No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ राजदूतको दौडधुप : एकै दिन प्रधानमन्त्री देउवासँगै प्रचण्ड र माधव नेपालसँग भेट

चिनियाँ राजदूतको दौडधुप : एकै दिन प्रधानमन्त्री देउवासँगै प्रचण्ड र माधव नेपालसँग भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन निर्माणमा भूमिका खेलेका दुई शीर्ष नेतासँग भेटवार्ता गरेकी छन् । उनले प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी हुन् ।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटमा राजदूत यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने जानकारी गराइन् भने देउवाले आफू चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

प्रचण्ड र एमाले नेता नेपालसँग भएको भेटमा भने चिनियाँ राजदूतले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेकी थिइन् । नेपालको ‘राजनीतिक कोर्स’ अब कसरी अगाडि बढ्छ भन्ने पनि उनको चासो रहेको स्रोतले बतायो ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन ल्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा पहिलोपटक प्रतिनिधिसभा भंग गरेपछि नेपालको राजनीतिक अवस्था बुझ्न चीनले एक उच्चस्तरीय राजनीतिक टोली नै पठाएको थियो ।

५ माघमा चीनका विदेशमन्त्री वाङ यीले निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भएको टेलिफोन सम्वादमा नेपालको राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए । जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि उसले कुनै प्रतिक्रिया दिएन । बरु नेपालका साना ठूला सबै राजनीतिक दलहरुसँग भर्चुअल माध्यमले सामूहिक छलफल भने गर्ने गरेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक एवं चीन मामिला विज्ञ डा. रुपक सापकोटाले सबै नेतासँग भेट गरेर चीनले गठबन्धन सरकारसँग सहज र सौहार्द्धपूर्ण ढंगले सहकार्य गर्छ भन्ने सन्देश दिन खोजेको हो ।

देउवा नेतृत्वको सरकारसँग चीनको सम्बन्ध कस्तो होला भन्ने जिज्ञासा भइरहेका बेला राजदूतले गठबन्धन निर्माणका लागि भूमिका खेलेका नेताहरुलाई भेटेको भन्दै उनले भने, ‘चीनले मिलेर काम गर्न चाहन्छ भन्ने सन्देश दिन खोजेको हो ।’

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की पनि सबै नेताहरुसँग भेट गरेर चिनियाँ राजदूतले नेपालमा जुन दल सरकारमा आए पनि आफ्नो नेपाल नीतिमा कुनै पनि परिवर्तन आउँदैन भन्ने सन्देश दिएको बताउँछन् । उनले भने, ‘सरकारको स्वरुपमा जे जस्तो परिवर्तन भए पनि नेपाल नीतिमा कुनै परिवर्तन छैन, नेपालसँग सुमधुर सम्बन्ध बनाइराख्छौं भन्ने सन्देश होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
दरगाहे आला हजरतद्वारा राहत सामाग्री वितरण

दरगाहे आला हजरतद्वारा राहत सामाग्री वितरण

प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’, एक मन्त्री र राज्यमन्त्रीले लिए शपथ

प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’, एक मन्त्री र राज्यमन्त्रीले लिए शपथ

भोलि जनकपुर- जयनगर रेल प्रतिघन्टा १२० किमिको गतिमा चल्ने, लिक खाली गर्न सूचना जारी

भोलि जनकपुर- जयनगर रेल प्रतिघन्टा १२० किमिको गतिमा चल्ने, लिक खाली गर्न सूचना जारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .