन् थिए, जसरी पोस्टका द्वारपालकले पत्याएका थिएनन् । बाहिरमात्रै नभइ उनले समाचार कक्षमा पनि रंगीय विभेदयुक्त दृष्टिकोणको सामना गर्नुपथ्र्यो । समाचार सम्प्रेषणमा सम्पादकले गर्ने भेदभाव र अपमानजनक व्यवहार त थियो नै साथै उनका गोरावर्णका सहकर्मीहरूले पनि उनीसँग अपमानजनक व्यवहार गर्थे ।
“समाचार कक्षभित्र केहीले हेलो भन्दै सम्बोधन गर्थे । तर, अफिसबाहिर नचिनेको जस्तो व्यवहार गर्थे,” उनले सुनाइन् ।

तर पनि उनी आफूमाथि सहकर्मीले गरेको व्यवहारबारे सम्पादकलाई भन्दिन थिइन् । कारण उनी अरू अश्वेत पत्रकारहरूलाई काम नदिने यो कारण नबनोस् भन्ने चाहन्थिन् ।

डोरोथी त्यस्तो विभाजित समाजमा हुर्किएकी थिइन्, जहाँ अश्वेतहरूको कडा कानुन थियो । अश्वेत वर्ण भएकाहरूलाई भोट हाल्न दिइन्नथ्यो । पढाइ र रोजगारीमा प्रतिबन्ध थियो । र, आधारभूत मानव गरिमाबाट अस्वीकार गरिएको थियो ।

वासिङ्टनका रेस्टुरेन्टहरूमा पनि उस्तै विभेद थियो । वासिङ्टन पोस्ट छेउछाउका रेस्टुरेन्टहरूले अफ्रिकन–अमेरिकीहरूलाई सेवा दिदैन थिए । डोरोथी आफूलाई सहज लाग्ने क्याफेटेरिया (अग्रिम पैसा दिएर खाना पाउने ठाउँ) मा गएर खाने गर्थिन् ।

अश्वेतहरूको कथा नयाँ तरिकामा भन्नसक्ने क्षमता आफूभित्र छ भन्ने कुरामा उनी विश्वस्त थिइन् । उनका अनुसार त्यतिबेला मूलधारका पत्रिकाहरूमा पढेका अफ्रिकन–अमेरिकनहरूको नकारात्मक छविको कारण अश्वेतहरूको कुरा नसुनिएको हो ।

यसैबारे उनी भन्छिन्, “म अश्वेतहरूको नकारात्मक कथामात्रै कभर गर्न चाहन्न, किनभने म अश्वेत जीवनको पूर्णस्वरूप कभर गर्न चाहन्छु ।”

डोरोथीले १९६२ मा मिसिसिपी विश्वविद्यालयको एकीकरणसहित प्रमुख नागरिक अधिकार घटनाहरू कभर गरिन् । जहाँ, जेम्स मेरिडिथ नाम गरेका एक युवा विद्यार्थी पहिलो अफ्रिकन–अमेरिकनको रूपमा उक्त विश्वविद्यालयमा भर्ना भएपछि विरोध र दंगा भएको थियो ।

यो घटनामा, उनलाई गोराहरूको वर्चस्वको गढबारे अश्वेत समुदायको प्रतिक्रिया बुझ्ने कार्य दिइएको थियो । गोरो वर्णका पत्रकारहरूको कथा पढ्ने क्रममा उनले थाहा पाइन् कि उनीहरूले अश्वेत मानिसहरूको डराएको छवि चित्रण गरेका रहेछन् ।

मिसिसिपीमा रहँदा उनले गोरो वर्ण भएकाहरूको होटलमा बस्ने अनुमति पाएकी थिइनन् । त्यसैले उनी ‘फ्युनरल’ घरमा लासहरूसँग बस्न बाध्य भइन् ।

पत्रकारितामा ५० वर्ष

तेस्रो सन्तानलाई जन्म दिएपछि अर्थात् सन् १९६० को मध्यतिर डोरोथीले वासिङ्टन पोस्ट छोडिन् । उनलाई ‘पार्टटाइम’ काम गर्न बाध्य बनाइएको थियो । यसरी हप्ताको चार दिन मात्रै काम गर्ने अनुमति पाउँदा त उनको मनोबल नै कमजोर भइसकेको थियो । तर, सन् १९७२ मा उनलाई पोस्टले पुनः काममा बोलायो । यसपटक उनलाई पत्रिकाको ‘स्टाइल सेक्सन’मा सहायक सम्पादकको रूपमा बोलाइएको थियो ।

यो पदमा हँदा डोरोथीले अश्वेतहरूको अनुभवबारे लेख्नसक्ने पत्रकारहरूलाई नियुक्त गर्ने मौका पाइन् । त्यस्तै, सन् १९७९ मा उनले स्तम्भकारको रूपमा पढाइ, राजनीति र जातीयतामा १९ वर्षसम्म कलम चलाइन् । सन् २००३ मा उनी यो पदबाट सेवानिवृत भइन् ।

पत्रकारिताको ५० वर्षको करियरमा उनले सधैँ विविधतालाई जितिन् । उनले नेसनल एसोसियसन अफ ब्लाक जर्नलिस्टहरूको अध्यक्ष र पत्रकारिता शिक्षाका लागि रोबर्ट सी मेनर्ड संस्थानको सह–संस्थापक र कार्यकारी सदस्यको रूपमा पनि काम गरिन् । यी संस्थाहरूले हजारौँ जातीय अल्पसंख्यकहरूलाई पत्रकारको रूपमा तालिम दिए ।

“यदि तपाईंले एउटा पक्षको नजरबाट मात्रै भनिरहनुभएको छ भने तपाईंले पूर्ण र सही कथा भन्न सक्नुहुन्न्,” उनी भन्छिन्, “र, यदि तपाईंसँग संसारलाई फरकफरक आँखाले हेर्ने मानिसहरू छैनन् भने तपाईंसँग के भइरहेको कुराको पूर्ण तस्बिर हुँदैन ।”
बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
पुस ५ देखियता संसदले एउटा माखो पनि मार्न सकेनः ओली

पुस ५ देखियता संसदले एउटा माखो पनि मार्न सकेनः ओली

५/७ हजार भ्रष्टचारिहरुलाई जेलमा नकोची नेपाल आगाडि बढ्न सक्दैन : केपी ओली

५/७ हजार भ्रष्टचारिहरुलाई जेलमा नकोची नेपाल आगाडि बढ्न सक्दैन : केपी ओली

तीन वर्षमै फल्यो किबी, किसान उत्साहित

तीन वर्षमै फल्यो किबी, किसान उत्साहित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .