No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone फिचरबाट पनि फोन कतै लुकेको फोन फेला पार्न सक्नुहुन्छ । त्यस्तै यदि फोन साइलेन्समा छैन भने कसैलाई कल गर्न लगाएर रिङटोन बजेको आधारमा पनि घरभित्रको फोन फेला पार्न सकिन्छ ।

तर यदि तपाईंको फोन घरबाहिर हराएको हो भने फोन फेला पार्न अलिक अतिरिक्त मेहेनत गर्नुपर्ने हुन्छ । यद्यपि तपाईंले बाहिर कतै हराएको फोन कहाँ छ ? भन्ने कुरा घरबाटै पत्ता लगाउन सक्नुहुन्छ र फोनका सबै डाटा मेट्न पनि सक्नुहुन्छ ।

गुगलले एउटा सामान्य प्रक्रिया उपलब्ध गराएको छ जसबाट प्रयोगकर्ताले आफ्नो हराएको एन्ड्रोइड फोन भेट्टाउन, लक गर्न तथा सबै डाटा मेट्न सक्दछन् ।

Find My Phone फिचरबाट एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो हराएको फोन कुन ठाउँमा छ भन्ने लोकेट गर्न, त्यसमा रिमोट्ली नयाँ पिन नम्बर, पासकोड वा प्याटर्न सेट गर्न तथा फोन चोर्ने वा फेला पार्नेहरुलाई आफुलाई फोन गरेर फोन फिर्ता दिनका लागि आग्रह सहितको सन्देश लेखेर उक्त हराएको फोनको स्त्रिmनमा प्रदर्शन गराउन पनि सकिन्छ ।

आफ्नो हराएको वा चोरिएको फोनका रहेका गोप्य तथा महत्वपूर्ण डाटाहरु अरुले प्राप्त गर्न नसकुन् भन्नका लागि फोनमा रहेका सबै डाटाहरु डिलिट गर्न तथा उक्त फोन यसको वास्तविक धनी बाहेक अरुका लागि कामै नलाग्ने पनि बनाउन सकिन्छ ।

हराएको फोनका डाटा मेट्न तथा फेान फेला पार्नका लागि :

आफ्नो हराएको फोन पत्ता लगाउन, लक गर्न तथा फोनमा रहेका डाटा मेट्नका लागि केही पूर्वशर्तहरु आवश्यक पर्दछन् ।
फोन स्विच अन गराइएको हुनु पर्दछ र प्रयोगकर्ताले फोनमा गुगल अकाउन्ट साइनइन गरेको हुनुपर्दछ । त्यस्तै फोनमा मोबाइल डाटा वा वाइफाइ चलेको हुनुपर्दछ, गुगल प्लेमा देखिएको हुनुपर्दछ, लोकेसन सेटिंग्स अन हुनुपर्दछ भने Find My Device सेटिंग्स पनि बन्द रहेको हुनुहुँदैन । यदि उल्लेखित सबै पूर्वशर्तहरु सहितको तपाइँको एन्ड्रोइड फोन हराएको हो भने फोन फेला पर्नका लागि निम्नानुसारको प्रक्रिया पूरा गर्नुहोस् :

  • कुनैपनि डिभाइसमा android.com/find लगइन गरी फोनमा पनि प्रयोग गरेको आफ्नो गुगल अकाउन्ट साइन इन गर्नुहोस् । साइन इन गरिसकेपछि तपाईंले आफ्नो फोनको विवरण बायाँ किनाराको माथिपटि्ट देख्नहुनेछ । यदि एउटै अकाउन्टबाट धेरै फोनमा लगइन गर्नुभएको हो भने त्यसमध्ये हराएको फोन छान्नुहोस् । त्यसमा फोनको ब्याट्रीलाइफ देखि कुन समयमा हराएको लगायतका सबै विवरण देखिन्छन् ।
  • गुगलले उक्त फोन अहिले कहाँ छ भन्ने अनुमानित स्थान गुगल म्यापमा देखाइदिन्छ । फोनको हालको लोकेसन पत्ता नलागे पनि अन्तिम पटक कुन लोकेसनमा थियो भन्ने चाहिँ देख्न सकिन्छ ।
  • यदि फोन भएको स्थान नजिकै देखाएको छ र तपाईं तत्कालै जान सक्नुहुनछ भने त्यहाँ गएर तपाईंले Play Sound अप्सनमा क्लिक गर्नुहोस् । त्यसो गर्दा तपाईंको हराएको फोनमा लगातार पाँच मिनेटसम्म रिङटोन बज्दछ, त्यसो गर्दा तपाईंले फोन फेला पार्न सक्नुहुन्छ । तपाईंको फोन साइलेन्समा भएको भएपनि यो फिचरले फोनमा रिङटोन बजाउन सकिन्छ ।
  • फोनको लोकेसन कुनै अज्ञात ठाउँको छ भने एन्ड्रोइडले नै प्रयोगकर्तालाई आफै फोन खोज्न जानुको साटो कानून कार्यान्वयन गर्ने निकायसँग सम्पर्क गर्नुहोस् भन्ने सूचना देखाउँदछ । जसले सिरियल नम्बर वा आईएमईआई नम्बर खोज्न सक्दछन् ।
  • यदि तपाईंले हराएको फोनको स्क्रिन लक गर्न चाहुनुहुन्छ भने माथि उल्लेखित एन्ड्रोइडको वेबसाइट भित्रै रहेको Secure Device अप्सन छान्नुहोस् । यसबाट तपाइँले फोन लक गर्न तथा गुगल साइन आउट गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो हराएको फोनको स्क्रिनमा मेसेज पठाउन पनि सक्नुहुन्छ, ता कि फोन चोर्ने वा फेला पार्नेले उक्त सन्देश पढेर तपाईंको फोन फिर्ता दिन सक्दछ ।
  • त्यस्तै तपाईंले फोनमा रहेका सबै डाटा डिलिट गर्नका लागि Erase Device अप्सन पनि छनोट गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको हराएको फोनका सबै डाटा स्थायी रुपमै डिलिट हुन्छन् । त्यसपछि Find My Device फिचरले पनि काम गर्दैन । यदि तपाईंको फोनको स्वीच अफ गरिएको छ वा फोनमा डाटा वा वाइफाइ कनेक्ट छैन भने चाहिँ तपाईंले यसरी डाटा डिलिट गर्न सक्नुहुन्न ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम

तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम

फेसबुकलाई टुक्र्याउने अमेरिकी सरकारको अर्को मुद्दा

फेसबुकलाई टुक्र्याउने अमेरिकी सरकारको अर्को मुद्दा

किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?

किन हुन्छ दम्पतीबीच बारम्बार झगडा ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .