एजेन्सी । चीनले आफ्नो बिश्वसिलो छिमेकी मुलुक पाकिस्तानलाई नै ठगेको छ । आफ्नो फाइदाको लागी सधैं धोका दिन चिनले पाकिस्तानलाई ठगेको हो । ,चिन उर्फ ड्रैगनले पाकिस्तानबाट संवेदनशील डाटा चोरेको आरोप लागेको छ । एक अमेरिकी कम्पनीले खुलासा गरेको छ कि चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले पाकिस्तानको राष्ट्रिय सुरक्षा सम्बन्धी संवेदनशील डाटा चोरेको छ। तर, यसै बीचमा हुवावेले यसको कुनै प्रमाण नभएको भन्दै यसलाई अस्वीकार गरेको छ।
वास्तवमा, अमेरिकी कम्पनी बिजनेस एफिशिएन्सी सलुशन्स (BES) LLC- ले Huawei लाई क्यालिफोर्निया संघीय अदालतमा तानेको हो । पञ्जाब सरकारको परियोजनामा चिनियाँ कम्पनीसँग मिलेर काम गर्ने अमेरिकी कम्पनी हुवावेले आफ्नो व्यापारको रहस्य चोरेको आरोप लगाएको छ। यस उजुरीमा कम्पनीले यो पनि भनेको छ कि चीनको विशाल टेक्नोलोजी कम्पनीले ‘ब्याकडोर’ को माध्यमबाट पाकिस्तानको राष्ट्रिय सुरक्षाको लागी महत्वपूर्ण संवेदनशील डाटा चोरेको हो । पाकिस्तानी समाचार वेबसाइट डनको रिपोर्ट अनुसार, टेक कम्पनीले मंगलबार जारी गरेको बयान अनुसार हुवावे पाकिस्तानले २०१८ सेप्टेम्बरमा इस्लामाबाद अदालतमा बीईएस विरुद्ध मध्यस्थताका लागि अपील गरेको थियो। यो प्रक्रिया अझै जारी रहेको कम्पनीले जनाएको छ। “Huawei अरुको बौद्धिक सम्पत्तिको सम्मान गर्दछ र हुवावेले आफ्नो उत्पादनहरुमा कहिल्यै ‘backdoors’ राखेको कुनै प्रमाण छैन,” चिनियाँ कम्पनीको भनाई छ ।