No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिबानलाई समर्थन गर्ने चीनद्वारा विज्ञाप्ति जारी

तालिबानलाई समर्थन गर्ने चीनद्वारा विज्ञाप्ति जारी

बेइजिङ । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने स्पष्ट पारेको छ।

‘अफगानिस्तानको ४ दशक लामो युद्ध स्थगित भएर शान्ति प्राप्त होओस् भन्ने चाहना ३ करोड भन्दा बढी अफगानी मात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय, क्षेत्र र देशहरूको रहेको थियो’, चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले भनिन्।
आइतबार अफगानिस्तानमा तालवानले युद्धको अन्त्य भएको र समावेशी तथा खुला इस्लामिक सरकार गठनका साथै जनताको सुरक्षाको जिम्मा लिने तालिवानी नेताहरूको भनाइमा आफूले ध्यान दिएको पनि प्रवक्ता ह्वाले बताइन्। ह्वाले भनिन्, ‘यी भनाइहरूको कार्यान्वयन हुने र स्थितिको शान्तिपूर्ण रूपान्तरण तथा सबै प्रकारका अपराध तथा आतंकवादको अन्त्य हुनेमा चीन आशावादी छ।’

अफगानिस्तानमा रहेको चिनियाँ दूतावास र कर्मचारीहरूले सामान्य रूपमा आफ्नो काम जारी राखेको बताउँदै ह्वाले अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिकहरू दूतावासको पहलमा अघि नै चीन फर्किए र बाँकी चिनियाँहरू दूतावासको सम्पर्कमा रहेको जानकारी दिइन्।

यसअघि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने घोषणा भएपछि तालिवानका नेताहरूले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। जुलाई २८ तारिख तालिवान पोलिटिकल कमिटिका प्रमुख बारादार र पार्टीका अन्य नेताहरूसँग बेइजिङ नजीकको थ्यानचिन सहरमा मन्त्री वाङ यीले भेटवार्ता गरेको चिनियाँ विदेश मन्त्रालयको वेबसाइटले उल्लेख गरेको छ। भेटमा मन्त्री वाङले महत्वपूर्ण छिमेकी भएको नाताले उस्को आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिबारे ब्याख्या गरेका थिए भने अफगानी जनताको हातमा सो मुलुकको भविष्य तथा भाग्य निश्चित हुनेतर्फ जोड दिएका थिए।

तालिवान नेताहरूलाई चीनभित्र सहजै भेटघाट गर्न दिनुले त्यहाँको राजनीतिक परिस्थितिलाई चीनले आधिकारिक मान्यता दिएको ठहर्ने टिप्पणी गरिएको छ। मन्त्रालयको वेबसाइटमा सार्वजनिक तस्बिरअनुसार वाङ यीले व्यक्तिगत तथा सामूहिक रूपमा फोटो खिचाएका छन् जसमा निकै हार्दिकता झल्किएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
माओवादी आतंकबाट त्रसित् छन् नागरिक

माओवादी आतंकबाट त्रसित् छन् नागरिक

नेपालका जनतासङ भारतको साझा साँस्कृतिक र भाषिक सम्बन्धको एकजुटता

नेपालका जनतासङ भारतको साझा साँस्कृतिक र भाषिक सम्बन्धको एकजुटता

महन्थ नेतृत्वको ‘जसपा लोकतान्त्रिक’का यि हुन् २४ कार्यकारिणी सदस्य

महन्थ नेतृत्वको ‘जसपा लोकतान्त्रिक’का यि हुन् २४ कार्यकारिणी सदस्य

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .