• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’


‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’

 विराटनगर । नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहन र भरतमोहन अधिकारी दाजुभाइको योगदान ठूलो छ । २५ वर्षअघि सरकारमा पुग्दा दाजुभाइले सुरु गरेको वृद्धभत्ता अहिले हरेक दलको महत्वपूर्ण चुनावी एजेण्डा बन्ने गरेको छ ।

नेपालमा पहिलो पटक कम्युनिस्ट दललाई सरकारमा पुर्‍याएको श्रेयको प्रमुख भागीदार यी अधिकारी दाजुभाइको परिवारका कोही सदस्य पनि अहिले पूर्णकालीन राजनीतिमा छैनन् । भरतमोहनकी माइली छोरी लिमा अधिकारी व्यवसायसँगै थोरै भएपनि पार्टी गतिविधिमा संलग्न छिन् ।

नेताहरुको शैली र गुटले राजनीतिलाई विकृत बनाइरहेको, नयाँ पुस्तामा राजनीतिप्रति वितृष्ण पैदा गराएको र पछिल्लो राजनीतिक घटनाक्रमले त कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्न पनि गाह्रो बनाएको उनको अनुभव छ ।

प्रस्तुत छ, लिमा अधिकारीसँगको कुराकानीको सम्पादित अंश :

नेपाली कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीको योगदानलाई कसरी सम्झन सकिन्छ ?

हिजो उहाँहरुले एउटा उचाईमा पुर्‍याउनुभयो । हामीले पहिले देखेको कम्युनिस्ट आन्दोलन स्पष्ट दिशामा थियो, जसलाई अहिले विकृत पारिदैछ । यो अवस्था देख्दा उहाँको पुस्ता सच्चा कम्युनिस्ट हुनुहुँदो रहेछ भन्ने लाग्छ ।

उहाँ राजनीतिमा सक्रिय रहँदाको समय कसरी सम्झनु हुन्छ ?

नेपाली जनताले हरेक आन्दोलनमा साथ दिए । कहाँ त्रुटि भयो भने हरेक आन्दोलनले प्राप्त गरेको उपलब्धी सीमित नेतामा केन्द्रित भए । ठूलो जमातले उपलब्धी उपभोग गर्न पाएन । नेताहरुले ठूलो जमातलाई समेटेर लैजान सकेनन् ।

हाम्रो घर पहिल्यैदेखि यही विराटनगर-१० मा हो । बुबा भूमिगत हुनुहुन्थ्यो, कताकता जाने टुङ्गै नहुने । उहाँलाई एकदमै कम भेट्न पाउथ्यौं । भेट हुँदा धेरै–धेरै माया गर्नुहुन्थो । टोलमा छोराछोरीलाई भरतमोहन अधिकारीले जसरी माया गर्नुपर्छ भनिन्थ्यो ।

कम्युनिस्ट आन्दोलनमा मनमोहन–भरतमोहन अधिकारीको विरासत थाम्न छोराछोरी अगाडि आउनुभएन नि ?

राजनीतिमा जो आएपनि सही मान्छे आउनुपर्छ भन्ने मुख्य विषय हो । तर अहिले विकृति, विसंगति ज्यादा छ । गालीगलौच व्यापक छ, सिद्धान्त केही छ जस्तो देखिदैन । अब कम्युनिस्ट आन्दोलनलाई जोगाउन असल युवा आउनुपर्छ ।

म १८ वर्षदेखि ‘हस्पिटालिटी बिजनेस’मा छु । परिस्थिति बने हाम्रो परिवारबाट म राजनीतिमा आउँछु । विरासतको लाभ पाइन्छ भन्ने कुरामा भने म विश्वास राख्दिन । क्षमतामा विश्वास गर्छु । अहिले पनि पार्टी सदस्य छु । समाजसेवामा पनि संलग्न छु ।

अहिलेको जमात राजनीतिबाटै पैसा कमाउनतर्फ लाग्यो । मैले चाहिँ ‘बिजनेस’बाट कमाएकै छु । कोही पार्टीमा किन लाग्ने ? कमाउने भए अरु काम गरे भयो । राजनीतिक कार्यकता त निश्वार्थ भावनाले पार्टी र जनताको सेवामा लाग्नुपर्छ । अब राजनीति स्वच्छ हुनपर्छ, युवा पुस्ता आउनुपर्छ भन्ने मेरो ध्येय हो ।

राजनीतिमा तपाईंको पूर्ण आगमन चाहिँ कहिले होला ?

अखिल नेपाल महिला संघमा पहिल्यैबाट छु । पार्टीको सदस्य छु । कुनै पद लिएर नबसेको मात्र हो । अब चाहिँ जिम्मेवारी पनि लिने मन छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई कम्युनिस्ट आन्दोलन पतनतर्फ जाँदैछ भन्ने संकेतको रुपमा बुझ्न सकिन्छ ? 

नेपाली जनताले हरेक आन्दोलनमा साथ दिए । कहाँ त्रुटि भयो भने हरेक आन्दोलनले प्राप्त गरेको उपलब्धी सीमित नेतामा केन्द्रित भए । ठूलो जमातले उपलब्धी उपभोग गर्न पाएन । नेताहरुले ठूलो जमातलाई समेटेर लैजान सकेनन् । राज्य सञ्चालनमा ठूलो तप्का र क्षेत्रको सही प्रतिनिधित्व हुन नसकेको अवस्था छ ।

फेरि, अहिले राजनीतिलाई नै कमाउने भाँडो बनाइएको छ । एउटा किसिमको पहिचान बनाएका, राजनीतिलाई कमाउने माध्यम बनाउन मिल्दैन भन्ने भावना भएकाहरु अब अगाडि आउनुपर्छ । नसच्चिने हो भने त नेपाली कम्युनिस्ट आन्दोलन पतन नै हुन्छ ।

२०५१ सालयता नेपालका हरेक चुनावमा सामाजिक सुरक्षा भत्तालाई सबै दलले चुनावी मुद्दा बनाउने गरेका छन् । मनमोहन अधिकारी प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा यसको सुरुवात भएको थियो । उहाँहरु निकै दूरदर्शी हुनुहुँदो रहेछ हैन ?

आफ्ना बुबाहरुप्रति धेरै आग्रह राखेर बोलेको जस्तो सुनिएला, तर उहाँहरुको सोच धेरै दूरदर्शी रहेको प्रमाणित भएको छ ।

त्यसबेला वृद्धभत्ता जम्मा एक सय रुपैयाँ थियो । त्यसलाई कुनै सरकारले काट्न सकेन, बरु बढाउँदै लैजानुपर्‍यो  अहिले पाँच हजारसम्म दिने कुरा छ । बुढाबुढीका लागि पाँच हजार भनेको राम्रो ‘पकेट मनी’ हो ।

भरतमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनबारे के भन्नु हुन्थ्यो ?

उहाँलाई जीवनको अन्तिम अवस्थामा दुई महिना अस्पताल राख्यौं । त्यसबेला उहाँले ‘यो पाली मलाई उठायौं भने दुई–तीन वर्ष बाच्छु, नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो अवसर आएको छ’ भन्नुहुन्थ्यो ।

वृहत कम्युनिस्ट एकताबाट जनहितको काम गर्नुपर्छ भन्ने उहाँको सोच थियो । राजनीतिबाट विश्राम लिनुभएको थियो, तर मिटिङमा कतिबेला जाउ भनेजस्तो गर्नुहुन्थ्यो । पार्टी एकता हुँदा उहाँमा ठुलो उत्साह आएको थियो ।

पार्टी एकता र चुनावी जित पछि त स्वार्थको राजनीति भयो नि हैन ?

पार्टीलाई विकृतिले गाँजेको छ । यसले कम्युनिस्ट आन्दोलनलाई विकृत बनाएको छ । पार्टी नेताहरुको अभिव्यक्तीले कार्यकर्तालाई लज्जित तुल्याइरहेको छ । म नेकपाको शुभचिन्तक हुँ, सदस्य हुँ भन्दा नै लाजमर्दो हुने अवस्था आएको छ । यो वातावरण त साह्रै भएन ।

कार्यकर्ताहरुले पनि अब त गुट–उपगुटलाई साथ दिनु भएन । विवेक, सिद्वान्त, एकता र सहमतिको पक्षमा उभिनुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमाले नेता नेम्वाङको निधन, शीर्ष नेताहरु शिक्षण अस्पतालमा
  • २०७७ फाल्गुन १८, मंगलवार १९:०९
  • In "BannerNews"
  • नेपाली कम्युनिस्ट नेताको दिमाग भुट्न नसकेपछि चिनियाँ राजदूत ‘भूमिगत’
  • २०७७ फाल्गुन १८, मंगलवार १९:०९
  • In "BannerNews"
  • चिनको उपराष्ट्रपतिले नै महिला खेलाडी बलात्कार गरेको खुलासा , यो हो चिनको कम्युनिस्ट शासन
  • २०७७ फाल्गुन १८, मंगलवार १९:०९
  • In "अन्तराष्ट्रिय"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

प्रधानमन्त्री ओलीबाट नैतिकताको अपेक्षा गर्ने कि नगर्ने ?

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन : गगन थापा

कर तिर्न घण्टौं लाइनमा बस्नुपर्छ सवारीधनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version