No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफगानिस्तानमा अमेरिकाको मुख्य लक्ष्य पूरा , तालिबान पहिले जस्तो हुन्न शसक्त

अफगानिस्तानमा अमेरिकाको मुख्य लक्ष्य पूरा , तालिबान पहिले जस्तो हुन्न शसक्त

अमेरिकाले अफगानिस्तानमा आफूले चाहेअनुरूपको राज्य निर्माण गर्न सकेन, तर उसले आफ्नो मुख्य लक्ष्य भने प्राप्त गरिसकेको छ

अन्तर्राष्ट्रिय समुदाय तथा अफगान नागरिकले दुई दशक लामो समय लगाएर निर्माण गरेका जति पनि काम थिए, तालिबानले तिनलाई केही महिनामै उल्टाइदिए । पश्चिममा बसेर यो दृश्य हेर्ने धेरैलाई पीडा भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल महिनामा सेप्टेम्बर ११ भित्रमा सबै अमेरिकी फौज अफगानिस्तानबाट बाहिर निकाल्ने घोषणा गरेका थिए । अमेरिकासँग अफगानिस्तानभित्र तैनाथ नेटो फौज पनि फर्कंदै थिए । मेबाट सेनाफिर्ती प्रक्रिया सुरु पनि भयो, तर सेप्टेम्बर ११ को समयसीमा आउनुअघि नै तालिबानले काबुल कब्जा गर्‍यो ।

विदेशी फौजको बहिर्गमन सुरु भएपछि ग्रामीण क्षेत्रमा आधार बनाएका तालिबान फौज सक्रिय हुन थाल्यो । निकै तीव्रताका साथ तालिबान लडाकुले सहरी क्षेत्रलाई आफ्नो पकडमा राख्न थाल्यो । काबुलसमेत तालिबानको हातमा पर्ने स्थिति आएपछि अफगान राष्ट्रपति असरफ घानी देश छाडेर भाग्नुपर्ने स्थिति आयो । तालिबानले जुन शीघ्रताका साथ सम्पूर्ण देशलाई कब्जा गर्न सफल भयो, त्यसबाट धेरै अचम्मित छन् । अमेरिकालगायत पश्चिमी शक्ति त स्तब्ध बनेको छ ।

निश्चित रूपमा अमेरिकाले अफगानिस्तानमा आफूले चाहेअनुरूपको राज्य निर्माण गर्न सकेन । तर, उसले अफगानिस्तानमा आफ्नो प्राथमिक रणनीतिक लक्ष्य भने हासिल गरिसकेको छ । दुई दशकको अवधिमा अमेरिकाले गरेका कारबाहीले अब अफगान भूमिबाट अमेरिका र उसका मित्र देशमाथि आक्रमण हुन सक्ने सम्भावना न्यून बनेको छ । अमेरिका र उसका गठबन्धन सहयात्रीले अफगानिस्तान र पाकिस्तानका अल–कायदालाई निर्मूल बनाएका छन् । साथै, अफगानिस्तानभित्र रहेका इस्लामिक स्टेटको अन्तरदेशीय आक्रमण गर्ने क्षमता अत्यन्त कमजोर बनेको छ ।

यस अवधिमा अमेरिकाले विश्वभर आतंकवादविरुद्ध लड्न आफ्ना मित्रहरूको विश्वव्यापी सञ्जाल निर्माण गर्‍यो । सञ्जालमार्फत एकअर्कालाई उपयोगी सूचना साझा गर्ने प्रक्रिया तयार भएको छ । जसबाट घरेलु आतंकवादी आक्रमण क्षमता पनि सबल बनेको छ । अमेरिका र उसका मित्रशक्तिमाथि सेप्टेम्बर ११, २००१ मा भए जस्तो आक्रमण गर्न अब निकै कठिन बनेको छ । यो कुरा तथ्यबाट पनि प्रस्ट हुन्छ । सन् २००५ को लन्डन आक्रमणपछि अल–कायदाले विदेशी भूमिमा त्यति ठूलो आक्रमण गर्न सकेको छैन ।

तालिबानले शासन चलाउन थालेपछि अल–कायदा अथवा त्यस्तै अन्य समूहलाई अफगानिस्तानभित्र आश्रय दिनेछैन भन्ने कुराको ग्यारेन्टी छैन । तर, तालिबानले विदेशी अतिवादी समूहलाई आश्रय दिने सम्भावना कम छ । तालिबान आफैँ सक्षम भएकाले उसले अल–कायदाजस्ता समूहसँग सहयात्रा गर्नुपर्ने आवश्यकता देखिँदैन । साथै, पछिल्लो समय तालिबानले अन्तर्राष्ट्रिय वैधता तथा समर्थन हासिल गर्ने चाहना देखाएको छ । त्यसकारण पनि उसले अफगान भूमि प्रयोग गरेर वैदेशिक शक्तिविरुद्ध आतंकवादी आक्रमण गर्न चाहने समूहलाई आश्रय दिन नचाहला । अर्को कुरा, अतिवादी समूहलाई पनि तालिमका लागि र लुक्न अफगानिस्तान गइरहनुपर्ने आवश्यकता नै छैन । किनकि, आजको दिनमा यस्ता कार्यहरू सजिलै सम्पन्न गर्न सकिने ठाउँ अन्यत्र पनि निर्माण भएका छन् ।

दुई दशकसम्म निरन्तर आर्थिक सहायता लिएको अफगान सरकारले आफूलाई रक्षा गर्न सक्ने संस्थान निर्माण गर्न सकेन भने अमेरिका जति लामो समय बसे पनि त्यसमा खासै परिवर्तन हुँदैन थियो

तालिबानले सत्ता कब्जा गरिसकेपछि पनि बाइडेनले अफगानिस्तानबाट शीघ्रताका साथ सेना फिर्ता गर्ने आफ्नो निर्णयको प्रतिरक्षा गरिरहे । धेरैले आलोचना गरे पनि बाइडेनले आफूले लिएको निर्णयप्रति अडिग भएर राम्रो गरे । किनकि, यस निर्णयमा बाइडेन अमेरिकी मतदाताको चाहनाअनुरूप नै चलेको देखिन्छ ।

चाहे डेमोक्रेट हुन् वा रिपब्लिकन, अधिकांश अमेरिकी सर्वसाधारण मध्यपूर्वी क्षेत्रको कहिल्यै नसकिने युद्धबाट वाक्क भइसकेका छन् । बृहत्तर मध्यपूर्वी क्षेत्रमा अमेरिका फसेको कुराबाट धेरैजना वाक्क हुनु पनि डोनाल्ड ट्रम्पको अनुदारवादी लोकरिझ्याइँ सफल हुनुको एक कारण मानिन्छ । डोनाल्ड ट्रम्पले सन् २०१६ को निर्वाचन जितेर झन्डै पुनर्निर्वाचन पनि जितेका थिए । अमेरिकी मजदुरमाझ कायम दशकौँको आर्थिक असन्तुष्टिको पृष्ठभूमिमा अमेरिकी मतदाता आफूले तिरेको करको रकम कान्धाहारमा (अफगानिस्तानको एक सहर) होइन, क्यान्ससमा (एक अमेरिकी राज्य) जाओस् भन्ने चाहन्छन् ।

अमेरिकी प्रजातन्त्रलाई सुधार गर्ने बाइडेनको प्रयासले तब मात्र सफलता पाउँछ, जब उनले घरेलु लगानीको वाचा पूरा गर्न सक्छन् । बाइडेनको नेतृत्वमा अमेरिकी कंग्रेसमा दर्ता भइरहेका पूर्वाधार तथा सामाजिक नीतिसम्बन्धी कानुनहरू सही दिशामा चालिएका महत्वपूर्ण कदम हुन् । तर, वैदेशिक नीतिले पनि महŒव राख्छ । बाइडेनले चुनावी अभियानमा ‘मध्यम वर्गको हित गर्ने वैदेशिक नीति’ पछ्याउने वाचा गरेका थिए । त्यो वाचा पूरा गर्नका लागि उनले अधिकांश अमेरिकीको समर्थन रहने कूटनीति पछ्याउनुपर्छ ।

अफगानिस्तानलाई आगामी दिनमा पनि अन्तर्राष्ट्रिय समुदायको समर्थन आवश्यक पर्छ । तर, अफगानिस्तानमा अमेरिकी नेतृत्वको सैन्य मिसनको समय गुज्रिसकेको छ । अहिलेका लागि अन्तर्राष्ट्रिय समुदायले गर्न सक्ने सबैभन्दा उत्कृष्ट काम भनेको अफगानहरूको मानवीय विपत्ति कम गर्न सघाउनु हो । साथमा, अफगान शासकलाई कूटनीति, सहमति तथा संयम अपनाउन दबाब मात्र दिन सकिन्छ । दुई दशकसम्म निरन्तर आर्थिक सहायता लिएको अफगान सरकारले आफूलाई रक्षा गर्न सक्ने संस्थान निर्माण गर्न सकेन भने अमेरिका जति लामो समय बसे पनि त्यसमा खासै परिवर्तन हुँदैन थियो ।

काउन्सिल अफ फरेन रिलेसनका सिनियर फेलो चाल्स ए कुप्कन, जर्जटाउन विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक हुन् । 

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य
 साभार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम

तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम

फेसबुकलाई टुक्र्याउने अमेरिकी सरकारको अर्को मुद्दा

फेसबुकलाई टुक्र्याउने अमेरिकी सरकारको अर्को मुद्दा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .