• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खुशी हुन के गर्ने ?


खुशी हुन के गर्ने ?

सुखानुभूतिका सन्दर्भमा धेरै अध्ययन भएको पाइन्छ । अध्यात्म र विज्ञान दुवैले सुख वा खुशीलार्ई कसरी अनुभूति गर्न सकिन्छ भन्ने विषयमा विभिन्न खालका धारणा प्रस्तुत गरेका छन् ।

साधारणतया खुशीलाई एक विशेष घटनासँग जोडेर हेर्ने गरिन्छ भने सुखलाई निरन्तर प्रक्रियाको रुपमा हेर्ने गरिन्छ । अर्थात् जो लामो समयसम्म खुशी छ उसलाई सुखी भन्न सकिन्छ । जो कोही मानिस सुख प्राप्तिको निम्ति तल्लीन हुन्छ । तथापि प्रायः मानिसहरू दुःखी भेटिन्छन् । कारण सोध्ने हो भने हरेकसँग अनेक कारणहरू भेटिन सक्छन् ।

तर तपाईं दुःखी हुनुको प्रमुख कारण भनेको तपाईं खुशी हुन नचाहनु हो । धेरैले भन्नुहोला यो झुट हो । यो केही हदसम्म ठीक पनि हो तर  हामीले आफ्ना बानीहरूलाई यसरी विकसित गरेका छौं कि हामी चाहेर पनि खुशी हुन सक्दैनौं । त्यसो हो भने खुशी हुन के गर्ने ? यो प्रश्नको उत्तर खोज्ने प्रयत्न गरौं ।

खुशी हुन नसक्नुका दुई कारण छन् । एक– आन्तरिक, दोस्रो– वातावरणीय वा बाह्य कारण । हामी वातावरणीय कारणलाई प्रमुख ठान्ने गर्छौं । जस्तै कि आफ्नो नजिकको मान्छेले तपाईंको इच्छा विपरीत कुनै कार्य गर्नु, धोका दिनु वा कहिलेकाहीं तपाईंले भन्दै नभनेका भावना बुझ्न नसक्नु लगायतका कारणले तपाईंले दुःखी अनुभव गर्नुहुन्छ ।

वातावरणमा जस्तो परिस्थिति आए पनि आफूलाई शान्त र धैर्य राख्न सक्नु नै वास्तविक सुख हो । यो कुरालाई बुझ्न र कार्यान्वयन गर्न निश्चय नै केही समय लाग्न सक्छ । किनकि हामीले सत्य मानिरहेको कुरालाई नकार्दै नयाँ ढाँचामा ढल्न केही कसरत गर्नैपर्ने हुन्छ ।

अझ कतिपय अवस्थामा त कसैले ठूलो स्वरमा बोल्यो मात्रै भने पनि हाम्रो मन दुख्छ । कति कुराहरू त हामीसँग सम्बन्धित नहुँदा पनि हामी खराब महसुस गरिरहेका हुन्छौं । जस्तै कि कोभिड महामारीमा आफू सुरक्षित रहँदा पनि मृत्युदर बढेको खबरले हामीलाई त्रसित तुल्याउँछ, फलस्वरुप हामी दुःखी हुन पुग्छौं ।

वातावरणमा हुने हाम्रा इच्छा विपरीतका घटनाहरूले हामीलाई दुःखी तुल्याउँछन्, जुन घटना हाम्रो नियन्त्रण बाहिरका हुन्छन् । आन्तरिक रुपमा हेर्ने हो भने हामी विगतमा रुमल्लिएर वा भविष्यको चिन्ता गरेर पनि दुःखी बनिरहेका हुन्छौं । हामीमध्ये कति त हुनै नसक्ने प्रकृतिका समस्याहरूको कल्पना गरेर समेत दुःखी बनिरहेका हुन्छौं ।

खुशी हुनका लागि सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि वातावरणमा हुने घटना र हाम्रो खुशी अन्तरसम्बन्धित विषय होइनन् र वातावरणमा घट्ने घटनामा हाम्रो नियन्त्रण पनि हुँदैन । तर यी परिस्थितिमा हामीले जनाउने प्रतिक्रियामा हाम्रो नियन्त्रण रहन्छ ।

त्यसैले कुनै परिस्थिति विशेषले कसैलाई एकदम ठूलो चोट पुर्‍याउँछ भने सोही विषयले कसैलाई केही असर समेत गर्दैन । यस अर्थमा खुशी नितान्त हाम्रो सोच वा हामीले जनाउने प्रतिक्रियाद्वारा निर्मित हुने विषय हो ।

वातावरणमा जस्तो परिस्थिति आए पनि आफूलाई शान्त र धैर्य राख्न सक्नु नै वास्तविक सुख हो । यो कुरालाई बुझ्न र कार्यान्वयन गर्न निश्चय नै केही समय लाग्न सक्छ । किनकि हामीले सत्य मानिरहेको कुरालाई नकार्दै नयाँ ढाँचामा ढल्न केही कसरत गर्नैपर्ने हुन्छ । तर यो सम्भव छ, भन्ने नयाँ चिन्तनले तपाईंलाई विषम परिस्थितिमा पनि सकारात्मक रहन प्रेरित गर्नेछ ।

यसबाहेक हाम्रो दैनिकीमा सामान्य फेरबदल कसरत र योग, स्वस्थ्य खाना, साँझ बिहान भगवानसँग प्रार्थनाले हामीलाई फूर्तिलो तथा मानसिक रुपले बलियो बनाउँछ । आजको समयमा त अनावश्यक र अत्याधिक मात्रामा नकारात्मक सूचनाको प्रवाहले हामीमा यस्तै सूचना ग्रहण गर्ने बानी परेको छ । यसले गर्दा पनि हामीमा कुनै पनि घटनाप्रति नकारात्मक दृष्टिकोण र पूर्वाग्रह मिश्रित सोच हाबी हुने गर्छ । त्यसैले सही र आवश्यक सूचनाको मात्र खपत गर्ने बानीको विकासले थकान कम गराइ खुशीको अनुभव गराउँछ ।

समय–समयमा हुने पारिवारिक वा मन मिल्ने व्यक्तिसँगको भेटघाटले पनि आनन्दित तुल्याउँछ । आफ्नो रुचिको क्षेत्रमा नयाँ कुरा सिक्दा पनि हामी खुशी पाउँछौं ।

समग्रमा भन्नुपर्दा सुखी रहन चाहने व्यक्तिले आफ्नो सोचमा आवश्यकता अनुरुपको नियन्त्रण राखेर विषम परिस्थितिमा पनि त्यसको फलस्वरुप प्राप्त भएका पाठहरूलाई याद गरेर शान्त रहने कोशिश गर्नुपर्छ ।

मनको शान्ति नै सुखको रहस्य हो । यसका लागि आफ्ना कमीकमजोरी केलाउँदै स्वचिन्तन् गर्नुपर्छ । यसले एकातर्फ खुशी प्रदान गर्छ भने अर्कोतर्फ व्यक्तित्व विकासमा समेत सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नकारात्मक र सकारात्मक भावना कसरी पैदा हुन्छ ?
  • २०७८ असार ६, आईतवार १४:३६
  • In "जीवनशैली"
  • गर्भनिरोधका लागि पुरूषले कस्तो उपाय अपनाउन सक्छन् ?
  • २०७८ असार ६, आईतवार १४:३६
  • In "शिक्षा"
  • तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ
  • २०७८ असार ६, आईतवार १४:३६
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

धनुषामा मदिरा लोड अटो प्रहरी नियन्त्रणमा, चालकसहित ४ जना पक्राउ

बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

महोत्तरीबाट स्रोत नखुलेको झण्डै ४० लाखसहित सुनचाँदी व्यापारी पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version