• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बोल्दाबोल्दै बिरामीले आँखा चिम्लिन्छन्, मनै कुडिन्छ


बोल्दाबोल्दै बिरामीले आँखा चिम्लिन्छन्, मनै कुडिन्छ

काठमाडौं । दुई वर्षदेखि म धुलिखेल हस्पिटलमा नर्सिङ क्षेत्रमा कार्यरत छु । कोरोना महामारीको संक्रमण सुरु भएदेखि भने म अस्पतालको आईसीयू केयरमा सेवा गर्दै आइरहेकी छु ।

कोरोनाको पहिलो लहर जब नेपालमा पनि सुरु भयो, त्यसबेलाको अवस्था निकै फरक थियो । नयाँ महामारी भएकाले पनि होला निकै त्रासको अवस्था थियो ।

कोरोनाको पहिलो लहर र दोस्रो लहर निकै फरक अनुभव गरेकी छु । पहिला कोरोना भन्नेबित्तिकै हाम्रो हात खुटा नै काँपेर आएको थियो ।

र पनि यो पेशामा त्रासभन्दा मानवीय सेवालाई बढी महत्व दिनुपर्छ भन्ने अठोट कतै मनमा थियो । यद्यपि त्यसबेला कोरोना संक्रमित बिरामीलाई सेवा गर्दा कसरी पीपीई लगाउने होला भन्ने पीर थियो ।

पीपीई भनेकै के हो भन्नेसम्म जानकारी थिएन । पछि पीपीई लगाएर लामो समय कसरी काम गर्ने होला ? खाना नखाई, ट्वाइलेट नगाई कसरी बिरामीको उपचारमा खटिने होला ? भन्ने चिन्ता थियो । तर अहिले त्यही कुरा सजिलै गर्न सकिने बानी परिसकेको छ । यो त भयो व्यक्तिगत विषय ।

बिरामीको अवस्था भने पहिलो लहर र दोस्रो लहरमा फरक पाएकी छु । पहिला बिरामी भएर आउने संक्रमितहरु पनि ठिकठाक अवस्थामै आउनुहुन्थ्यो । आफ्नो काम आफैं गर्नसक्ने अवस्थाकै आउनुहुथ्यो ।

तर दोस्रो लहर सुरु भएपछि बिरामी भएर आउनेहरु निकै जटिल अवस्थामा आउने गरेको पाएकी छु । उहाँहरु निकै गाह्रो भएपछि अस्पताल आउनुभएकोजस्तो अनुभव गरेकी छु । बिरामी मात्र होइन बिरामीका परिवारजन पनि निकै डराएको मनस्थितिमा अस्पताल लिएर आउनुहुन्छ ।

हामी त्यस्ता बिरामीको सेवामा, जीवन रक्षाका लागि आफ्ने बुद्धि, ज्ञान, सीप र उपकरणले भ्याएसम्म भोक, प्यास र निद्रा नभनी लागिरहन्छौं । त्यसमाथि बिरामीका आफन्तले हामीलाई ‘तपाईंहरु नै भगवान हो, जे सक्नुहुन्छ तपाईंहरुबाटै सम्भव छ’ भनेर निकै आशा र भरोसाको भारी बोकाउनुहुन्छ ।

त्यसले हामीलाई नैतिक मात्र होइन भावनात्मक दबाव पारिदिन्छ । हामीले बिरामीको सकेजति केयर गर्दागर्दै र कुरा गर्दागर्दै पनि कतिपय बिरामी आँखा चिम्लिदिनुहुन्छ, त्यो बेला भने हाम्रो मन निकै भारी भएर आउँछ । भित्र कतै निकै गहिरो दुःखे झैं हुन्छ । हामीले सकेको गर्दागर्दै पनि केही गर्न सकेनौं कि जस्तो पीडाबोध हुन्छ ।

कतिपय बिरामीहरूले ‘मलाई बचाउनुस् नानी’ भनेर आँखाबाट आँसु बगाइरहँदा हाम्रो मनमा पनि आफ्नै आमाबुवा, दाजु-दिदी रोइरहेकोजस्तो अनुभूति हुन्छ ।

कोरोनाको बिरामीहरूको उपचार गर्दागर्दै मृत्यु हुँदा आफन्तहरुलाई त तनाव हुने नै भयो, हामी पनि कम तनावमा हुँदैनौं ।

निको बनाएर कति चाँडो घर पठाउँ भनेर सेवा गरेको बिरामी कहिल्यै घर नर्फकने गरी निदाइदिँदा निकै नमिठो लाग्छ, मन पोल्छ, आफन्तलाई के भनिदिनुजस्तो हुन्छ । हामीलाई पनि निक्कै गाह्रो हुन्छ ।

केहीबेर अघि बोलिरहेको, केही सोधिरहेको, केही भनिरहेको बिरामी पनि केही छिनमै कोल्याप्स भइदिँदा निकै मन कुडिन्छ । अन्र्तहृदयदेखि नै रुन मन लागेर आउँछ । पेशा नै यस्तो, रोयर नहुने !

कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा धेरै बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुको अवस्था सम्झेर सिरियस भएर आउने नयाँ बिरामी देख्दा पनि निकै डर र चूनौति महसुस हुन्छ–कतै बचाउन नसकिने हो कि ? भनेर ।

तर बिरामीहरुले पनि सिरियस भएपछि मात्रै अस्पताल आउनेभन्दा बिरामी हुँदै चिकित्सककोमा सम्पर्क गरिदिने हो भने मलाई लाग्छ, यति धेरै जटिल अवस्था र कारुणिक अवस्था कमै आउँथ्यो होला ।

उपकरण अभावले झन गाह्रो

दोस्रो लहर सुरु भएपछिको कुरा हो । अस्थि भरखरै एकजना ४० वर्षीय बिरामी उपचारका लागि आउनुभयो । उहाँलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । आईसीयूमा राखेर उपचार गर्ने तयारी भयो । तर आईसीयूमा उपचार गराइरहेका अर्को बिरामीका आफन्तले नमानेपछि उहाँलाई आईसीयूमा सार्न सकिएन ।

त्यो प्रकारको अवस्था भएको भए बिरामीको धेरै समयसम्म केयर गर्न सक्थ्यौ होला भन्ने अहिले पनि लाग्छ । आईसीयू खाली नहुँदा उहाँको एक घण्टापछि मृत्यु भयो । हामीले हेर्दाहेर्दै र केही गर्न खोज्दाखोज्दै उहाँले आँखा चिम्लिएको देख्दा मेरो आँखा निकै बेरसम्म रसायो । एकफेर त डाँको छोडेर रुन मनलागेर आयो । तर के गर्नु..?

यस्ता घटनाले हामीलाई पनि कसरी काम गर्नु भन्ने तनाव हुन्छ । सबै कुराहरु म्यानेज गर्न नसक्दा वा म्यानेज हुने स्थिति नहुँदा आँखै अगाडि धेरैको ज्यान गयो, त्यसले हामीलाई पनि होपलेसजस्तो बनायो । तर कतिपय नसोचेका बिरामी पनि निको भएका घटनाले भने उत्साहित पनि बताउँछ ।

उपचार र संक्रमितको केयरका क्रममा तमामौं भोगाइहरु छन् । कतिपय बिरामीहरूले ‘मलाई बचाउनुस् नानी’ भनेर आँखाबाट आँसु बगाइरहँदा हाम्रो मनमा पनि आफ्नै आमाबुवा, दाजु-दिदी रोइरहेकोजस्तो अनुभूति हुन्छ । जब हजार कोसिस गर्दागर्दै जोगाउन सकिँदैन, आफूले पनि धेरै कुरा गुमाएको अनुभूति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोरोनाको नयाँ भेरियन्ट चिनियाँ जासुसहरुले नेपाल हुँदै भारतमा फैलाएको खुलासा
  • २०७८ जेष्ठ २१, शुक्रबार १६:४४
  • In "अन्तराष्ट्रिय"
  • चिनीयाँहरु खोपको मुल्य नखुलाउदा किन्न सकिएनः त्रिपाठी
  • २०७८ जेष्ठ २१, शुक्रबार १६:४४
  • In "देश"
  • ‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’
  • २०७८ जेष्ठ २१, शुक्रबार १६:४४
  • In "कोशी प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

माधव नेपाल समूहको निश्कर्ष : वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन सक्छ

गिट्टी-बालुवाको निकासी इतिहास : ४० अर्बको कारोबार, ४६ करोड भन्सार !

एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैनः मणि थापा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version