No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरे’

‘विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरे’

एजेन्सी –

काठमाडौं । इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बलात्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ ।

चेतावनीः यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ ।

३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई बलात्कार गरे । उक्त यौन हमलामा उनको गुप्ताङ्ग, नाडी र अनुहारमा चोट लाग्यो ।

उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म यौन सम्बन्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग सम्बन्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि कुटपिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र बलात्कार गरे ।’

सामाजिक बदनामीको डरले सफाले आफ्ना श्रीमानविरुद्ध मुद्दा दर्ता गरिनन् ।

इजिप्टको समाज पितृसत्तात्मक छ र त्यहाँ पीडित महिलामाथि नै आरोप लगाइने संस्कृति छ ।

सफालाई त्यतिबेला यसविरुद्ध आवाज उठाउनुपर्छ जस्तो लाग्यो जब उनले टिभीमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलको एउटा दृश्य देखिन् । यसमा एक श्रीमानले आफ्नी श्रीमतीलाई बलात्कार गरिरहेको देखाइएको थियो ।

यो दृश्य देखेर ती महिलालाई आफूमाथि भएको उत्पीडनको याद ताजा भयो । यसले उनलाई यसबारे सोसल मिडियामा खुल्ला रुपमा कुरा गर्न र आफ्नो अनुभव साझा गर्ने मौका पनि दियो ।

केही हप्ताभित्रै सयौं महिलाले सोसल मिडियामा आफूमाथि भएको अत्याचारबारे लेखे । फेसबुकमा स्पीक अप नामबाट बनाइएको एउटा पेजमा सात सयभन्दा बढी महिलाले आफ्नो कुरा राखे ।

यीमध्ये २७ वर्षकी साना पनि थिइन् ।

‘विवाहको एक वर्षपछि म गर्भवती भएँ र मेरो सुत्केरी हुने समय नजिकिँदै थियो ।’

एक प्रचलित सामाजिक कुसंस्कारः

साना लेख्छिन्, ‘एउटा निकै साधारण कुरामा हामीबीच झगडा भयो र उनले मलाई सजाय दिने निश्चित थरे । उनले ममाथि जबरजस्ती गरे र बलात्कार गरे । मेरो गर्भपतन भयो ।’

सानाले सम्बन्धविच्छेदको लडाईं एक्लै लडिन् । अब उनी आफ्ना श्रीमानसँग होइन, एक्लै बस्छिन् । उनी आज पनि आफ्नो बच्चालाई सम्झेर रुन्छिन् ।

इजिप्टका थुप्रै इलाकामा श्रीमतीमाथि जबरजस्ती यौनसम्बन्ध स्थापित गर्नु, विशेषगरी विवाह भएको दिन, एउटा प्रचलित सामाजिक कुसंस्कार हो ।

यो मुद्दामाथि बहस त्यतिबेला थप तीब्र भयो जब एक चर्चित गायककी पूर्व श्रीमतीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरिन् ।

उनले रुँदै आफ्नो वैवाहिक जीवनमा भएको बलात्कारको कहानी सुनाइन् । यो भिडियो इजिप्टमा भाइरल भयो । यसबारे मिडियामा पनि लेख प्रकाशित भयो ।

श्रीमानले यसको जवाफमा इन्स्टाग्राममा नै एउटा भिडियो पोस्ट गरेर सबै आरोपलाई आधारहीन बताउँदै यसलाई खारेज गरिदिए ।

उनकी श्रीमतीले यसलाई अपराध घोषणा गर्नुपर्ने बताउँदै यसका लागि कानूनमा परिवर्तनको माग गरेकी छिन् ।

महिलाले अस्वीकार गर्नु– एउटा पाप

इजिप्टको सरकारी संस्था नेशनल काउन्सिल फर विमन (राष्ट्रि महिला परिषद्) का अनुसार वैवाहिक जीवनमा बलात्कार, जबर्जस्ती यौन सम्बन्ध स्थापित गरिनु र यौन उत्पीडनको वार्षिक औसत मामिला ६५०० हो ।

महिलाका लागि कानूनी मद्दत प्रदान गराउने संस्थामा कार्यरत रेदा दानबूकी भन्छिन्, ‘इजिप्टमा महिलालाई यौन सम्बन्धका लागि २४ सै घण्टा उपलब्ध मान्नु सामान्य संस्कृति हो । वैवाहिक बलात्कारका लागि यही धारणा जिम्मेवार छ ।’

उनी थप्छिन्, ‘इजिप्टमा आम धार्मिक धार्मिक मान्यता यो छ कि यदि कोही महिला आफ्ना श्रीमानसँग यौन सम्बन्ध स्थापित गर्न अस्वीकार गर्छिन् भने यसलाई पापको संज्ञा दिइन्छ ।’

यो मुद्दामा बहसको समाधानका लागि इजिप्टमा धार्मिक मामिलाको सर्वोच्च संस्था दारउल इफ्ताले भनेका छन्, ‘यदि कोही पुरुष आफ्नी श्रीमतीलाई यौन सम्बन्ध स्थापित गर्न बाध्य पार्नका लागि हिंसाको प्रयोग गर्छन् भने उनी अपराधी हुन् र महिला यसको विरुद्धमा अदालत जान सक्छन् र अपराधीलाई सजाय दिलाउन सक्छन् ।’

दानाबूकी भन्छन्, ‘विमेन सेन्टर फर गाइडेन्स एन्ड लिगल अवेयरनेसले पछिल्लो दुई वर्षमा वैवाहिक जीवनमा बलात्कारका २०० मामिला दर्ता गरेको छ जसमा धेरैजसो विवाह भएकै दिन भए । यसको कारण यौन प्रति डर थियो ।’

इजिप्टको कानूनअन्तर्गत वैवाहिक बलात्कार अपराध होइन । विश्व स्वास्थ्य संगठनले यसलाई यौन हिंसाकै एउटा रुप मान्छ । अदालतमा यसलाई प्रमाणित गर्न निकै मुश्किल हुने गर्छ ।

इजिप्टमा वैवाहिक बलात्कार जतिपनि मुद्दा अदालतसम्म पुग्छन् त्यसमा सजाय दिलाउन निकै मुश्किल हुने गर्छ ।

यसको कारण इजिप्टको दण्ड विधानको धारा ६० हो । यसमा भनिएको छ, ‘दण्ड संहिता ती मामिलामा लागू हुने छैन जुन राम्रो नियतले गरिए र जुन शरिया कानून अन्तर्गत सही छ ।’

तर दानाबूकीका अनुसार महिलाको शारीरिक परीक्षणले वैवाहिक बलात्कारलाई प्रमाणित गर्न सकिन्छ ।

उनी भन्छिन्, ‘महिलाको पूरा शरीरको परीक्षण गर्नुपर्छ र उनीमाथि कोपरेको वा बाहिरी चोट हेर्नुपर्छ । नाडी, अनुहारमा चोट पनि हेर्नुपर्छ ।’

इजिप्टमा परिवर्तन असाध्यै धेरै आउँछ । यहाँ अहिले पनि परम्परा र रुढिवादी मूल्य हावी छ । तर वैवाहिक बलात्कारका पीडित महिलाले आवाज उठाउन सुरु गरेका छन् ।

(सफा र सना परिवर्तित नाम हो । उनीहरुको पहिचान लुकाउनका लागि वास्तविक नाम प्रकाशित गरिएको छैन ।)

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

हमासले बन्धकहरूलाई रिहा गर्न र गाजा युद्धविराम गर्न ट्रम्पको प्रस्तावको सहमति जनायो

हमासले बन्धकहरूलाई रिहा गर्न र गाजा युद्धविराम गर्न ट्रम्पको प्रस्तावको सहमति जनायो

Next Post
जाँदाजाँदै ओलीले भने : मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो

एमालेको स्थायी समिति बैठक आज बस्दै

मूलधारमा राउटे !

मूलधारमा राउटे !

पुल बनाउँदाको भूल

पुल बनाउँदाको भूल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .