No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिबान सत्तामा आउँदा अब आतंकबादीहरुको अड्डाका रूपमा परिणत हुने खतरा

तालिबान सत्तामा आउँदा अब आतंकबादीहरुको अड्डाका रूपमा परिणत हुने खतरा

अफगानिस्तानको कुनार प्रान्तका ग्रामीण क्षेत्रहरुमा र अनलाइनमा जिहादिस्टको च्याटमा अहिले खुसीयाली छ । तालिबानले अफगानिस्तान कब्जा गर्नुलाई अल कायदाका समर्थकले ऐतिहासिक जित भएको बताएका छन् ।

२० वर्षअघि अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई अमेरिकी सेनाले आक्रमण गरी सत्ताबाट हटाएको थियो । तर, अहिले अमेरिकाले आफ्ना सेना फिर्ता गरेको छ । यससँगै पश्चिमा शक्तिको विरोधी जिहादिस्टको आत्मबल बढेको छ ।

यस्तोमा अहिले अफगानिस्तानमा कसैको पनि शासन नभएको क्षेत्रमा उनीहरुले लुक्ने अवसर पाउन सक्छन् । विशेषगरी इस्लामिक स्टेट (आईएस)का लागि यो ठूलो अवसर हुन सक्छ । यसअघि इराक र सिरियामा हार बेहोरेको आईएसले अफगानिस्तानमा नयाँ आधार बनाउन सक्छ ।आफ्ना नागरिकमाथिको बर्बरताको कारण तालिबान बदनाम बनेको थियो । तालिबानले ओसामा बिन लादेनको अल कायदालाई संरक्षण दिएको थियो ।

पश्चिमा सैन्य अधिकारी र राजनीतिक अधिकारीले अफगानिस्तानमा अल कायदाको पुनरागमन निश्चितजस्तै रहेको बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आपतकालीन बैठकपछि अफगानिस्तानलाई आतंकवादी संगठनहरुको सुरक्षित स्थान बन्न नदिन पश्चिमा मुलुक एक हुनुपर्ने बताएका छन् ।

सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सुरक्षा परिषद्लाई अफगानिस्तानमा विश्वव्यापी आतंकवादको चुनौती निस्तेज पार्न सबै संयन्त्रको प्रयोग गर्न आग्रह गरेका थिए ।

यद्यपि तालिबान आउनेबित्तिकै अलकायदा अफगानिस्तानमा आउँछ र उसले पश्चिमा मुलुकमाथि आक्रमण गर्छ भन्नेचाहिँ होइन ।

वैधता र अन्तर्राष्ट्रिय मान्यता

यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबानले अफगानिस्तानमा आफ्नो शासन चलाएको थियो । यद्यपि त्यतिबेला उसको सरकारलाई अन्य मुलुकले भने मान्यता दिएका थिएनन् । त्यतिबेला साउदी अरेबिया, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई)ले मात्र तालिबानको सरकारलाई मान्यता दिएका थिए ।

आफ्ना नागरिकमाथिको बर्बरताको कारण तालिबान बदनाम बनेको थियो । तालिबानले ओसामा बिन लादेनको अल कायदालाई संरक्षण दिएको थियो । उक्त संगठनले सन् २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा करिब तीन हजार मानिसले मृत्यु भएको थियो ।

तालिबानले अल कायदालाई प्रशिक्षणको लागि पनि सहयोग गर्दै आएको थियो । तालिबान अहिले पनि आफूलाई सही भएको बताउँछ तर उसले केही हदसम्मको अन्तर्राष्ट्रिय मान्यता पाउन चाहन्छ ।

अहिले पनि तालिबानले आफूलाई वैधता दिलाउने किसिमको केही वक्तव्य दिइसकेको छ । जसका लागि पछिल्लो २० वर्षमा अफगानिस्तानमा देखिएको भ्रष्टाचार, असंगतिजस्ता विषयलाई आधार बनाउँदै आएको छ ।

दोहामा भएको असफल वार्ताको क्रममा अन्तर्राष्ट्रिय मान्यताको लागि तालिबानले अल कायदाबाट आफूलाई पूर्णरुपमा अलग गर्नुपर्ने शर्त राखिएको थियो । तालिबानले आफूहरुको अल कायदासँग कुनै सम्बन्ध नरहेको दाबी गर्दै आएको छ । यद्यपि हालै सार्वजनिक भएको राष्ट्रसंघको प्रतिवेदनले भने यी दुई समूहको निकटको सम्बन्ध रहेको देखाएको छ ।

अमेरिकाले भने तालिबानले गत वर्ष दोहामा भएको सम्झौता पालना नगरेको भन्दै आलोचना गर्दै आएको छ । यसअघि भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तालिबानले कब्जा गरे अफगानिस्तान ‘परियाह राष्ट्र’ बन्न सक्ने चेतावनी दिएका थिए ।

पश्चिमा मुलुकलाई चुनौती

तालिबानले आफ्नो शासनकालमा कडा किसिमको इस्लामिक कानुनको वकालत गरेको छ । जबकी अल कायदा र आईएसभित्रका अन्य जिहादिस्टहरु पनि सोही किसिमको नियम चाहन्छन् । तालिबानको सरकारले उनीहरुलाई नियन्त्रणमा ल्याउने प्रयास गर्न सक्ने सम्भावना छ तर उनीहरुको गतिविधि सञ्चालन हुने अफगानिस्तानका धेरै स्थानमा कसैको ध्यान गएको छैन ।

एसिया प्यासिफिक फाउण्डेसनका जाजन गोहेल कुनारमा रहेका दुईदेखि पाँच सय अलकायदाका लडाकुको संख्या आगामी दिनमा बढ्न सक्छ । कुनार प्रान्त रणनीतिक रुपमा तालिबानको लागि महत्वपूर्ण छ । यहाँको घना जंगलको कारण यहाँ आतंकवादीहरुलाई लुक्न पनि सजिलो छ । त्यस्तै यहाँ यसअघि नै अलकायदाका लडाकुहरु छन् । यस्तोमा पश्चिमा मुलुकलाई उनीहरुलाई नियन्त्रण गर्नु एउटा चुनौती हुन सक्छ ।

अहिलेसम्म अफगानिस्तान गुप्तचर सेवासँग अमेरिका, बेलायतले सहकार्य गर्थे । जसको कारण उनीहरुले अफगानिस्तानको सूचना पाउँथे । तर, अब भने उनीहरुलाई त्यहाँको जानकारी पाउनु निकै कठिन बनेको छ ।

त्यस्तै अमेरिकाले आतंकवादी प्रशिक्षण क्याम्प पहिचान गरेर पत्ता लगाएको अवस्थामा सन् १९९८ मा जस्तै अमेरिकाले ड्रोन वा मिसाइल आक्रमण गरेर ध्वस्त पार्न त सक्छ ।
यद्यपि त्यसका लागि पाकिस्तानले आफ्नो भूमिको प्रयोग गर्न दिनुपर्ने हुन्छ । विदेशी सेनालाई आगामी दिनमा उसले आफ्नो भूमि प्रयोग गर्न नदिन पनि सक्ने गोहेलको भनाइ छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
चिनियाँ कम्पनीले पाकिस्तानलाई पनि छोडेनन ,सुरक्षा सम्बन्धि डाटा चोरी

चिनियाँ कम्पनीले पाकिस्तानलाई पनि छोडेनन ,सुरक्षा सम्बन्धि डाटा चोरी

तालिबानको उदयले चीनसामु नयाँ अवसर र जोखिम पेस

तालिबानको उदयले चीनसामु नयाँ अवसर र जोखिम पेस

क्यान्सर पीडित अमृताको शल्यक्रिया सफल,अमृता बचाउ अभियान तीव्रगतिमा भइरहेकाे छ

क्यान्सर पीडित अमृताको शल्यक्रिया सफल,अमृता बचाउ अभियान तीव्रगतिमा भइरहेकाे छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .