No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद चर्कियो, शैक्षिक कार्यक्रम समेत प्रभावति

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद चर्कियो, शैक्षिक कार्यक्रम समेत प्रभावति

काठमाडौं । प्रदेश २ सरकारको महत्वकांक्षी योजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको विनियमावली नबन्दा कामकाज प्रभावित भएको छ । गत कार्तिक मै तामझामका साथ प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानको संचालन सम्बन्धि नियमावली नबन्दा कामकाज नै प्रभावित हुदै आएको छ । प्रतिष्ठान संचालन हुदाँ प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तीय अध्ययन, अनुसन्धान तथा प्रदेशको स्वास्थ्य अवस्था थप प्रभावकारी बनाउन मद्दत पुग्ने सरकारले दावी गरेको थियो । सोहीअनुसार गत माघमा सरकारले उपकुलपतिमा डा. रामकेवल साह, शिक्षाध्यक्षमा डा. अंकुर साह र रजिष्ट्रारमा डा. विनोद यादवलाई नियुक्त गरेका थिए ।

नियुक्ती पाएका पदाधिकारीहरु काम भन्दा पनि सेवा सुविधा र अधिकार खोज्नै व्यस्त देखिएका छन् । पदाधिकारी बीच अधिकार विषयमा अन्तर विवाद रहेकै कारण अहिले सम्म प्रतिष्ठानको नियमावली निर्माण हुन नसकेको प्रादेशिक अस्पताल जनकपुरका एक कर्मचारीले बताए । ऐन अनुसार प्रतिष्ठान संचालनको लागि विनियमावली बनाउने अधिकार प्रतिष्ठान संचालक समितिलाई दिईएको छ । प्रतिष्ठान संचालक समितिका अध्यक्ष प्रदेश सरकारका समाजिक विकास मन्त्री सहकुलपतिका रुपमा रहने व्यवस्था रहेको छ । संचालक समितिका पदेन सदस्य वाहेक सहकुलपतिले सोझै वा उपकुलपतिका सिफारिसमा अन्य सदस्यहरु मनोयन गर्ने भनिएको छ । तर अहिले सम्म ती सदस्यहरु समेत मनोनयन हुन सकेको छैन ।

यता, प्रतिष्ठानका उपकुलपति डा।साहले प्रतिष्ठानका विभिन्न पाँच वटा विनियमावली मस्यौदाहरु वैठक संचालन प्रक्रिया तथा पदाधिकारीहरुको काम, कर्तव्य, अधिकार तथा पारिश्रमिक र सेवा सुविधा, प्रतिष्ठानका कर्मचारीका सेवासर्त सुविधा, आर्थिक, प्रशासनिक, शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक विद्यार्थी भर्ना तथा छात्रवृति र प्रतिष्ठानका अस्पताल संचालन सहितका मस्यौदा सहमतिका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाएका छन् । तर ती विनियमावली उपकुलपतिले आफु अनुकुल बनाएको भन्दै राजिष्ट्रार यादवले नै त्यसको विरोध जनाउदै आएको छ ।

ती विनियमावलीका मस्यौदामा अन्य प्रतिष्ठानहरुको अभ्यास विपरित उपकुलपति डा।साहले प्रशासनिक र आर्थिक अधिकार आफु राखेकोले रजिष्टार डा।यादवले त्यसको विरोध गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका एक कर्मचारीले बताए । तर उपकुलपति डा। साहले भने अन्य प्रतिष्ठानभन्दा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान फरक रहेको र ऐनमा उपकुलपतिलाई नै कार्यकारी बनाईएकोले प्रतिष्ठानको प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरिर्वेक्षण तथा अन्य पदाधिकारीका काम कर्तव्य र अधिकारको उपकुलपति नै तोक्नुपर्ने तर्क गर्दै आएको ती कर्मचारीले बताए ।

उपकुलपति डा. साहले विनियमावलीको मस्यौदा मात्र गरिएको र त्यसमा आवश्यक उचित र अपरिहार्य संसोधन तथा परिमार्जन गरेर मात्रै संचालक परिषदबाट पारित भई लागु हुने भएकोले केहि दिनमै संचालन परिषदको वैठक बोलाउने बताए । तर ऐनमा संचालन समितिले नै प्रतिष्ठानको विनियमावलीमा संचालक परिषदमा लग्ने व्यवस्था रहेकोले त्यसको विपरित उपकुलपतिले प्रक्रिया मिचेर विनियमावलीको मस्यौदामा सहमतिको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएकोमा रजिष्टार यादवको आपति छ ।

४/५ संचालक परिषदको वैठक बस्यो र एक पटक पनि विनियमावलीको वारेमा आफुहरुलाई जानकारी गराइएन, रजिष्टार यादवले भने,‘ संचालक परिषदको जानकारी बिना नै उपकुलपतिज्युले मस्यौदामा सहमतिको लागि मन्त्रीपरिषदमा पत्र पठाइएको छ । मन्त्रीपरिषदको कार्यालयबाट मात्रै मस्यौदामा रजिस्टारको आर्थिक तथा प्रशासनिक कार्यलाई संकुचित बनाइएको थाह पाएको उनले बताए । डा. अंकुर साहले पनि विनियमावलीको मस्यौदा सहमतिको लागि मन्त्रीपरिषदमा पठाइएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताए ।

शैक्षिक कार्यक्रम समेत प्रभावति

प्रतिष्ठानका प्रमुख पदाधिकारीहरु बीचको अधिकारको विषयमा देखिएको अन्तर विवादका कारण समयमा प्रतिष्ठानको विनियमावली नबन्दा चालु आर्थिक वर्षमा संचालन हुने भनिएको शैक्षिक कार्यक्रम समेत प्रभावित हुने देखिएको छ । आवश्यक विनियमावली नबन्दा प्रतिष्ठानको लागि चाहिने भौतिक पुर्वाधार तथा जनशक्ति व्यवस्थापन पनि हुन सकेको छैन । चिकित्सक सेवा आयोगले चालु आर्थिक वर्षदेखि नै विभिन्न ४ वटा विषयमा नर्सिङ्गमा दुई, जनस्वास्थ्यमा एक र मेडिकल ल्याब टेक्नोलोजिमा एक गरि स्नातक तहका शैक्षिक कार्यक्रमहरु संचालन गर्न अनुमति दिएको छ ।

प्रत्येक विषयमा २० वटा विद्यार्थी भर्ना गर्न पाउने गरि अध्ययन अध्यापनको अनुमति दिइएको छ । तर पदाधिकारी बीचको कार्यविभाजन तथा अधिकार बाँडफाँटको विषयमा अन्तरविवाद देखिदा ती कार्यक्रम नै प्रभावित हुने आशंका गरिएको छ । निययमावलीको अभावमा शैक्षिक कार्यक्रमको लागि स्थान छनौट, पाठयक्रम निर्धारण, अध्यापन गराउन जनशक्तिको व्यवस्थापन समेत हुन नसकेको शिक्षाध्यक्ष डा. साहले बताए । todaykhoj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
अमेरिकामा ८.२ म्याग्नेच्युडको भूकम्प

अमेरिकामा ८.२ म्याग्नेच्युडको भूकम्प

चीनसित समझाैतामा हस्ताक्षर मात्र भयो, कार्यान्वयन भएन

चीनसित समझाैतामा हस्ताक्षर मात्र भयो, कार्यान्वयन भएन

प्रदेश २ : मा क्यान्सर पीडित अमृतालाई बचाउन सप्तरीका युवाहरू अभियान सुरु गर्दै

प्रदेश २ : मा क्यान्सर पीडित अमृतालाई बचाउन सप्तरीका युवाहरू अभियान सुरु गर्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .