No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रियताको पक्षमा उभिएका प्रदेश प्रमुख डा. अहिराजविरुद्ध जातीवादी सुमह सक्रिय

राष्ट्रियताको पक्षमा उभिएका प्रदेश प्रमुख डा. अहिराजविरुद्ध जातीवादी सुमह सक्रिय

नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिएका कारण दुई नम्बर प्रदेशका प्रमुख डा. राजेश झा अहिराजलाई पदबाट तत्काल हटाउन बहुराष्ट्रिय राज्यको वकालत गर्ने जातीवादी र क्षेत्रियतावादीहरू निकै सक्रिय भएका छन् । खासगरी उपेन्द्र यादव र उनको समुहले डा. राजेशलाई तुरुन्त हटाउनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डमाथि दबाब दिइरहेका छन् । प्रदेशप्रमुखको कार्यालयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राखेको र, प्रदेश मन्त्रीहरूलाई नेपाली भाषामा शपथ लिन बाध्य पारेकोले उपेन्द्र तथा उनको टोली क्रुद्ध बनेको हो ।

रित नपु¥याइकन आएका कतिपय विधेयक अकाट्य सुझावसहित फिर्ता पठाएपछि उक्त प्रदेशका मूख्यमन्त्री तथा मन्त्री र न्यायाधिवक्तासहित उपेन्द्र यादव राजेशसँग असन्तुष्ट बनेका थिए । पछिल्लो पटक राजेशले लिएको एउटा निर्णयका कारण उपेन्द्र यादवसहित प्रदेशका सबै जातिवादी र क्षेत्रियतावादीहरू ठूलो सङ्कटमा परेका छन् । उनले समावेशिताको नारा लगाउँदै राजनीति र सत्तामा आफ्नो पहुँच बलियो बनाउनेहरूलाई चुनौती दिँदै दुई नम्बर प्रदेशको मन्त्रिमण्डल तथा अन्य निकायहरू समावेशी नहुनुलाई संविधानविपरीत भएको स्पष्ट गरिदिएका थिए ।

प्रदेश सरकारमा तराईबासी पहाडी तथा अन्य केही समुदाय र महिलालाई समावेस नगरिनुलाई राजेशले संविधानप्रतिकुल कार्यको संज्ञा दिँदै मन्त्रिमण्डल र राज्यका अन्य निकायहरूलाई समावेशी बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका थिए । प्रदेश प्रमुखबाट त्यसरी लिखित रूपमै ध्यानाकर्षण गराएपछि ‘मधेशको नाममा मस्ती’ गर्दै आएका एकथरी क्रुद्ध भए पनि मधेशका उपेक्षित समुदायमा भने उत्साह जगाउने काम गरेको छ । राजेशको अग्रसरतापश्चात केही नागरिकले संविधानबमोजिम समावेशिताको अवधारणाअनुरुप कार्य गराउन माग गर्दै जनकपुरस्थित उच्च अदालतमा रिट दायर गरेका छन् । राजेश पदमा रहँदासम्म आफूहरूलाई अप्ठ्यारो पर्ने र, कदाचित उच्च अदालतले संविधानअनुरुप काम गर्न मूख्यमन्त्री र प्रदेश प्रमुखलाई आदेश दियो भने झनै ठूलो सकसमा पर्ने भन्दै उपेन्द्र यादवहरू राजेशलाई जति सकिन्छ चाँडै पदमुक्त गराउने प्रयासमा लागेका हुन् । जातिवाद र क्षेत्रियतावादका हिमायतीहरू आफ्नो प्रयासमा सफल भए भने नेपालमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा काम गरेवापत दण्डित हुने सम्भवतः पहिलो व्यक्तिको रूपमा राजेशको नाम अङ्कित हुनेछ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सबै प्रदेश प्रमुखहरूलाई एउटै निर्णयबाट एकै पटक हटाउने पक्षमा छन् । तर उपेन्द्र यादवहरू राजेशलाई पदमुक्त गराउन दिन होइन घण्टा र मिनेटका हिसाबले प्रतीक्षा गरिरहेका छन् ।

राजेश झालाई पदमुक्त गरेर उक्त स्थानमा आफ्ना भाञ्जा चन्दन कौशिकलाई नियुक्त गराउने प्रयासमा काङ्ग्रेसका मनोनित उपसभापति विमलेन्द्र निधिबाट भइरहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । कौशिकलाई निधिले आफू सत्तामा रहँदा नेपाल स्काउटको अध्यक्ष बनाइदिएका थिए । अहिले भने भाञ्जालाई प्रदेश प्रमुखको कुर्सीमा बसेको हेर्ने रहर विमलेन्द्र निधिले गरेका छन् । उता उपेन्द्र यादवले चाहिँ कुनै मुसलमानलाई प्रदेश प्रमुख बनाएर विजय यादवलाई मुख्यमन्त्री चयन गर्ने सोच बनाएका छन् । हालका मूख्यमन्त्री लालबाबुको कामबाट यादव असन्तुष्ट रहेको र, उनको स्थानमा विजय यादवलाई नियुक्त गराउने तयारी भइरहेको बुझिएको छ । तर विजय यादवको थर यादव हुनुबाहेक अर्को कुन योग्यता भएर उनलाई मूख्यमन्त्री बनाउन खोजिएको हो, सो स्पष्ट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
चीनले मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेकाे अमेरिकाकाे आराेप

चीनले मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेकाे अमेरिकाकाे आराेप

महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने

महन्थ ठाकुर पक्षको कार्यकारिणी सदस्यको बैठकले तत्काल पार्टी गठन नगर्ने

चीनले आणविक मिसाइल निर्माण गर्दा अमेरिकामा चिन्ता

चीनले आणविक मिसाइल निर्माण गर्दा अमेरिकामा चिन्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .