No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ कम्पनीले डुब्लेकेट समान बेच्दा नि कार्यवाही गर्न गर्हो


चिनियाँ कम्पनीले डुब्लेकेट समान बेच्दा नि कार्यवाही गर्न गर्हो

काठमाडौं । चिनियाँ कम्पनी जेडटिई कर्पोरेसनको कमसल उपकरणले नेपाल टेलिकमको सेवामा अवरोध भए पनि कम्पनीलाई कारवाही गर्न भने बाधा देखिएको छ ।

आफ्नो सेवामा बारम्बार अवरोध र समस्या देखिन थालेपछि टेलिकमले सिसिओ प्रतिभा वैद्यको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनमा जेडटिई कर्पोरेसनको थर्डक्लास उपकरण नै प्रमुख कारण देखिएको छ । कमसल उपकरणको प्रयोगले नै टेलिकमको सेवाको गुणस्तर खस्किएको रिपोर्टको निष्कर्ष छ । तर उक्त कम्पनीलाई कारवाहीदेखि सम्झौता रद्ध सम्मको काम गर्न भने टेलिकम पछि हटेको छ । यसमा सार्वजनिक खरीद ऐनले बाधा पारेको छ ।

टेलिकमका विज्ञहरुका अनुसार चिनियाँ कम्पनी जेडटिईको सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट पनि राम्रो छैन । जेडटिईले नै टेलिकमको एचएलआर सिस्टम जडान गरेको हो । जेडटिई नेपाल टेलिकममा उपकरण बिक्री गर्ने सबैभन्दा ठूलो भेन्डर हो । वर्षौंदेखि अरबौको कारोवार गर्दै आइरहेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जेडटिईले जडान गरेको उपकरणमा समस्या देखिएर सेवा अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार गत असार ९ गते एचएलआर सिस्टममा आएको समस्याका कारण करिब सवा दुई घण्टा सेवा अवरुद्ध भएपछि छानविन समिति बनेको थियो । अध्ययनमा हालसम्म ८ पटक टेलिकमको सेवा चिनियाँ कमसल उपकरणका कारण अवरुद्ध भएको पाइएको छ । एक महिना बितिसक्दा पनि प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

टेलिकमका एक उच्च अधिकारीले २ अर्ब तिरेर चिनियाँ कम्पनीबाट सिस्टम भित्र्याउँदा उल्टै सेवा अवरुद्ध भएर सेवाग्राहीबाट उठ्ने लाखौ पैसा घाटा भएको जानकारी दिए ।

टेलिकमको पछिल्लो समस्या उनकै शब्दमा:

असार ९ गते तीन घण्टा टेलिकमको सेवा अवरुद्ध भएको थियो । छानविन गर्न कमिटी बनेको थियो । कमिटीले जिएसएम फोरजी सिस्टमको कोडमा समस्या आएको देखाएको छ ।

एउटा कमिटी आन्तरिक प्राविधिकहरुको थियो । इन्जिनियरहरुमात्रै इन्भल्व छन् । प्रमुख प्राविधिक अधिकृत मटुकानन्द वैद्यको नेतृत्वमा थियो ।

एउटा सञ्चालक समितिले निर्देशक प्रतिभा वैद्यको नेतृत्वमा कमिटी गठन गरेको छ । यसमा मन्त्रालयसहित छ ।

एउटा कमिटी नेपाल दुरसञ्चार प्राधिकरणबाट पनि गठन भएको थियो ।

तीन वटै कमिटीको रिपोर्ट आइसकेको छ । रिपोर्टमा एचएलआर सिस्टम अवरुद्ध भएको देखिएको छ । अवरुद्ध हुँदा ३०/३५ लाख रुपैयाँ घाटा भएको छ । मोबाइल सेवा निर्देशनालयका अनुसार त्यति बराबरको कल अवरुद्ध भयो । एचएलआरमा समस्या आए सम्पूर्ण सिस्टममा समस्या हुन्छ । त्यहीँ भएर सुरुमै आशंका गरेर एचएलआरमा छानविन गर्दा समस्या पाइयो । समस्या देखिँदा पनि फेरि ल्याइयो ।

सन् २०१६ देखि हालको असारसम्म हेर्दा ८ पटक सेवा अवरुद्ध भएको छ । सबै पटक एचएलआरकै समस्या होइन । कहिले काहीँ बिलिङमा पनि समस्या आएको छ । केही समय यसले पनि अवरुद्ध हुनसक्छ । राउटरको समस्या पनि कारक रहेको छ । त्यसैले हामीले पटक पटक कमिटीहरु बनाउने गरेको छ । छानविन गरेर समस्या पहिचान गर्ने गरेका छौं । सबैपटक एचएलआरमा समस्या आएको होइन । नयाँ कोड आएपछि यो पहिलोपटक समस्या देखियो । यसअघि एचएलआरमा समस्या देखिएको थिएन । कुनै अवस्थामा ट्रान्समिसन फेलर भएको अवस्था छ । कुनै अवस्थामा एसीको कारणले र बिलिङ सिस्टमको कारणले समस्या आएको छ ।

त्यसकारण एचएलआरमा पहिलोपटक समस्या हो । यसअघि कहिले पनि समस्या देखिएको अवस्था छैन । अहिले समस्या आएको एचएलआर चिनियाँ कम्पनी जेडटिई कर्पोरेसनसँग खरीद गरिएको हो । सायद यो चिनियाँहरुको योजनाबद्ध गतिविधि हो । सिस्टम अपग्रेड वा अपडेट जे पनि हुनसक्छ । इआईएल सिस्टम अपग्रेड गर्दा पनि समस्या देखियो ।

जेडटिई कर्पोरेसनको हामीले धेरै पछि चलाएका हौं । यसअघि हवाई कम्पनीको सिस्टम चलाउँदा खासै समस्या देखिएको थिएन । एचएलआरमा अहिले आएर समस्या देखियो । प्राविधिक रिपोर्ट अनुसार सिस्टममा मोडिफिकेशन रातीको ११ बजेर ५० मिनेटमा गरेको छ । ४ बजेर ४२ मिनेट फेरि एकपटक गरिएको छ । भोलिपल्ट विहान सबै साइटहरु वर्किङ एक्टिभ देखायो । साढे ४ बजे माइनर अर्लाम देखियो । जिएसएम सर्भिसमा केही अर्लामहरु देखियो । ४ बजेर ५० मिनेटमा विहान लोड एक्कासी अस्वभाविक हिसाबले बढ्यो । ५ बजेर ५२ मिनेटमा क्रिटिकल अर्लाम आयो । कलहरु रिजेक्ट गर्न थाल्यो । सिस्टमले कल ह्याण्डिल गर्न छोड्यो ओभरलोड भयो । ७ बजेर ४ मिनेटमा अघिल्लो दिनदेखि गरेका सबै गतिविधि रद्ध गरेर पुरानै अवस्थामा फर्काएपछि कन्डिसन नर्मल भयो । यो समय ८ बजेर १५ मिनेट थियो । रिपोर्टले यहीँ भन्छ ।

जेडटिई कर्पोरेसनबाट आएको सामानको ७० प्रतिशत भुक्तानी भइसकेको छ । जेडटिई कोर/कोड सिस्टमको मात्रै न्यूनतम २ अर्ब मूल्य पर्छ । सबै सामान चलेपछि सिस्टम चलेपछि भुक्तानी गर्ने हो । फोरजी सेवा प्रारम्भ भएपछि ७० प्रतिशत बुझाइसकेको छ । ३० प्रतिशत अर्थात ६० करोड भुक्तानी गर्न बाँकी छ ।

अहिले जेडटिई कर्पोरेसनको वारेन्टी सुरु भइसकेको थिएन । प्रोविजनल टेस्ट गरियो । ८० प्रतिशत जति पुग्यो । बाँकी २० प्रतिशत पनि स्टेबल भयो भने अनि वारेन्टी सुरु हुन्छ भन्ने हाम्रो क्लज हुन्छ । तर तीन महिना नपुगेर यसमा समस्या देखियो । समस्या देखिएपछि हाम्रो समझौताले जुन दिन समस्या देखियो त्यहाँबाट फेरि तीन महिला टेस्ट गर्ने भन्छ । तीन महिना फेरि पछाडि सर्यो । पछि खर्च पेनाल्टीको कुरा पनि आउला ।

यसको वारेन्टी न्यूनतम ७ वर्ष हुन्छ । यसअघि हुवावेको सिस्टम १० वर्ष चलेको थियो । हुवावेमा पनि विभिन्न खाले समस्या त देखिएङ्का थिए । ८ पटक डाउन भएको छ । जेडटिई सिस्टम आएको २ वर्ष पनि भइसकेको छैन ।

जेडटिईसँग हाम्रो धेरै सामानको कन्ट्याक्ट छ । फरक फरक चिजहरु दिएको छ । तर सबै सामान ठिक छैन । मगाएअनुसारको सामान आएन । कहिले विलिङ, जेडटिई राउडर लगायत समस्या पनि देखियो ।

जेडटिईको सामानमा खराबी आयो भन्दैमा किन्दिन भन्न पाइन्न । सार्वजनिक खरीद ऐनले त्यसो भन्दैन । अघिल्लो पटक समस्या आयो भनेर फेरि किन्दिन भन्न मिल्दैन । जेटिई फेरि प्रतिस्पर्धा आयो कम कबोलमा भने उसकै किन्नुपर्छ । गुणस्तरीय सामान किन्ने अधिकार हामीसँग छैन । सार्वजनिक खरीद ऐनअनुसार जानुपर्छ । जसले प्रतिस्पर्धा गर्न सकिरहेका छैनौ अरु नेटवर्कको सर्भिससँग । हामीले यो कम्पनी खराब हो भन्ने थाहा पाउँदा पाउँदै पनि रोक्न समस्या छ । स्मार्ट र एनसेलसँग प्रतिस्पर्धामा जान खरीद ऐन लगायत कुराले बाधा गरेको छ । इन्जिनियरलाई नराम्रो लागे पनि लिन्न भन्ने अधिकार छैन । यसमा त मन्त्रिपरिषदले नै रोक्न परयो । मलाई यो यो चिज चाहियो भन्नुपरयो टेण्डरमा । त्यो त्यो दिन्छु सस्तोमा जसले भन्छ मैले आँखा चिम्लेर किन्नुपरयो ।

यस्ता समस्याका बाबजुद टेलिकमले छुट्टै रणनीति बनाएको छैन । सेवाग्राही पनि मर्कामा परेका छन् । यद्यपि विभिन्न अफरहरु दिएकै छ सेवाग्राहीलाई । तर यी सबै कुरा हाम्रो हातमा छैन ।नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध#राजनीति#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
तालिवानीलाई सहयाेग गरेकाे विराेधमा पाकिस्तानविरुद्ध अफगानिस्तानमा प्रदर्शन

तालिवानीलाई सहयाेग गरेकाे विराेधमा पाकिस्तानविरुद्ध अफगानिस्तानमा प्रदर्शन

सीसीपीको १०० वर्ष : संकटमा कम्युनिस्ट पार्टी, सोचमग्न सी जिनपिङ

“कोभिड – १९ को प्रकोपमा चीनको कुटनैतिक चाल”

हिरासतमा थुनुवा मृत्यु प्रकरण : पीडित परिवार शव बुझ्न तयार, ड्युटीमा खटिएका प्रहरी निलम्बित

हिरासतमा थुनुवा मृत्यु प्रकरण : पीडित परिवार शव बुझ्न तयार, ड्युटीमा खटिएका प्रहरी निलम्बित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .