भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपालका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट रहेको बताएका छन् ।
भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी मोदीलाई ट्वीटरमार्फत दिएको शुभकामना तथा बधाईको प्रतिक्रियामा मोदीले सो कुरा बताएका हुन् ।
उनले आफ्नो ट्वीटरमार्फत भनेका
छन्, ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना को लागि धन्यवाद दिन्छु । भारत र नेपालका जनता हाम्रो साझा सांस्कृतिक, भाषिक, धार्मिक र पारिवारिक सम्बन्धद्वारा एकजुट छन् ।’
रातोपाटी














