धनुषा : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबको काठमाडौंस्थित घरमा चोरी भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका ४ स्थित बोजेपोखरी नजिकै रहेको उनको घरमा मन्त्री यादव पनि रहेकै वेला चोरी भएको हो ।
मन्त्री यादव घरमै सुतिरहेका वेला झ्यालबाट घरभित्र पसेर नगद दुई लाख रुपैया र मन्त्री यादब बोक्ने २ थान मोवाइल चोरले चोरी गरेर फरार भएको जनाइएको छ । घटनाबारे प्रहरीलाई खवर गरिएको छ । चोरी भएपछि मन्त्री यादबले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीको टोलीले मन्त्री यादबको घर पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।